Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • महिलामा पाठेघरको क्यान्सर समस्या र समाधान
महिलामा पाठेघरको क्यान्सर समस्या र समाधान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन १, २०७८

–निशान बुढाथोकी

काठमाडौं । विश्वमा, हरेक ७८ जना महिलामध्ये १ जनामा, पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांक छ। त्यस्तै पाठेघरको क्यान्सर भएका हरेक १०८ जनामा १ जनाको ज्यान जाने गरेका छ ।  त्यसो त, सबै नै महिला, पाठेघरको क्यान्सरको जोखिममा छन्। के वयस्क, के उमेर  पुगेका  महिला सबै महिला पाठेघरको क्यान्सरको जोखिममा छन्। 

पाठेघरको क्यान्सर भएका महिलामध्ये ९० प्रतिशत महिला ४० वर्षभन्दा बढी उमेरका छन्। त्यसपछि, ६० वर्षका कटेकाहरुमा अध्याधिक छन्। एक अध्ययन अनुसार, विश्वभरमा, महिलाहरुमा हुने क्यान्सरमध्ये, पाठेघरको क्यान्सर पाचौं स्थानमा आउँछ। तर नेपालमा पाठेघरको क्यान्सर पहिलो नम्बरमै आएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, हरेक वर्ष ५ लाख जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र दुई लाखको मृत्यु हुने गरेको छ। हाम्रो जस्तो विकासशील देशमा ८ हजार महिलाको मृत्यु हुने गरेको छ। यही रोगका कारण, विश्वमा हरेक दिन ५४८ जना, प्रत्येक घण्टा २३ जनाको मृत्यु हुने गरेको, डरलाग्दो तथ्यांक छ। 

नेपालमा क्यान्सर रजिष्ट्रीको तथ्यांक अनुसार, १८ हजार ५ सय महिलालाई पाठेघर मुखको क्यान्सर हुने गरेको छ । यो संख्या अरु खलाका क्यान्सर भन्दा धेरै नै बढी हो। विश्व स्वास्थ्य संगठन  सन् २०१८ को तथ्यांक अनुसार नेपालमा महिलालाई हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघर मुखको क्यान्सर हुने गरेको छ। यो तथ्यांक अनुसार, नेपालमा बर्षेनी करीब ३ हजार महिला, अर्थात् करीब १९ प्रतिशतलाई पाठेघरको, करीब २ हजार १ सय अर्थात्, झण्डै १४ प्रतिशतलाई फोक्सोको क्यान्सर, २ हजार जनाई (१३ प्रतिशत) स्तन क्यान्सर हुने गरेको पाइएको छ। सबै खालका गरी नेपालमा, महिला पुरुष सहित वर्षेनी करीब २७ हजारलाई क्यान्सर लाग्ने गरेको अध्ययनले देखाएको छ। 

हामीले यसअघि नै भनियो, नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकले देखाउँछ। त्यसमध्ये एक हजार महिलाको मृत्यु यही रोगको समयमै उपचार नपाएर हुने गर्छ। तेस्रो वा चौथो स्टेजमा पुगेपछि मात्रै लक्षण देखिने भएकाले बिरामी अस्पताल पुग्दासम्म ढिला भइसकेको हुन्छ। ह्युमन प्याथिलोमा भाइरस नामको जीवाणुको संक्रमणबाट पाठेघरको मुखको क्यान्सर हुनेगर्छ। यो भाइरस ३० वर्ष उमेर कटेका व्यक्तिको शरीरमा ५ देखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुन्छ। यसको संक्रमण पत्ता लगाउन पाठेघरको मुखको पानी र एचपिबी, डिएनए परीक्षण गर्नुपर्छ । 

चिकित्सकहरुका अनुसार, नेपाली महिलाहरुलाई लाग्ने क्यान्सरमध्ये, पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा आउँछ। क्यान्सर रोगविज्ञहरुले गरेको अध्ययन अनुसार, पाठेघरका क्यान्सरबाट नेपालका झन्डै १० देखि १२ हजार महिला पीडित भएको अनुमान छ। सो अध्ययन अनुसार, २६ हजारदेखि ४५ हजार नेपाली महिलालाई भविष्यमा पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना देखिएको छ। विवाहितमध्येमा अधबैंसे र प्रौढ महिला पाठेघरको मुखको क्यान्सरको बढी जोखिममा देखिएका छन्। ३० देखि ६० वर्ष उमेर समूहका महिलामा, पाठेघरको क्यान्सर बढी देखिएको छ। 

तर, पाठेघरको क्यान्सरलाई रोकथाम गर्न सकिने र सुरुवाती अवस्थामै पत्ता लगाउन सकेमा, निको पार्न सकिन्छ। क्यान्सरलाई जितेका उदाहरण सयौं छन्। यसै विषयमा थप जानकारी दिन हामीले नेपाल कोरियन मैत्रीनगर अस्पताल भक्तपुरका Obstetrics and Gynecology Departmanet Head डा. जमुना किरण पौडेलसंगकाे कुराकानी :

शारिरीक संरचना तथा बनावटले गर्दा महिलालाई संक्रमण हुने रोग पुरुषको तुलनामा धेरै छन्, यस्तो अवस्थामा महिला प्रजनन् सम्बन्धि कस्ता खालका रोगहरु बढी आउँछन् ?

बिशेषगरी महिला प्रजनन्मा बढी पाठेघरको समस्या, सेतो पानी तथा गन्हाउने पानी बग्ने, चिलाउने, पिसाब पोल्ने समस्या भएका महिलाहरु आउँछन्। पहिला पहिला गाउँ घरमा उमेर पुगेका वृद्ध महिलाहरु आङ खस्ने समस्या लिएर आउनु हुन्थ्यो, अहिले अलि कम भएको छ। सचेतनाको कारण मानिसहरु जागरुक भएका छन्, त्यही कारण सावधान भएर पनि हुन सक्छ यस्ता खालको समस्या कम छ आजभोलि।

महिलाहरुमा सेतो पानी बग्नुको कारण के होला ?

सरसफाई एउटा प्रमुख कारण मान्न सकिन्छ । त्यसको अलावा मल्टिपल सेक्स पार्टनर, पौष्टिक तत्वको कमी, इन्फेक्सन हुँदा हुँदै कहिले काही रिपिटेट इन्फेक्सन हुन सक्छ जसले गर्दा पनि  सेतो पानी बग्न सक्छ । 

खासगरी कस्ता खालका जटिल रोगहरु महिलामा देखिन्छन् ?

पाठेघरको मुखको इन्फेक्सन, पाठेघरको इन्फेक्सन, कहिलेकाही पिलो जस्तो सुनिएर आउँछ, त्यसको इन्फेक्सन, पिसाब नलीको इन्फेक्सन, पुरुषको तुलनामा महिलाको पिसाब नली सानो हुने भएकोले पिसाब नलीको इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ। महिनावारी गडबडी,कसैको १५/१६ दिनमै महिनावारी हुने, कसैको २/३ महिना सम्म पनि नहुने समस्या आउँछ, त्यस्तै हर्मनको गडबडी, तनावले गर्दा महिनावारीमा गडबडी, Pregnacy Complication, कसैको पाठेघर नै नभएको अवस्था पनि हुन्छ, यस्ता विभिन्न समस्याहरु महिलामा देखिन्छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हरेक वर्ष ५ लाख महिला पाठेघरको मुखको क्यान्सर हुने गरेको र २ लाख महिलाको मृत्यु हुने गरेको छ।

पाठेघरको डिम्बासयको क्यान्सर कसरी हुन्छ र कसरी थाहा पाउन सकिन्छ ?

पाठेघरको क्यान्सर भनेको एकै ठाउँमा हुदैन । दुई तीन ठाउँमा हुन्छ । एउटा पाठेघरको बच्चा जन्मिने घर, क्यान्सर पनि हुन सक्छ, जुन बाहिरै बाट गन्हाउने पानी, सेतो पानी, बाहिर देखिने घाउ जस्तो हुन्छ, अलसर पनि भनिन्छ। अर्को सर्भिकल क्यान्सर जुन पाठेघरको मुखको क्यान्सर हो । यसमा पनि महिलाहरुमा गन्हाउने बग्ने समस्या हुन्छ , तर कहिलेकाही यस्तो समस्या नदेखिन पनि सक्छ । तर यस्ता खालका समस्या नदेखिए पनि वर्ष वर्षमा पाठेघरको पानीको जाँच गराउनु पर्छ।  याद राख्नुहोस् पाठेघरको डिम्बासयको क्यान्सर र पाठेघरको मुखको क्यान्सर दुई भिन्न कुरा हुन्। 

पाठेघरको मुखको क्यान्सरको जोखिममा कस्ता उमेर समूहका महिलाहरु पर्ने गरेका छन् ?

यति नै उमेर भन्ने त छैन तर पनि ३० देखि ६० वर्ष उमेरको महिलाहरु नै बढी जोखिममा पर्ने गरेका छन्। त्यसमा पनि धेरै जनासंग यौन सम्पर्क गर्नाले, अहिलेको अवस्थामा १२, १३ वर्षको उमेरमा सम्पर्कमा रहने गर्दछन्, त्यसले गर्दा पनि, उमेर भन्दा छिटो विवाह गरी बच्चा जन्माउनाले, विहे नभई यौन सम्पर्क राख्नु, पौष्टिक तत्वको कमी, डर र लाजको कारण उपचार गर्न नआउनु जस्ता विविध कारणले गर्दा महिलाहरु जोखिममा पर्ने गर्छन्। 

-नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १४:४२
##Dr. JamunaKiranPaudel
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्