Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • साउन महिना, साउने ब्रत, हरियो बस्त्र, चुरा र पोतेको रौनकता
साउन महिना, साउने ब्रत, हरियो बस्त्र, चुरा र पोतेको रौनकता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन ७, २०७८

बर्खाकालको साउन महिना मिथिलानी (मिथिलाका नारी) का लागि विशेष हुन्छ। मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो।

साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ । साउने सोमबारका दिन भगवान् शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे इच्छित कामना पूरा हुने हिन्दू मैथिल जनविश्वास छ। 

साउनमा सोमबार परेको दिन मिथिलानी विभिन्न वस्त्र परिधानमा सजिएर शिवभक्तिका गीत गाउँदै शिवालयमा देखिन्छन्। मिथिलानीको यो परिधानभित्र हरियो चुराको विशिष्ट महत्वले गर्दा अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा जताततै बस्ती/बस्तीमा हरियो चुराको बजार जमेको देखिन्छ।

हरियो चुरा अटल सौभाग्यको सौन्दर्य प्रसाधन मानिने हुँदा साउने सोमबारी व्रतमा महिलाले यो रोज्ने गरेका हुन्। हरियो चुरासहितको प्रसाधनमा सजिएर भगवान् शिवको गरिने आराधना र व्रतले अटल सौभाग्य प्राप्त हुने विश्वास रहेको हातभरि हरियो चुराले नाडी छोपेकी बर्दिवास नगरपालिका-९ की शैल महतो बताउँछन्। 

“साउन महिना प्रकृति पूजाका लागि विशिष्ट मानिन्छ, हरियो रङलाई प्रकृतिको प्रतीक मानिन्छ”, महोत्तरीकै भङ्गाहा नगरपालिका-५ सिद्धपुरकी रुवी झा भन्छन्। “हाम्रा तीर्थ व्रत र चाडबाड धेरैजसो प्रकृतिसम्बद्ध छन्, त्यसैले साउनमा हरियो चुराले महत्व पाएको हो।”

विवाहित मिथिलानी अटल सौभाग्य र अविवाहित युवती सुन्दर वर (दुलाहा) को कामनाले साउने सोमबारी व्रत बस्छन्। नवविवाहिता मिथिलानी त साउनमै पतिपत्नीबीच पिरती गाढा हुने विश्वास गर्छन्। 

भगवान् शिवको आराधना होस् कि अन्य धार्मिक अवसर, सौभाग्य प्रसाधनको चयनमा हरियो चुरा मिथिलानीको प्राथमिकतामै पर्छ। साउने यो पर्वका अवसरमा हरियो चुरामात्र नभएर हरियो पोते, हरियो सारी र अन्य शृङ्गार प्रसाधनका पसल साउन लागिकन जताततै सजिएका छन्।

कोभिड-१९ महाव्याधिको सन्त्रास हटिसकेको नहुँदा जिल्ला प्रशासनले मेला, उत्सव र शिवालयमा बाक्लो जमघटमा रोक लगाएको छ तर लामो समय निषेधाज्ञाले जकडिएका सर्वसाधारण महाव्याधि अलि कम भएको बेला अहिले शिवालयमा पुगेको देखिन्छन्। 

मिथिलानी त अहिले लामो कारागार बसाइबाट छुटेजस्तै भएका छन् । सधैँ घरगृहस्थीमा रुमलिने मिथिलानी साउन लागेपछि सहेलीहरुको झुण्डमा मन फुकाएर हाँस्दै शिवालयमा देखिन्छन्। यस्तो जमघटमा आफ्ना वस्त्र परिधान विशिष्ट देखिउन् भन्ने अन्तरनिहित चाहना हुने गरेको भङ्गाहा-४ रामनगरकी रसिया थारु बताउँछन्।   

साउन महिनाले खेतबारी र कान्ला-पाखामात्र नभएर परिवेश नै हरियो बनाएको देखिन्छ। हाट बजारमा यतिखेर जताततै हरिया शृङ्गार साधनका पसल सजिएका छन् । यस्ता शृङ्गार प्रसाधनका पसलमा युवा उमेरका मिथिलानीको उपस्थिति सघन देखिन्छ। 

महाव्याधि सन्त्रासबीच कारोबार सबै बन्द भएर जिङ्राएका व्यापारी साउन लागिकन परिस्थिति सहज बन्दै गएको आकलन गरेर पर्व केन्द्रित व्यापारमा लागेका छन्। महाव्याधि सन्त्रास घटेको हुँदा धेरथोर व्यापार चल्न थालेको व्यापारीहरुको भनाइ छ। 

अहिले महिलाले हरियो रङका जरी भरेको चुरा तथा हरिया बुट्टेचुरा बढी खोज्ने गरेको भङ्गाहा-५ सीतापुर बजारका शृङ्गार भण्डारका सञ्चालक रामभगत साह बताउँछन्।  चुरासँगै अहिले मेहन्दीको व्यापार पनि फस्टाएको छ। 

साउनमा हरियो चुराजस्तै हत्केला, नाडी र नङमा मेहन्दी लगाउने मिथिलानीको चलन छ। साउनमा हत्केला, नङ, औँला र नाडीसम्म कलात्मक ढङ्गले लगाइने मेहन्दीले पतिपत्नीबीच प्रेममा प्रगाढता हुने र सर्पको भय नहुने विश्वास गरिन्छ।  

हरियो रङलाई समृद्धिको प्रतीक पनि मानिन्छ। साउने सोमबारी पर्वका बर्तालु विवाहित मिथिलानीले पतिको समृद्धिको कामना गर्दै हरियो चुरा, पोते, हरियो लुगा र हत्केलामा मेहन्दी लगाउने प्रचलन छ। 

त्यसैगरी अविवाहित नवयौवना मिथिलानी सुन्दर वर (दुलहा) को कामना गर्दै साउने व्रत बस्छन्। साउनमा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडी एकले अर्कालाई उपहार दिने चलन पनि बाक्लै भएको हुँदा यो महिनामा यस्ता सामानको बजार निकै जम्ने गरेका छन्।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
  • नंः ३ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
  • नंः ४ सत्ताको बहुमत, सदनमा अल्पमत
  • नंः ५ बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्