Top Navigation
Main Navigation
आइतबार, वैशाख १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • मधुमेह राेगको जोखिमबाट कसरी बच्ने ?
मधुमेह राेगको जोखिमबाट कसरी बच्ने ? - मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा ज्योति भट्टराई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, फागुन ६, २०८०
Dr Jyoti Bhattarai

काठमाडौँ । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएको छ।

आयोजित अन्तक्र्रिया कार्यक्रममा डा भट्टराईले मधुमेहबारे समाजमा व्याप्त भ्रम रहेको भन्दै उक्त भ्रम चिर्न आवश्यक रहेको बताएको हो। मधुमेह भएकाले सन्तुलित खानापानमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएका हुन्।

पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्यासँगै यसको जोखिम पनि बढ्दै गइरहेकोबारे सचेत गराउँदै डा भट्टराईले मधुमेहका बिरामीले चिकित्सकको सल्लाहबमोजिम मात्र खानपान र औषधिको प्रयोग गर्न सुझाव दिए।

“मधुमेह रोगबारे हाम्रो समाजमा धेरै भ्रम र अन्योलता छ। हरियो घाँसमा खालीखुट्टा हिँड्नुपर्छ भन्ने कुरा बिरामीले सुनाउनुहुन्छ। यस्ता बिरामीले स्पोर्टस् जुत्ता लगाउन उपयुक्त हुन्छ। धेरै कस्सिएको र असहज हुने जुत्ता नलगाउने, खुट्टाको नियमित सरसफाइमा ध्यान दिनुपर्छ”, उनले भने, “सुगर फ्रि (चिनीरहित) भनिएका चामल, बिस्कुट वा कुनै पनि परिकारले मधुमेह निको हुँदैन। यस्ता विज्ञापनका आधारमा खाना उपभोग गर्नु हुँदैन। यसले फाइदा कम बेफाइदा बढी हुन्छन्।”

डा भट्टराईले बजारमा पाइने सुगर फ्रि भनिएका खाद्यान्न खानुभन्दा गाउँघरमा उत्पादित अन्न खानु स्वास्थ्यका लागि स्वस्थकर हुने बताउँदै सरकारले किसानलाई प्राङ्गारिक उत्पादनमा गर्न प्रोत्साहन हुने किसिमका नीति बनाउनुपर्नेमा जोड दिए। “मकै, भटमास, गेडागुडी, साग, रेसादार फलफुल सेवन गर्नु पर्दछ”, उनले भने, “मदिरा, बजारमा पाइने पेय पद्धार्थ, चुरोटलगायत हानिकारक वस्तुको प्रयोग नगर्ने हो भने पनि मधुमेहको जोखिमबाट बच्न सकिन्छ।”

डा भट्टराईले मधुमेह वंशाणुत र वातावरण गरी दुई कारणले हुने उल्लेख गर्दै स्वस्थ्य जीवनशैली अपनाउँदा यसको नियन्त्रण गर्न सकिने बताए।

उनले उच्च मधुमेहले टाउकोदेखि खुट्टासम्मका विभिन्न भागमा असर पार्ने बताए। “मुख्यतः मधुमेहका कारण अन्धोपन, मिर्गौलामा समस्या, मुटुरोग, खुट्टा, खुँडा र पैतलामा समस्या हुने गर्दछ”, उनले भने।

मधुमेहका बिरामीमा थकाई, आलस्य, पिसाब धेरै लाग्ने, तौल घट्ने, खुट्टा पोल्ने, मुख सुख्खा हुने, कमजोरी र घाउ छिटो निको नहुने लक्षण देखिने डा भट्टराईले जानकारी दिए।

समयमा नै यो रोग नियन्त्रण गर्न सके सक्रिय जीवनशैली अपनाउन सकिने उनले बताए। झण्डै ५० प्रतिशत बिरामीमा यसको लक्षण नदेखिने उनको भनाइ थियो।

मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा भट्टराईले मोटो मानिसलाई मात्र मधुमेह हुन्छ भन्ने आम बुझाइ रहेको भन्दै दुब्लो व्यक्तिमा समस्या हुनसक्ने भएकाले सबैले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए।

“मधुमेह जुनसुकै व्यक्तिलाई हुनसक्छ। नियमित परीक्षण गराउनु, सन्तुलित खाना खानु, तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम गर्नु नै यसको प्रभावकारी उपचार विधि हो”, उनले भने, “प्रत्येक व्यक्तिले सकेसम्म वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्दछ।”

बालबालिकामा टाइप-एक र युवाअवस्थामा टाइप-दुई मधुमेहको समस्या धेरै देखिनडा भट्टराईको भनाइ थियो। अन्तक्र्रिया कार्यक्रममा स्वस्थ जीवनशैलीका लागि चिकित्सकसँग सल्लाह लिनुपर्ने बताए।

उनले कर्मचारीका लागि यस्ता अन्तक्र्रिया प्रभावकारी हुने भन्दै महिनामा एकपटक स्वास्थ्य सम्बन्धी अन्तक्र्रिया गरिनुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  २१:४५
##jyotibhattarai #jyotibhattarai
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक शनिबार, फागुन १६, २०८२
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव शनिबार, फागुन ९, २०८२
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ? शनिबार, फागुन २, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लोकतन्त्रको यात्रा र यथार्थ
  • नंः २ थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
  • नंः ३  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ४ ६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
  • नंः ५ इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
विचार
बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ? विदुर कटुवाल
सुकुम्बासीमाथि राज्य किन अमानवीय ?
सुकुम्बासीमाथि राज्य किन अमानवीय ? विदुर कटुवाल
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्