Top Navigation
Main Navigation
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय - शोभा अधिकारी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असोज ८, २०८१
Api Himal

काठमाडौँ । समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका घटनाहरू बढिरहेका छन्। महिला हिंसा एक संवेदनशील र गम्भीर सामाजिक समस्या बनेको छ ।

नेपाललगायत विश्वभर नै डरलाग्दा महिला हिंसा र हत्याका घटना दिन प्रतिदिन वृद्धि भइरहेका छन्। यसले समाजको नैतिकता, कानुनी व्यवस्था र मानव अधिकारलाई चुनौती दिएको छ ।

यो समस्या सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक समस्याको परिणाम हो । घरेलु हिंसा, यौन हिंसा, दाइजोको कारण हत्या, मानव तस्करी, जबर्जस्ती विवाह तथा अन्य प्रकारका हिंसाहरूले महिलाको जीवनमा गहिरो प्रभाव पारेका छन्।

विश्वभर नै महिला हिंसाका घटनाहरू विकराल बन्दै गइरहेका छन् । बलात्कार, हत्या, अपमान, घरेलु हिंसा र अन्य प्रकारका दुव्र्यवहारहरूले महिलाको जीवनलाई प्रत्यक्ष रूपमा असर पुर्याएको छ। महिला हिंसा रोक्न तत्काल कदम चालिएन भने यसले घर, समाज र राष्ट्रमा नै अझ भयावह रूप लिन सक्छ ।

Nepal Oil Corporation

महिला हिंसा र हत्याका घटनाहरु बढ्दै जानुका कारणहरू विभिन्न छन् । हाम्रो समाजमा अझै पनि पुरुषलाई महिलाभन्दा उच्च स्थानमा राख्ने पितृ सत्तात्मक सोच हाबी छ । महिलालाई पुरुषभन्दा कमजोर, अधीनस्थ र नियन्त्रण गर्ने मानसिकताले महिला हिंसा बढेको छ । 

समाजमा महिलालाई सम्पत्ति वा वस्तुका रूपमा हेर्ने प्रवृत्तिले हिंसालाई मलजल गरेको छ। महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर नभएर पुरुषहरूमा निर्भर हुँदा र अशिक्षाको कारण उनीहरूको सामाजिक र पारिवारिक स्थिति कमजोर हुन्छ। कमजोर आर्थिक स्थितिका कारण त्यहाँ झैझगडा, बेमेल र द्वन्द्वका कारणले पनि महिलाहरू माथि हिंसा हुने गर्दछ।

ग्रामीण क्षेत्रमा अझै पनि महिलाहरू शिक्षाको पहुँचबाट वञ्चित छन् । उनीहरूमा आफ्नो हक, अधिकार र कर्तव्यहरूको ज्ञान हुँदैन । यसले गर्दा हिंसा र दुव्र्यवहार सहनुपर्ने अवस्था रहेको छ ।

केही सांस्कृतिक परम्पराहरूले महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गर्दछन्। धेरै समाजमा महिलामाथि हुने हिंसालाई सामान्य र सहज रूपमा लिइन्छ र त्यसलाई परम्परागत रूपमा मान्यता दिने गरिएको छ।

श्रीमान श्रीमतीको झगडा परालको आगो जस्तै हो भने झैझगडा, कुटपिट, अन्य अत्याचार महिलामाथि हुँदा पनि सामान्य मानिन्छ। यस्तो सामाजिक व्यवहारले पनि समस्यालाई अझ गम्भीर बनाएको छ । 

विशेषगरी दाइजो प्रथा, बोक्सी प्रथा र छाउपडीजस्ता कुप्रथाहरूका कारण पनि महिलाहरू माथि अन्याय, अत्याचार, अपमान, मानसिक तथा भावनात्मक यातना, कुटपिट, हिंसा र हत्याका घटनाहरू बढिरहेका छन्।

अर्को प्रमुख कारण कानुनी कार्यान्वयनमा कमजोरी हो । कानुनहरू बनेका भए पनि ती कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, दोषीलाई सजाय नहुनुले महिला हिंसालाई बढावा दिइरहेको छ ।

प्रहरी प्रशासनमा लैङ्गिक संवेदनशीलताको अभाव, राजनीतिक दबाब, शक्तिको दुरुपयोग आदिले पनि पीडित महिलाहरूले न्याय पाउन सकेका छैनन् । कतिपय ठाउँमा पीडितले न्याय पाउनुको साटो पीडकले छुट पाएको पाइन्छ।

यसले गर्दा पीडितले झन् असुरक्षित महसुस गर्नुपरेको छ । क्रूर रूपमा पशुसरह हत्या गरिएका घटनाहरू बाहिरिरहेका छन्। यस्ता घटनाहरूले महिलाहरूको मानसपटलमा थप डर, त्रास र भय सिर्जना गरेको छ।

महिलामाथि हुने हिंसा र हत्याका घटना न्यूनीकरण र रोकथामका उपायहरू छिटोभन्दा छिटो अवलम्बन गर्नुपर्ने आजको आवश्यकता हो । कानुन बाहिर मात्र पुगेर हुँदैन, महिला हिंसा वृद्धि भएका कानुनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता देखिन्छ ।

महिलामाथि भएका सबै प्रकारका अपराधका दोषीहरूलाई कडा सजायको व्यवस्था गरी कानुनी कठघरामा उभ्याउनु पर्दछ। दोषी कुनै पनि रूपमा उम्कने वातावरण सिर्जना हुन दिनु हुँदैन ।

हिंसाका घटनाहरूमा छिटोछरितो कानुनी प्रक्रिया पूरा गरी पीडितलाई न्याय दिलाउन सबै पक्षबाट सहयोग र ध्यान दिनुपर्छ। पीडितले तुरुन्त न्याय पाउन सक्ने कानुनी सहायता र सुरक्षा प्रणाली सुनिश्चित गर्नुपर्दछ।

महिला हिंसा रोक्नका लागि महिलाहरूलाई प्राथमिकता दिँदा उनीहरूले आफ्नो अधिकारको पहिचान गर्न सक्छन्। हिंसा, अन्याय, अत्याचार विरुद्ध लड्न सक्षम हुन्छन् । महिलालाई रोजगारीका अवसर र सीपमूलक तालिमहरू दिएर आर्थिक रूपमा सक्षम र सबल बनाउनुपर्छ ।

आर्थिक सशक्तीकरणले महिलाहरूको मनोबल वृद्धि भई हिंसाविरुद्ध आवाज उठाउन सक्छन्। सबै खाले हिंसाविरुद्ध व्यापक सामाजिक जागरण अभियान आवश्यक छ । टोल, गाउँ, नगर, विद्यालय र सार्वजनिक ठाउँहरूमा महिला हिंसाविरुद्धका जनचेतनामूलक कार्यक्रम चलाएर समाजलाई शिक्षित बनाउनुपर्छ ।

मिडिया, कला, साहित्य र सामाजिक संस्थाहरूको माध्यमबाट महिला हिंसाको प्रभावकारी चेतना फैलाउन सकिन्छ। महिला हिंसा समुदायको ठूलो समस्या हो । यसलाई समाधान गर्न समुदायको सक्रिय भूमिकाको आवश्यकता छ।

सामाजिक, धार्मिक र राजनीतिक नेताहरूले हिंसाविरुद्ध एकजुट भएर बोल्नुपर्छ। स्थानीय तह र समुदायमा हिंसाका घटनालाई रिपोर्ट गर्न र तुरुन्तै कारबाही गर्न सहकार्य गर्नुपर्छ ।

हिंसाका सिकार भएका महिलाहरूलाई मनोवैज्ञानिक, कानुनी र सामाजिक सहयोग प्रदान गर्न सरकार र गैरसरकारी संस्थाहरूले पुनःस्थापनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ ।

सङ्कटमा परेका महिलाहरूलाई आश्रय, कानुनी सहायता तथा पुनःस्थापनाको व्यवस्था गर्न आवश्यक छ। हिंसा भएको सूचना परिवार र समाजमा आएपछि पीडित र पीडकलाई सँगै राखेर मेलमिलाप गराउँदा खतरा हुन सक्छ।

त्यसैले बढी नै संवेदनशील भएका हिंसाका घटनामा पीडित र पीडकलाई सँगै राख्न मिल्दैन। छोरी, दिदीबहिनीको विवाह गरिदिएपछि सबै दायित्व सकियो भने झैं माइती पक्षको सोचमा पनि परिवर्तन ल्याउनुपर्ने देखिन्छ।

यदि छोरी दिदीबहिनीहरूले घरमा असुरक्षाको महसुस गरे भने माइती पक्षले पनि इज्जत र प्रतिष्ठाको सवाल उठाएर मिलाउन मात्र खोज्नु हुँदैन, पीडितलाई आश्रय पनि दिनुपर्छ । महिलाहरूले पनि हिंसामा परेपछि चुप लागेर सहनु हुँदैन, सुरक्षित तवरले घटनालाई बाहिर ल्याउनुपर्छ ।

महिला हिंसाविरुद्ध प्रविधिको प्रभावकारी प्रयोग हुनसक्छ । आपत्कालीन अवस्थामा महिलाहरूलाई मद्दत पुर्याउन र प्रहरी तथा अन्य सहायता सेवासम्म पुग्न सहज बनाउन मोबाइल एपहरू, हेल्पलाइनहरू र डिजिटल प्लेटफर्महरू सञ्चालन गर्न सकिन्छ। 

महिला हिंसाका दोषीलाई कडा सजाय दिनुपर्छ, ताकि यसले अन्यलाई चेतावनीको काम गरोस्। हिंसामा संलग्नलाई कानुनको डर हुन आवश्यक छ । बोक्सी, दाइजो र छाउपडी प्रथाजस्ता हानीकारक सांस्कृतिक परम्पराहरू अन्त्य गर्न स्थानीय स्तरमा जनचेतना कार्यक्रमहरू चलाउन जरुरी छ ।

परम्परागत सोचलाई सुधार्नका लागि धार्मिक अगुवाहरू, सामुदायिक नेताहरू र शिक्षकहरूको सहयोगमा विशेष अभियान चलाउन आवश्यक छ । महिला हिंसा र हत्या एक गम्भीर मानव अधिकारको उल्लङ्घन हो। यसको रोकथामका लागि कानुनको कार्यान्वयन, महिला सशक्तीकरण र सामाजिक, शैक्षिक तथा आर्थिकस्तरमा सशक्त कदम चाल्न आवश्यक छ।

समाजमा महिलालाई सुरक्षित, सम्मानीत, समानता, न्याय र अवसर प्रदान गर्न प्रत्येक व्यक्ति, परिवार, समुदाय र देशका तर्फबाट पहल गर्नुपर्छ । यसो गर्न सकेमा न्यायपूर्ण, विकसित, सभ्य र अनुशासित तथा भयरहित समाज निर्माण गर्न सक्षम हुनेछौंँ।

(लेखक नेपाली कांग्रेस गण्डकी प्रदेश शिक्षा, विज्ञान प्रविधि विभाग प्रमुख हुन्)

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १३:३२
##shobhaadhikari #shovaadhikari #gandakiprovince #gandakipradesh
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
  • नंः ५ जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्