Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रहरीलाई सुधार्न कडा प्रहरी आचारसंहिता
प्रहरीलाई सुधार्न कडा प्रहरी आचारसंहिता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज १, २०७७

काठमाडौ । समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले आचारसंहिता जारी गरेको छ । 

नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो। 

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम प्रहरी महानिरीक्षकबाट नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने ‘आचारसंहिता सम्बन्धी कार्यादेश, २०७७’ जारी गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताए। 

जारी आचारसंहितामा प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाहका क्रममा आग्रह वा पूर्वाग्रह नराख्न, समान व्यवहार गर्न, प्रहरी सङ्गठन र कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता प्रदर्शन गर्न भनिएको छ ।

व्यक्तिगत आचरण तथा अनुशासनमा रही समयको पालना गर्दै काम, कर्तव्य इमान्दारी र तत्परताका साथ गर्नुपर्ने संहितामा उल्लेख छ। जाति, लिङ्ग, धर्म, सम्प्रदाय, शरीर विशेषका आधारमा होच्याउने, हेप्ने, टिप्पणी गर्ने, मजाक गर्ने, हाउभाउ प्रकट गर्ने जस्ता क्रियाकलाप गर्न नहुनेमा जोड दिइएको छ । 

व्यावसायिकतालाई आत्मसाथ गरी प्रहरी अधिकृत तथा जवानबीच एकापसमा भाइचारापूर्ण सम्बन्ध कायम गर्न, कार्यसम्पादन सम्बन्धमा आफ्नो काम प्रति अद्यावधिक भइरहन, आजको काम आजै गर्ने परिपाटी विकास गर्न, आफूले सम्पादन गरेको कार्यको संस्थागत अभिलेख राख्नसमेत निर्देश गरिएको छ ।

सरकारका विभिन्न निर्देशिका र प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना तथा आर्थिक पारदर्शिता कायम गर्ने सन्दर्भमा कुनै कमजोरी नगर्न समेत भनिएको छ । 

प्रहरी कर्मचारीले नागरिकमैत्री अवधारणा अनुरुप सेवा ग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने आचारसंहितामा उल्लेख छ। सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट भाषा प्रयोग गर्न तथा  फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्न भनिएको छ ।

अनुमति प्राप्त नगरी विदेशी नियोग, विदेशी कूटनीतिक व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह सरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्य नगर्न निर्देशन दिइएको छ । 

पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न, मन्तव्य दिन या अन्य टीकाटिप्पणी गर्न रोक लगाइएको छ। व्यक्तिगत स्वार्थपूर्ति वा लोकप्रियताको लालचमा सञ्चार माध्यमको प्रयोग र सूचना चुहावट गर्न नहुनेमा जोड दिइएको छ । 

सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दङ्गा भड्काउने, आतङ्ककारी गतिविधिलाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरू प्रकाशन, प्रसारण गर्न सामाजिक सञ्जालबाट सार्वजनिक गर्न नहुनेमा जोड दिइएको छ ।

कानूनको पूर्ण पालना गर्दै मानव अधिकार सम्बन्धि सिद्धान्तको संरक्षण, सम्बर्द्धन तथा परिपालनामा ध्यान दिन भनिएको छ। विपरित लिङ्गीको सम्मान गर्न समेत भनिएको छ ।

कार्यादेशको पालना सम्बन्धमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, सङ्घीय प्रहरी इकाइ कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा समितिमार्फत अनुगमन गर्ने जनाइएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०९:३६
##nepalpolice
प्रतिक्रिया दिनुहोस्
थप समाज
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्गमा सरकारी नजर
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्गमा सरकारी नजर आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा शनिबार, साउन १६, २०८३
नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ शनिबार, साउन १६, २०८३
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ४ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ५ इतिहासमै पहिलो खेलकुद प्रदर्शनी 
विचार
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्