Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
शनिबार, चैत १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, चैत १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • गाउँ-गाउँमा एकीकृत जनस्वास्थ्य अभियान
गाउँ-गाउँमा एकीकृत जनस्वास्थ्य अभियान कैलाली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ २२, २०८१

टीकापुर । कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरु गरिएको छ ।  

पालिकाले १० दिनसम्म हरेक वडामा बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन थालेको छ । पालिकाले शिविरमा उपचारमा आउने बिरामीका लागि चिकित्सकको सेवा, ल्याब परीक्षण र निःशुल्क औषधिको व्यवस्था गरेको छ । यसका साथै क्षयरोग परीक्षण, आँखाको उपचार दिन थालिएको छ।

शिविरमा सिकलसेल, एनिमिया रोग स्क्रिनिङ, नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा उपचार सेवा, क्षयरोग जोखिम समूह तथा कम पहुँच भएका समुदायमा सक्रिय खोज पड्ताल कार्यक्रम, निःशुल्क ज्येष्ठ नागरिकका आँखा उपचार दिन थालिएको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए।

"नगर प्रमुख जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पनि नागरिको घरदैलोसम्म उपचार सेवा पुर्याउने लक्ष्य लिइएको छ’’, उनले भने, ‘‘पहिलो दिन आइतबार ३०१ जनाको उपचार गरिएको छ ।

वडा नं.२ मा पहिलो दिन आयोजना गरिएको स्वास्थ्य शिविरमा आँखासम्बन्धी समस्या, नसा तथा ढाडको समस्या, मधुमेह, उच्च रक्तचापलगायत समस्या भएका बिरामी बढी आएका छन् ।

थारु समुदायमा सिकलसेल तथा एनिमिया रोगको बढी समस्या देखिने भएकाले यसको परीक्षणका लागि ल्याव सुविधा गाउँ गाउँमा लगिएको र शंका लागेकाको थप परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ ।

यसका साथै क्षयरोगीको खोज पड्तालका लागि क्षयरोग निदान घुम्ती सेवाअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सुदूरपश्चिमलाई उपलब्ध गराएको बस गाउँगाउँमा लगेर परीक्षण सेवा दिन थालिएको छ । पालिकाले शिविरमा आँखाको उपचार र चश्मा चाहिनेलाई चश्मा र शल्यक्रिया गर्नुपर्नेलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको छ।

स्वास्थ्य उपचार सेवा लिनुभएको रामेश्वर चौधरीले खुसी लागेको बताए । ‘‘आँखा, कान तथा नसासम्बन्धी समस्या थियो’’, उनले भने, “राम्ररी हिँड्न सक्दिन, नातिले लिएर आएको हो । एकै ठाउँमा सबै उपचार पाए । नगरपालिकाले राम्रो सेवा दियो ।”

स्वास्थ्य सेवा पाउनु नागरिकको नैसङ्र्गिक अधिकार भएकाले पालिकाले गाउँगाउँमा सेवा दिन थालेको नगरप्रमुख रामलाल डगौरा थारुले बताए। ‘‘हामीले नागरिकको उपचार सहजताका लागि हरेक वडामा स्वास्थ्य संस्था स्थापना गरेका छौँ, त्यहाँसम्म पनि जान नसक्ने र चिकित्सकको सेवा सहज पाउन भनी यो अभियान सुरु भएको हो’’, उनले भने, ‘‘एकै ठाउँमा धेरै खाले उपचारका लागि एकिकृत सेवा दिन थालेका हौँ।’’

वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले शिविरमा विशेष गरी ज्येष्ठ नागरिक र अपाङ्गगता भएकालाई सहज हुने बताए। स्वास्थ्य शिविरमा टीकापुर अस्पताल, साथी अस्पतालका डाक्टर, पालिकाका स्वास्थ्यकर्मी, आँखा परीक्षणका लागि श्रीकृष्ण आँखा अस्पतालका डाक्टरले उपचार सेवा दिनेछन्।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०६:३२
##Health
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक
प्रेममा यौन आवश्यक नभएपनि यौनमा प्रेम आवश्यक शनिबार, फागुन १६, २०८२
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल
घाईतेहरुलाई भेटन ट्रमा सेन्टर पुगे गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार, फागुन ११, २०८२
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी
अफ्रिकन स्वाइन फिभर देखिएकाे पुष्टी सोमबार, फागुन ११, २०८२
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव शनिबार, फागुन ९, २०८२
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ?
कस्ताे लक्षण देखिए जन्मजात मुटुको समस्या हुनसक्छ ? शनिबार, फागुन २, २०८२
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन शनिबार, माघ १८, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ राजनीतिक नियुक्तिमा विगतको ‘भागबण्डा मोडेल’ विरुद्ध रास्वपा
  • नंः २ जातीय विभेदले पारेको प्रभाव
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ एक सातापछि ‘फुल सिलिण्डर’ बजारमा: कृतिम अभाव अन्त्य गर्ने आयल निगमको तयारी
  • नंः ५ एनआरएनए अध्यक्ष डा हेमराज शर्माको प्रतिबद्धता : "अब संगठनलाई नयाँ उर्जा र दृष्टिकोणकासाथ अगाडि बढाउँने।"
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्