Top Navigation
Main Navigation
सोमबार, जेठ २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, जेठ २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भदौ २४ को घटनामा सरकारको मौनता किन ?
भदौ २४ को घटनामा सरकारको मौनता किन ?
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, वैशाख २१, २०८३

काठमाडाैं । जेनजी आन्दोलको क्रममा गत भदौ २४ को विनाशकारी घटनाको छानबिन गर्न एक हप्ताभित्र उच्चस्तरीय समिति गठन गर्ने सरकारको स्पष्ट घोषणा भएको  एक महिना बढी भइसकेको छ । 

तर, सरकारको त्यो घोषणा कागजमै सीमित देखिनु केवल प्रशासनिक ढिलाइ होइन, राज्यको राजनीतिक इच्छाशक्ति र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा भएको प्रष्ट छ ।

सरकारले ‘शासकीय सुधारका सय कार्यसूची’ जस्ता महत्वाकांक्षी घोषणाले भरिएको सरकारले आफ्नै प्राथमिकतामा राखिएको संवेदनशील र सार्वजनिक चासोको विषयलाई नै कार्यान्वयनमा लैजान नसक्नुले सरकारको कार्यक्षमता भन्दा बढी नियत र प्रतिबद्धताको कमजोरी उजागर गरेको सिधा रुपमा भन्न सकिन्छ । 

भदौ २४ को घटनामा भएको तोडफोड, आगजनी र लुटपाटजस्ता गम्भीर आपराधिक गतिविधिहरूको निष्पक्ष छानबिन अपेक्षित थियो । तर छानबिन समिति गठनमै देखिएको अलमल, ढिलाइ र अस्पष्टताले राज्य संयन्त्र दोषी पहिचान गर्ने दिशामा होइन, उल्टै जिम्मेवारी पन्छाउने दिशामा अघि बढिरहेको हो कि भन्ने गम्भीर आशंका जन्माएको छ । सरकार आफैँले तोकेको एक हप्ताको समयसीमा उल्लङ्घन हुनु कुनै सामान्य प्रशासनिक त्रुटि मात्र होइन, सार्वजनिक विश्वासमाथिको प्रत्यक्ष प्रहार हो । 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले समेत आफ्नो कार्यादेशको पूर्ण दायरा पूरा नगरी आंशिक प्रतिवेदन बुझाउनु, विशेषगरी भदौ २४ को घटनालाई छानबिनको दायरामा नल्याउनु, राज्यका संवैधानिक र अर्धन्यायिक निकायहरूकै निष्पक्षता र साहसप्रति गम्भीर प्रश्न उठाउँछ । जब संवैधानिक आयोगहरू आफैँ जिम्मेवारीबाट पन्छिन थाल्छन्, तब न्यायको आधारभूत संरचना नै कमजोर हुन्छ । 

त्यसमाथि मानवअधिकार आयोगको मौनता वा आलटाल, राजनीतिक वृत्तमा देखिएको अस्पष्टता, र शक्तिकेन्द्रको सम्भावित प्रभावबारे उठिरहेका आशंकाले घटनालाई अझ जटिल बनाइदिएको छ ।

नागरिक समाजका अगुवादेखि कानुनी क्षेत्रका विज्ञसम्मले व्यक्त गरिरहेका चिन्ताले यो केवल प्रशासनिक असफलता होइन, संस्थागत निष्क्रियता र सम्भावित राजनीतिक दबाबको संकेत हो भन्ने धारणा बलियो बनाइरहेको छ । 

सरकारका तर्फबाट एकातिर सुधार, सुशासन र जवाफदेहिताको भाषण गर्ने र अर्कोतर्फ आफ्नै घोषणाअनुसारका प्राथमिक कार्यसमेत कार्यान्वयन गर्न नसक्ने अवस्था देखिनु गम्भीर विरोधाभास हो ।  यस्तो चयनमुखी कार्यान्वयन शैलीले सरकारको विश्वसनीयता मात्र होइन, लोकतान्त्रिक शासन प्रणालीप्रतिको जनविश्वास पनि कमजोर बनाउँछ ।

अझ चिन्ताजनक पक्ष भनेको राज्यका निकायहरूबीच समन्वयको अभाव र राजनीतिक दबाबको छायाँ हो । गृह मन्त्रालय नेतृत्वविहीन भएको बहाना, प्रधानमन्त्रीमाथि कार्यभारको चाप, वा अन्य प्रशासनिक व्याख्याहरूले जिम्मेवारीबाट पन्छिन मिल्दैन । राज्यको प्रमुख दायित्व नै यस्ता संवेदनशील घटनामा तत्काल, निष्पक्ष र प्रभावकारी छानबिन सुनिश्चित गर्नु हो ।

यदि यस्तै ढिलाइ, अस्पष्टता र जिम्मेवारी पन्छाउने प्रवृत्ति जारी रह्यो भने भदौ २४ को घटना केवल इतिहासको एउटा अधुरो फाइल बन्नेछ, जहाँ सत्यभन्दा बढी मौनता सुरक्षित हुनेछ र न्यायभन्दा बढी उन्मुक्ति स्थापित हुनेछ । यसले न केवल दोषीमाथि कारबाहीको सम्भावना कमजोर बनाउँछ, बरु भविष्यमा यस्ता घटनाहरू दोहोरिन सक्ने खतरालाई पनि खुला छोडिदिन्छ ।

लोकतन्त्रको आधार केवल चुनाव वा सरकार गठन होइन, जवाफदेहिता, पारदर्शिता र संस्थागत निष्पक्षता हो । तर जब सरकार आफ्नै वाचामा अडिन सक्दैन, संवैधानिक निकायहरू जिम्मेवारीबाट पछि हट्छन्, र शक्तिकेन्द्रको प्रभावबारे प्रश्न उठ्न थाल्छ, तब लोकतन्त्रको आत्मा नै कमजोर हुन थाल्छ । यही कारण भदौ २४ को छानबिन केवल एउटा घटनाको अनुसन्धान होइन, राज्यको लोकतान्त्रिक चरित्रको परीक्षण पनि हो । 

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  ०८:३७
##विदुर कटुवाल
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला? सोमबार, जेठ १८, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता बुधबार, जेठ १३, २०८३
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ?
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ? आइतबार, जेठ १०, २०८३
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता आइतबार, जेठ ३, २०८३
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? सोमबार, वैशाख २८, २०८३
यस्तो छ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
यस्तो छ मन्त्रीपरिषद् बैठकको निर्णयहरु शुक्रबार, वैशाख २५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ ११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
  • नंः २ उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
  • नंः ३ प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
  • नंः ४ सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
  • नंः ५ कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्