Top Navigation
  • Contact
Main Navigation
बुधबार, असार १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, असार १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, वैशाख २७, २०८३

काठमाडाैं । नेपाल र नेपाली इतिहासको पानादेखि वर्तमान समयसम्म पनि पराधीन बन्नु परेन । अर्काको दास एवं गुलाम बनेर बस्नु परेन । नेपाल सार्वभौम सम्पन्न स्वतन्त्र मुलुक हो भन्ने तथ्य विश्वसामु छर्लङ्गै रहेको छ । कसैसँग र कसैबाट पनि छिपेको अवस्था छैन । नेपालका नेपाली जनता स्वाभिमानी नागरिक भएको कुरा पनि सबैसमक्ष स्पष्ट नै छ ।

यसो भएतापनि बेला–बेलामा नेपाल र नेपालीले आफ्नो अग्निपरीक्षा दिन बाध्य हुने गरेको छ । यसक्रममा भारत र चीनको सिमानामा रहेको नेपाली भूमि लिपुलेक हुँदै भारतले कैलाश मानसरोवर यात्रा खुला गरेपछि नेपाल सरकारले वैशाख २० गते आइतबारका दिन दुवै छिमेकी भारत र चीनलाई कूटनीतिक नोट पठायो । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाल सरकारले नोट पठाएको सार्वजनिक भएको केही बेरमै भारतले प्रतिक्रिया जनायो ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चलिरहेको पुरानो मार्ग भएको र यो कुनै नयाँ विषय नभएको दाबी गरेको तथ्य सार्वजनिक भएको छ । त्यसमा भारत र चीनबीच १९५४ मा भएको ‘सिनो–इन्डियन एग्रिमेन्ट’ मा दुई देशका तीर्थालुहरूको यात्रासम्बन्धी केही प्रावधान उल्लेख छन् । सम्झौतामा तीर्थयात्री र व्यापारीहरूले लिपुलेक पास लगायतका बाटो प्रयोग गर्न सकिने भनिएको छ ।

भारत र चीनले नेपाली भूमि लिपुलेक पास प्रयोग सम्बन्धी सम्झौता गर्दा नेपालको उत्तरी छिमेकी चीनसँग दौत्यसम्बन्ध स्थापित भएकै थिएन । दुई देशबीचको औपचारिक सम्बन्ध १९५५ अगस्टमा सुरु भएको थियो । तर नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार लिपुलेक पास मात्र होइन, लिम्पियाधुरासम्म नेपाली भूभाग हो । सुगौली सन्धिमा काली (महाकाली) पूर्वका सबै भू–भाग नेपालको हुने उल्लेख छ । कूटनीतिक मामिलाका जानकारहरू नेपालले कुन–कुन देशबीच कहिले के–के सम्झौता भएको भन्नुभन्दा पनि कुन भूमि आफ्नो हो भन्नेमा जोड दिनुपर्ने बताउँदै आएका छन् । यसमा नेपालको अडान कायमै रहेको भन्ने कुरामा बालेन्द्र नेतृत्वको नेपाल सरकार विचलित नभएको, नोट पठाएको सार्वजनिकरणबाट पनि स्पष्ट भएको छ ।

नेपाली भूमिको स्वाधीनताका लागि नेपाल कुनै पनि कुराबाट पछाडि नहट्ने भन्ने तथ्यलाई नेपाल सरकारको उक्त नोटले प्रमाणित गरिसकेको अवस्थामा सीमाना समस्यामा प्रमुख कारण नै नेपाल र भारतबीचको खुला सीमा हो । यही खुला सीमाको कारण भारतको विदेश मन्त्रालयले भनेझैँ त्यतिबेलै तीर्थयात्री आउजाउ गरेको रहेछ भने पनि त्यसैको आधारमा नेपाली भूमि अन्य देशको हुन नसक्ने जानकारहरू बताउँछन् । प्रवेश अनुमति लिनु नपर्ने भएपछि नेपालमा भारतीयहरू सजिलै आउजाउ गर्न सक्ने नै भए ।

भारतीय सुरक्षाकर्मी बस्दै आएको कालापानी लगायत भूमि आफ्नो भएको नेपालको दाबी छ । प्रयोगको मात्र आधारमा पनि नेपाली भूमिलाई विदेशीको भन्न नसकिने भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य लगायतकाको तर्कले स्पष्ट पारेको छ । सत्य, तथ्य कुरालाई छिपाएर छिपाउन खोज्नु हुँदैन । सही तथ्यगत कुरामा नेपाल झुक्दैन भन्ने प्रमाणका रूपमा नेपाल सरकारले भारत र चीनलाई पठाएको नोट सार्वजनिक प्रकरणले देखाएको छ । यो नेपालको गौरवमाथि सत्यगत अडान हो । नामी साप्तहिकमा प्रकाशित सम्पादकीय

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  ०७:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ कटारी नगरपालिकाको बजेट सार्वजनिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्