Top Navigation
Main Navigation
आइतबार, वैशाख २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • अभिनेता दयाहाङ राईकाे निर्देशक बन्ने सोच
अभिनेता दयाहाङ राईकाे निर्देशक बन्ने सोच
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख १५, २०८१

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित हुन् ।

उनले निर्देशन गरेको चर्चित नाटक हो ‘डिग्री माइला’ । त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ । 

नाटक निर्देशनकै बेला उनले शैक्षिक बेरोजगारीको कथालाई रोजेको थियो । डिग्री माइलामार्फत पनि सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरिएको उनले बताए ।

“हामीले तयार गरेको डिग्री माइला गाउँमा देखेको पात्रकै प्रतिनिधित्व हो किनकि उनीहरू आफूभन्दा अघिल्लो पुस्तासँग घुलमिल हुन सक्दैनन् र नयाँसँग विचार  मिल्दैन”, उनले भने, “त्यसैकारण माइलामार्फत कथा भन्न मन लागेको हो । नाटक बन्दा नै यसलाई ठूलो पर्दामा ल्याएर धेरै दर्शकलाई देखाउनुपर्छ भन्ने लागेको थियो ।”

डिग्री माइला शीर्षकमा चलचित्र बन्ने चर्चा चल्दा धेरैले अभिनेता राईले निर्देशन गर्छन भन्ने अनुमान गरेका थिए तर उनले नाटक निर्देशन गरेता पनि चलचित्र निर्देशन गरेन । यद्यपि उनलाई चलचित्र निर्देशन गर्ने चाहना भने छ ।

“यो निर्देशन गरौँ भन्ने सोच आएको थिएन । अहिले म अभिनयमै व्यस्त छु, त्यसैले समय पनि व्यवस्थापन गर्न सहज हुँदैन । यद्यपि मैले केही फरक र भन्नै पर्ने कथा भेटेँ भने दुई चलचित्र निर्देशन गर्छु”, अभिनेता राईले भने ।

उनले चलचित्र निर्देशन गरे भने आफूले जानेको कुरा प्रयोग गर्ने योजनामा छन् । रङ्गमञ्चमार्फत चलचित्रमा प्राप्त गरेको सफलताले उनको चलचित्रमा व्यावसायिक र कलात्मकमध्ये कुन पाटो हाबी हुन्छ भन्ने कौतुहलता स्वाभाविक छ ।

उनले भने, “मैले चयन गर्ने विषयले मलाई कलात्मक वा व्यावसायिक के बनाउँछ भन्ने निर्धारण गर्छ । किनकि कथालाई कसरी देखाउँदा प्रभाकारी हुन्छ भन्ने विषयले नै निर्देश गर्छ । त्यसकारण अहिले त्यस विषयमा धेरै सोचेको छुइन, मप्रति अपेक्षा छ भन्नेमा ज्ञात छु ।”

उनले डिग्री माइलाजस्तो व्यावसायिक चलचित्रसँगै ‘गाउँ आएको बाटो’ र ‘राजागञ्ज’ जस्ता कलात्मक चलचित्रमा अभिनय गरेको छ । उल्लेखित चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता पाउनाका साथै केहीमा पुरस्कार समेत जितिरहेका छन् ।

उनी अभिनित ‘जारी’ मा लिम्बू समुदायको कथा, ‘दयारानी’ मा गुरुङ समुदायको कथा थियो । अब प्रदर्शन हुने भनिएको ‘घर ज्वाईं’ मा मगर समुदायको कथा छ। 

ग्रामीण भेग र ओझेलमा परेका समुदायको कथामा अभिनय गर्न पाउँदा उत्साह लाग्ने अभिनेता राईले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:४७
##actor #dayahangrai
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी
सवैको दुःखका साथी कलाकार गोकुल सुवेदी शनिबार, वैशाख २६, २०८३
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा
डिग्रीहोल्डर कलाकार तथा निर्देशक अमृतमान महर्जन–लुकेका प्रतिभा शनिबार, वैशाख १९, २०८३
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम
इभा गिरी नेपाली डिजिटल मिडियामा चर्चित नाम आइतबार, चैत २२, २०८२
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार
सरिता महर्जनको सम्झनामा स्वतन्त्र संसार आइतबार, चैत २२, २०८२
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो !
गायिका सत्यकला राईले भनिन्. 'आहा ! यो राष्ट्रभक्ती गीतले त शरीरमा काँडा पलायो ! शुक्रबार, चैत १३, २०८२
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक
बिन्ध्यबासिनी म्युजिक अवार्ड प्राप्त गर्नेकाे नाम सार्वजनिक बुधबार, चैत ४, २०८२
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स
पूर्वमिस नेपाल उषा र महानायक राजेशको होरी राेमान्स आइतबार, फागुन १०, २०८२
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक मंगलबार, फागुन ५, २०८२
गायिका तथा निर्माता सत्यकला राई सम्मानित
गायिका तथा निर्माता सत्यकला राई सम्मानित शुक्रबार, पुस ४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
  • नंः ३ बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
  • नंः ४ हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
  • नंः ५ सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
विचार
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्