Top Navigation
Main Navigation
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • राजधानीकै सार्वजनिक यातायातमा मनपरी भाडा, अनुगमन फितलाे
राजधानीकै सार्वजनिक यातायातमा मनपरी भाडा, अनुगमन फितलाे
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २, २०७८

काठमाडौँ । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् ।

विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर्प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ। राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ। 

यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म ३ किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० असुलेको बताए। बढी भाडा लिने बा२ख ६८०५ नंको बसका बारेमा प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन।

ट्राफिक प्रहरीको नं १०३ मा फोन गरी तोकिएकोभन्दा रु ६ बढी भाडा लिएको जानकारी गराए पनि कारवाही नभएको उनको दुःखेसो छ। 

फोन उठाएका ट्राफिक प्रहरी चन्द्र केसीले कारवाही गराएरपछि जानकारी गराउँछौँ भनेको यात्रु सिम्खडाले बताए। त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारवाही नभएको उनको ठम्याइ छ । साउन लागेसँगै भाडा बढेको छ भनी ठगिनेमा सिम्खडा प्रतिनिधि पात्र मात्र हुन्।

यही साउन १ गते शुक्रबार नै रत्नपार्कबाट गौशालासम्म सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रु रमा भट्टराईले तोकिएभन्दा रु ६ नै बढी भाडा तिर्नुपर्याे। 

असार ३१ गतेदेखि भाडा बढेको छ। अब चढेपछि न्यूनतम रु २० भाडा भएको छ भन्दै बा५ख २७६४ नंको बसका परिचालकले भट्टराईसँग बढी भाडा असुलेका हुन्।

छोटो दूरीमा रु ६ र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुली भइरहेको भएपनि अनुगमन गर्नुपर्ने निकाय मौन छन्।विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ। 

वेबसाइटमा विभागका सूचना अधिकारी डा लोकनाथ भुसालको मोबाइल नम्बरसमेत राखिएको छ। भुसालको ९८५१२५३१३५ मोबाइल नंमा पटकपटक फोन गर्दासमेत उठ्दैन। 

महानिर्देशक नमराज घिमिरेको मोबाइल नम्बर समेत पत्ता लगाएर फोन गरे पनि नउठेको यात्रु बताउँछन्। पटक-पटकको मोबाइल सम्पर्कपछि फोन उठाएका सूचना अधिकारी भुसालले विभागले अन्तर्प्रदेशमा मात्र भाडा बढाउन पाउने व्यवस्थाअनुसार एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा बढी लिन पाइने गरी बिहीबारदेखि भाडा बढाइएको बताए। 

प्रदेशभित्र र स्थानीय तहको क्षेत्रमा चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश र स्थानीय सरकारलाई नै दिइएको उनले जानकारी गराए। 

विभागले गत वैशाख १७ गते भाडा बढाउने सम्बन्धमा पठाएको फाइलको निर्णयानुसार गत असार २७ गते भाडा बढाएको हो।सवा दुई महिनासम्म फाइल थन्क्याएर सरकार परिवर्तन हुने बेलामा भाडा बढाइएको भन्दै पाँच विद्यार्थी सङ्गठनलगायत नागरिकस्तरबाट पनि यसको विरोध भइरहेको छ।

यातायात अनुगमनका लागि विभागबाट विशेष जिम्मेवारी पाएका नायबसुब्बा केशवराज जमरकट्टेल र ४ जना ट्राफिक प्रहरी अनुगमनमा खटिने गरेको सूचना अधिकारी भुसालले जानकारी दिए । 

विभागले यातायात अनुगमनका लागि छुट्टै सवारीको व्यवस्था गरे पनि त्यसको सदुपयोग नभएको यात्रुको गुनासो छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता सञ्जीव शर्मादासले शुक्रबार तोकिएभन्दा बढी भाडा लिने १६० सवारीलाई कारवाही गरिएको जानकारी दिए। 

बढी भाडा लिने सवारीलाई पहिलोपटक रु ५०० देखि रु १ हजार ५०० सम्म कारवाही गरिएको महाशाखाले जनाएको छ। बढी भाडा लिने क्रम दोहोर्याउने सवारीलाई रु ५ हजार कारवाही गरी सवारी सिज गर्नेसम्मको तयारी भएको प्रवक्ता शर्मादासले बताए। 

“प्रत्येक दिन धुम्बाराही चोकबाट रानीपोखरीसम्म म पनि सार्वजनिक यातायातमा यात्रा गर्छु, सार्वजनिक यातायातका समस्या राम्रोसँग थाहा पाएकाले समस्या समाधानमा लागिपरेको छु”, उनले भने। 

शनिबार पनि बिहानैदेखि बढी भाडा लिएको गुनासो आइरहेकाले कार्यालयबाट धेरै जनशक्ति सार्वजनिक यातायात अनुगमनमै खटाइएको महाशाखाले जनाएको छ। 

यात्रुलाई तोकिएभन्दा बढी भाडा नतिर्न र बढी भाडा लिनेको जानकारी महाशाखाको निःशुल्क फोन नं १०३ मा खबर गर्न प्रवक्ता शर्मादासले आह्वान गरेको छ।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ४ बैंकर नारायणदास मानन्धरको निधन
  • नंः ५ नामी साप्ताहिक
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्