Top Navigation
Main Navigation
आइतबार, वैशाख २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, वैशाख २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • महिलामा पाठेघरको क्यान्सर समस्या र समाधान
महिलामा पाठेघरको क्यान्सर समस्या र समाधान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन १, २०७८
Api Himal

–निशान बुढाथोकी

काठमाडौं । विश्वमा, हरेक ७८ जना महिलामध्ये १ जनामा, पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांक छ। त्यस्तै पाठेघरको क्यान्सर भएका हरेक १०८ जनामा १ जनाको ज्यान जाने गरेका छ ।  त्यसो त, सबै नै महिला, पाठेघरको क्यान्सरको जोखिममा छन्। के वयस्क, के उमेर  पुगेका  महिला सबै महिला पाठेघरको क्यान्सरको जोखिममा छन्। 

पाठेघरको क्यान्सर भएका महिलामध्ये ९० प्रतिशत महिला ४० वर्षभन्दा बढी उमेरका छन्। त्यसपछि, ६० वर्षका कटेकाहरुमा अध्याधिक छन्। एक अध्ययन अनुसार, विश्वभरमा, महिलाहरुमा हुने क्यान्सरमध्ये, पाठेघरको क्यान्सर पाचौं स्थानमा आउँछ। तर नेपालमा पाठेघरको क्यान्सर पहिलो नम्बरमै आएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, हरेक वर्ष ५ लाख जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र दुई लाखको मृत्यु हुने गरेको छ। हाम्रो जस्तो विकासशील देशमा ८ हजार महिलाको मृत्यु हुने गरेको छ। यही रोगका कारण, विश्वमा हरेक दिन ५४८ जना, प्रत्येक घण्टा २३ जनाको मृत्यु हुने गरेको, डरलाग्दो तथ्यांक छ। 

Nepal Oil Corporation

नेपालमा क्यान्सर रजिष्ट्रीको तथ्यांक अनुसार, १८ हजार ५ सय महिलालाई पाठेघर मुखको क्यान्सर हुने गरेको छ । यो संख्या अरु खलाका क्यान्सर भन्दा धेरै नै बढी हो। विश्व स्वास्थ्य संगठन  सन् २०१८ को तथ्यांक अनुसार नेपालमा महिलालाई हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघर मुखको क्यान्सर हुने गरेको छ। यो तथ्यांक अनुसार, नेपालमा बर्षेनी करीब ३ हजार महिला, अर्थात् करीब १९ प्रतिशतलाई पाठेघरको, करीब २ हजार १ सय अर्थात्, झण्डै १४ प्रतिशतलाई फोक्सोको क्यान्सर, २ हजार जनाई (१३ प्रतिशत) स्तन क्यान्सर हुने गरेको पाइएको छ। सबै खालका गरी नेपालमा, महिला पुरुष सहित वर्षेनी करीब २७ हजारलाई क्यान्सर लाग्ने गरेको अध्ययनले देखाएको छ। 

हामीले यसअघि नै भनियो, नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकले देखाउँछ। त्यसमध्ये एक हजार महिलाको मृत्यु यही रोगको समयमै उपचार नपाएर हुने गर्छ। तेस्रो वा चौथो स्टेजमा पुगेपछि मात्रै लक्षण देखिने भएकाले बिरामी अस्पताल पुग्दासम्म ढिला भइसकेको हुन्छ। ह्युमन प्याथिलोमा भाइरस नामको जीवाणुको संक्रमणबाट पाठेघरको मुखको क्यान्सर हुनेगर्छ। यो भाइरस ३० वर्ष उमेर कटेका व्यक्तिको शरीरमा ५ देखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुन्छ। यसको संक्रमण पत्ता लगाउन पाठेघरको मुखको पानी र एचपिबी, डिएनए परीक्षण गर्नुपर्छ । 

चिकित्सकहरुका अनुसार, नेपाली महिलाहरुलाई लाग्ने क्यान्सरमध्ये, पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा आउँछ। क्यान्सर रोगविज्ञहरुले गरेको अध्ययन अनुसार, पाठेघरका क्यान्सरबाट नेपालका झन्डै १० देखि १२ हजार महिला पीडित भएको अनुमान छ। सो अध्ययन अनुसार, २६ हजारदेखि ४५ हजार नेपाली महिलालाई भविष्यमा पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना देखिएको छ। विवाहितमध्येमा अधबैंसे र प्रौढ महिला पाठेघरको मुखको क्यान्सरको बढी जोखिममा देखिएका छन्। ३० देखि ६० वर्ष उमेर समूहका महिलामा, पाठेघरको क्यान्सर बढी देखिएको छ। 

तर, पाठेघरको क्यान्सरलाई रोकथाम गर्न सकिने र सुरुवाती अवस्थामै पत्ता लगाउन सकेमा, निको पार्न सकिन्छ। क्यान्सरलाई जितेका उदाहरण सयौं छन्। यसै विषयमा थप जानकारी दिन हामीले नेपाल कोरियन मैत्रीनगर अस्पताल भक्तपुरका Obstetrics and Gynecology Departmanet Head डा. जमुना किरण पौडेलसंगकाे कुराकानी :

शारिरीक संरचना तथा बनावटले गर्दा महिलालाई संक्रमण हुने रोग पुरुषको तुलनामा धेरै छन्, यस्तो अवस्थामा महिला प्रजनन् सम्बन्धि कस्ता खालका रोगहरु बढी आउँछन् ?

बिशेषगरी महिला प्रजनन्मा बढी पाठेघरको समस्या, सेतो पानी तथा गन्हाउने पानी बग्ने, चिलाउने, पिसाब पोल्ने समस्या भएका महिलाहरु आउँछन्। पहिला पहिला गाउँ घरमा उमेर पुगेका वृद्ध महिलाहरु आङ खस्ने समस्या लिएर आउनु हुन्थ्यो, अहिले अलि कम भएको छ। सचेतनाको कारण मानिसहरु जागरुक भएका छन्, त्यही कारण सावधान भएर पनि हुन सक्छ यस्ता खालको समस्या कम छ आजभोलि।

महिलाहरुमा सेतो पानी बग्नुको कारण के होला ?

सरसफाई एउटा प्रमुख कारण मान्न सकिन्छ । त्यसको अलावा मल्टिपल सेक्स पार्टनर, पौष्टिक तत्वको कमी, इन्फेक्सन हुँदा हुँदै कहिले काही रिपिटेट इन्फेक्सन हुन सक्छ जसले गर्दा पनि  सेतो पानी बग्न सक्छ । 

खासगरी कस्ता खालका जटिल रोगहरु महिलामा देखिन्छन् ?

पाठेघरको मुखको इन्फेक्सन, पाठेघरको इन्फेक्सन, कहिलेकाही पिलो जस्तो सुनिएर आउँछ, त्यसको इन्फेक्सन, पिसाब नलीको इन्फेक्सन, पुरुषको तुलनामा महिलाको पिसाब नली सानो हुने भएकोले पिसाब नलीको इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ। महिनावारी गडबडी,कसैको १५/१६ दिनमै महिनावारी हुने, कसैको २/३ महिना सम्म पनि नहुने समस्या आउँछ, त्यस्तै हर्मनको गडबडी, तनावले गर्दा महिनावारीमा गडबडी, Pregnacy Complication, कसैको पाठेघर नै नभएको अवस्था पनि हुन्छ, यस्ता विभिन्न समस्याहरु महिलामा देखिन्छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हरेक वर्ष ५ लाख महिला पाठेघरको मुखको क्यान्सर हुने गरेको र २ लाख महिलाको मृत्यु हुने गरेको छ।

पाठेघरको डिम्बासयको क्यान्सर कसरी हुन्छ र कसरी थाहा पाउन सकिन्छ ?

पाठेघरको क्यान्सर भनेको एकै ठाउँमा हुदैन । दुई तीन ठाउँमा हुन्छ । एउटा पाठेघरको बच्चा जन्मिने घर, क्यान्सर पनि हुन सक्छ, जुन बाहिरै बाट गन्हाउने पानी, सेतो पानी, बाहिर देखिने घाउ जस्तो हुन्छ, अलसर पनि भनिन्छ। अर्को सर्भिकल क्यान्सर जुन पाठेघरको मुखको क्यान्सर हो । यसमा पनि महिलाहरुमा गन्हाउने बग्ने समस्या हुन्छ , तर कहिलेकाही यस्तो समस्या नदेखिन पनि सक्छ । तर यस्ता खालका समस्या नदेखिए पनि वर्ष वर्षमा पाठेघरको पानीको जाँच गराउनु पर्छ।  याद राख्नुहोस् पाठेघरको डिम्बासयको क्यान्सर र पाठेघरको मुखको क्यान्सर दुई भिन्न कुरा हुन्। 

पाठेघरको मुखको क्यान्सरको जोखिममा कस्ता उमेर समूहका महिलाहरु पर्ने गरेका छन् ?

यति नै उमेर भन्ने त छैन तर पनि ३० देखि ६० वर्ष उमेरको महिलाहरु नै बढी जोखिममा पर्ने गरेका छन्। त्यसमा पनि धेरै जनासंग यौन सम्पर्क गर्नाले, अहिलेको अवस्थामा १२, १३ वर्षको उमेरमा सम्पर्कमा रहने गर्दछन्, त्यसले गर्दा पनि, उमेर भन्दा छिटो विवाह गरी बच्चा जन्माउनाले, विहे नभई यौन सम्पर्क राख्नु, पौष्टिक तत्वको कमी, डर र लाजको कारण उपचार गर्न नआउनु जस्ता विविध कारणले गर्दा महिलाहरु जोखिममा पर्ने गर्छन्। 

-नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १४:४२
##Dr. JamunaKiranPaudel
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्