Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • योग सेलिब्रेटी सिमोन न्यौपानेको बेग्लै चमत्कारिक योग विज्ञान
योग सेलिब्रेटी सिमोन न्यौपानेको बेग्लै चमत्कारिक योग विज्ञान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ११, २०७८

काठमाडौं । सिमोन न्यौपाने बिगत १५ बर्षदेखि नेपाली संचार क्षेत्रमा पारीचित नाम हो । हेटौंडा एफएमबाट संचार यात्रा शुरु गरेका न्यौपाने बिगत १० बर्षदेखि योग सँग नजिक छन् । 

सञ्चार क्षेत्रबाट ब्यापक योगलाई फैलाउदै गरेका न्यौपाने संचारकर्मी मात्र नभइकन योग सेलिब्रेटिका रुपमा पनि चिनिएका छन्। न्यौपानेले बिभिन्न रेडियो टेलिभिजनबाट उन्प्रेरणा मुलक अन्तर्वाता र योग सोहरु सञ्चालन गर्दै आएका छन्। आफ्नो दुई कार्यक्षेत्र संचार र योगलाई संग–संगै अगाडि बढाउँदै गरेका न्यौपानेले बैज्ञानिक योगलाई संचारको माध्यमबाट संसारभरी फैलाउने आफ्नो प्रमुख जिम्मेवारीको रुपमा लिएका छन् । 

मनोक्रान्ति अभियन्ता डा. योगी बिकाशानन्दसँग लामो समयदेखि योग यात्रामा रहेका न्यौपाने नेपाल संस्कृत विश्वबिद्यालयका योग विद्यार्थी पनि हुन्। नेपाल र भारतका बिभिन्न क्षेत्रमा योग सिकेका न्यौपाने हाल नेपालका योग सेलिब्रेटी संचारकर्मी भइ निकै ब्यस्त जीवन बिताउदै छन । 

सञ्चारतर्फ लामो समय बिताएका न्यौपाने ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल का बागमती प्रदेश सदस्य समेत हुन्। योगलाई देशदेखि विश्वभर फैलाउदै गरेका सिमोन मनोक्रान्ति जीवन विकास केन्द्र र स्वस्तिक हिमालयन ग्रुपका संचालक पनि हुन्। बाँच्नका लागि हाँस्नु पर्दछ र हाँस्नका लागि बाँच्नु पर्दछ भनेर योगको माध्यमवाट खुशी दिने महान अभियानमा लागेका सिमोन न्यौपाने बिगत केही बर्षदेखि नेपालमा मात्र नभै संसार भरिका बिभिन्न देशका युवाहरुमा योगप्रतिको क्रेज बड्दै गइरहेको दावी गर्छन्।

योगका तीन पक्ष अहिले जीवन बाँच्ने मुख्य स्तम्भ बनेको देखिन्छ । पहिलो शारीरिक र मानसिक स्वास्थ्य, दोश्रो आर्थिक समृद्धिको आधार र तेश्रो आत्म जागरण वा चेतना बिकास भएको ठहर योग गुरु सिमोन न्यौपानेको छ। यिनै योग गुरु सिमोन न्यौपाने योग विज्ञानका वारेमा यसो भन्छन् :–

योग सबै किसिमका कमजोरीहरु हटाउन सक्ने साधन बन्न सक्छ । हामी भित्र बिभिन्न खाले कमजोरीहरु हुन सक्छन। जस्तै कि आत्मा विश्वास साह्रै कमजोर हुनु, आवश्यकता भन्दा बढी चिन्ता गर्नु, अनुकुल समयमा खुशी हुन नसक्नु, प्रतिकुल परिस्थितिमा मनलाई कन्ट्रोल गर्न नसक्नु, डराउनु, लजाउनु, तर्सिनु, बिर्सिनु, शारीरिक, मानसिक, आर्थिक वा सामाजिक समस्याहरु। यि समस्या मध्ये कुनै पनि समस्या हामीमा लगातार हावी भइ दिन्छ भने यसले हामीलाई साह्रै कमजोर र जीवन बाँच्न कठिन बनाइदिन्छ। जुनसुकै पेसामा रहेता पनि शरीर र मनलाई सन्तुलनमा राख्न अत्यन्तै जरुरी छ। शरीर र मन सन्तुलनमा रह्यो भने दिमागले ठीक तरिकाले काम गर्न सक्छ । यसरी हामीले दिमागलाई सही तरिकाले काम गराउन सक्यौ भने माथि भनेका सारा कमजोरीबाट मुक्त हुन सकिन्छ । र त्यसका लागि योग ध्यान नै सबै भन्दा उत्तम उपाय हो। यसकारण आजैबाट योग शुरु गर्नुस् र तीन महिना पछिको नतिजा हेर्नुस्। तपाईंको मस्तिष्कले काम गर्ने तरिका भिन्नै पाउनु हुन्छ। मेरो चाहना पनि यही यो। मेरो पत्रकारितामा फरक यही हो– म जीवनशैली परिवर्तन गराउन सक्र्रिय रहन्छु ।

गाईले दुध दिन्छ र ? दिन्न नि, जवसम्म हामीले दुहुदैनौ । त्यस्तै सागरभरि पानी छन तर, नझिकेसम्म पाँइदैन। योग खुशीको सागर हो! जति चाहिन्छ त्यति झिक्न सकिने रहेछ । १० बर्षअघि हेटौंडा एफएम कार्यरत रहदा–रहदै गर्दा मैले योग गर्न थाले। त्यतिबेला केही बुझेको थिइन। योग स्वस्थ रहनका लागि मात्र हो कि जस्तो लागेको थियो। पछि नेपाल र भारतका बिभिन्न गुरुहरुसँग कुन्डलिनी, हट योग, ध्यान योग, ज्ञान योग, पञ्च तत्व बिज्ञान आदि सिक्ने मौका पाए ! त्यसपछि बुझ्न थाले यो त थुप्रै समस्याहरुको समाधान गर्ने उपाय पो रहेछ । मैले नेपालका थुप्रै ठाउँ, संघ संस्था, गाउँ–शहरहरुमा योग ध्यान र मोटिभेसन कक्षाहरु चलाए। प्रेसर, सुगर, थाइराइड, बाथ, अनिन्द्रा, यौनरोग, पेट, नशा जस्ता थुप्रै समस्याहरु योगबाट सञ्चो भएको देख्दा चमत्कार जस्तो लाग्यो। बाहिरबाट कुनै पनि औषधी सेवन नगरि आफ्नै शरीरभित्र रहेको एन के (नेचुरल किलर) लाई बढाएर शरीरले आँफै औषधी उत्पादन गरी रोग ठीक पार्दो रहेछ । यसरी समाजप्रति योगलाई जोडीरहँदा थुप्रै आशीर्बादहरु पाए। आर्थिक आम्दानीको बाटो पनि निकै राम्रो हुने रहेछ । योग साँच्चै नै सेवा र पेशा दुबै बन्ने रहेछ। इज्जत र आम्दानी दुबै बलियो हुँदा जीवन सरल र सहज भएको छ ।    

शानदार तरिकाले जीवन जिउने हो भने दुईवटा आवश्यकताहरु पूरा गरे पुग्छ । जुन योगबाट सम्भव छ। मानिसको एउटा भित्री जीवन हुन्छ। अर्को बाहिरी जीवन। भित्री जीवनको आवश्यकता भनेको मानिस शान्त हुनु पर्दछ र बाहिरी जीवनको आवश्यकता भनेको मानिस समृद्ध हुनु पर्दछ। यानीकि भित्रबाट शान्त बाहिरबाट समृद्ध। मािनसको भित्री स्वभाव हरेक परिस्थितिमा शान्त रहोस बाहिरी स्वभावले २४ सै घण्टा कर्म गर्न सक्ने क्षमता राखोस्। समृद्धितर्फ अघि बढोस्। बाहिर गरिने हर कर्मले भित्र छटपटी, बेचैनी नहोस्। बाहिरी जीवनमा सबथोक होस्, भित्री जीवनमा शान्ति मात्र रहोस। यो दुई प्रमुख आवश्यकता योगले पूरा गर्ने छ । मानिस सम्पत्ति पाउन शान्ति गुमाउँछ र शान्त रहने कोशीस गरेँ, सम्पत्ति कमाउने अवसर गुमाउँछ। तर योग एउटा यस्तो कला र बिज्ञान हो– जसले भित्रबाट शान्त रहेर बाहिरबाट सम्पत्ति कमाउन सक्ने विज्ञान सिकाउँछ। मैले योग यात्राबाट देखेको सबैभन्दा ठूलो सम्भावना पनि यही हो। 

मैले सिकाउने योग र अरुले सिकाउने योग शैली थुप्रै भिन्नता छ । नगरकोटस्थित होटल माउन्ट भ्युमा मैले दिएको योग मोटिभेसन क्लासमा बेग्लै महशुश गरे। सेलिब्रेटी बनेको अनुभव भयो। कलाकारको अभिनयमा वान्स मोर सुनेको थिए, गायक–गायिकाहरुलाई वान्स मोर भनेको सुनेको थिए । तर, योग क्लासमा वान्स मोर भनेको पहिलो पटक मैले पाएर र सुने। कोही ग्वाँ–ग्वाँ  रोएर मन हल्का गर्दै थिए। कोही जोड जोड हाँसेर खुशी बटुल्दै थिए । कोही योग आनन्दमा हराउदै थिए। सयौं युवा ब्यवसायीहरुमाझ मैले दिएको उक्त सेसनको योगिक माहौल देख्दा योगमा पनि सेलिब्रेटी हुन सकिन्छ भन्ने प्रमाणित म आफैलाई भयो। 
 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  २१:१०
##SimonNeupane
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्