Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
विदुर कटुवाल
विदुर कटुवाल आइतबार, वैशाख २०, २०८३

काठमाडाैं । हालै बालेन सरकारले राज्यसत्ताको उच्च शिखरदेखि प्रशासन संयन्त्रको तल्लो तहसम्म फैलिएको भनिएको अवैध सम्पत्तिमाथि छानबिन गर्न गठन गरिएको ‘सम्पत्ति छानबिन आयोग, २०८३’ अहिले नेपालको राजनीतिक-प्रशासनिक इतिहासमै अत्यन्त संवेदनशील र विवादास्पद बहसको केन्द्र बनेको छ । 

एकातिर यसलाई दशकौँदेखि जम्दै आएको भ्रष्टाचार, अस्वाभाविक सम्पत्ति र शक्ति दुरुपयोगविरुद्ध राज्यले गरेको ऐतिहासिक हस्तक्षेपका रूपमा स्वागत गरिएको छ भने अर्कोतिर यसलाई फेरि पनि ‘राजनीतिक दबाब व्यवस्थापन गर्ने अर्को नाटक’ बन्न सक्ने खतरा बोकेको संरचना भनेर शंका गरिएको छ । 

नेपालको शासकीय इतिहास हेर्दा भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनका नाममा दर्जनौँ आयोग बनेका छन् । तीमध्ये केहीले प्रारम्भमा ठूलो अपेक्षा जगाएका थिए । केहीले प्रतिवेदन पनि तयार गरे, तर अन्ततः राजनीतिक हस्तक्षेप, संस्थागत कमजोरी र शक्तिशाली व्यक्तिहरूको संरक्षणका कारण धेरैजसो प्रयासहरू निष्कर्षविहीन बनेको इतिहास साँक्षी छ । 

यही विगतको छायाँ आज पनि वर्तमान आयोगमाथि भारी बनेर उभिएको छ । सम्पत्ति छानबिन आयोग २०८३ लाई दिइएको दायरा सामान्य छैन । पूर्वराजा, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि वर्तमान र पूर्वमन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी, कूटनीतिक प्रतिनिधि, बैंक तथा वित्तीय क्षेत्रका उच्च पदाधिकारी र बिचौलियासम्मलाई अनुसन्धानको दायरामा ल्याउने अधिकार यसले पाएको छ । जुन पक्ष सुन्दर छ ।

राज्य संयन्त्रका यति धेरै तह र शाखामा फैलिएको सम्भावित भ्रष्टाचारको जालो एकैचोटि छानबिन गर्ने घोषणा आफैंमा साहसी कदम हो । तर यति ठूलो दायरा केवल कानुनी घोषणाले मात्र सम्भव हुँदैन । यसको लागि अत्यन्त बलियो राजनीतिक इच्छाशक्ति, निष्पक्ष प्रशासनिक संयन्त्र र पूर्ण संस्थागत स्वतन्त्रता आवश्यक पर्छ । यहीँबाट आयोगको सफलता र असफलताको आधार तय हुन्छ । 

कागजमा बलियो, व्यवहारमा कमजोर

आयोगलाई कानुनी रूपमा स्वतन्त्र भनिएको छ । तर यसको संरचनात्मक सेटअपले नै केही गम्भीर प्रश्नहरू जन्माएको छ । आयोगको सम्पर्क कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुनु, कर्मचारी व्यवस्थापन सरकारकै नियन्त्रणमा रहनु, र प्रतिवेदन कार्यान्वयन पनि सरकारमार्फत नै अघि बढ्नु-यी सबै पक्षले यसको वास्तविक स्वतन्त्रतामाथि प्रश्न उठाउँछन् । जुन पुरानै अभ्यास हो ।

नेपालको प्रशासनिक संरचनामा यस्तो व्यवस्था असामान्य होइन, तर भ्रष्टाचारजस्तो राजनीतिक रूपमा संवेदनशील विषयमा यस्तो निर्भरता नै आयोगको निष्पक्षतामाथि छाया पार्न सक्छ ।

स्वतन्त्रता केवल कानुनी शब्द होइन, यो व्यवहारिक सुरक्षा हो । जसले दबाब, प्रभाव र हस्तक्षेपबाट आयोगलाई जोगाउँछ । अनि स्वतन्त्र छानविन हुन सक्छ ।  अर्कोतर्फ आयोगले २०४८ देखि हालसम्मको लामो समयावधि समेट्ने निर्णय गरेको छ । यसले सम्पत्ति आर्जनको सम्पूर्ण राजनीतिक-प्रशासनिक इतिहासलाई एउटै फ्रेममा ल्याउने प्रयास गरेको देखिन्छ । 

तर यही व्यापकता अर्को चुनौती पनि हो । यति लामो समय, यति धेरै संस्था र यति धेरै व्यक्तिहरूलाई समेट्दा छानबिन प्रक्रिया स्वाभाविक रूपमा चयनात्मक बन्ने जोखिम रहन्छ । नेपालको विगतले बारम्बार देखाएको छ भने–जहाँ शक्ति केन्द्रहरू सक्रिय हुन्छन्, त्यहाँ कानुनी प्रक्रिया प्रायः कमजोर हुन्छ । 

यही कारण जनताको मनमा एउटै प्रश्न छ-के आयोग सबैमाथि समान रूपमा लागू हुन्छ, वा केही शक्तिशाली व्यक्ति फेरि पनि छानबिनको दायराबाहिर रहनेछन् ?

बालेन शाहदेखि राजनीतिक नेतृत्वसम्मः पारदर्शिताको नैतिक बहस

हालको सार्वजनिक बहसमा एउटा महत्वपूर्ण नाम निरन्तर चर्चामा छ-काठमाडौं महानगर प्रमुख बालेन शाह । उनी युवा नेतृत्व, पारदर्शिता र प्रणाली सुधारको प्रतीकका रूपमा हेरिन्छन् । यही कारण उनीमाथि पनि सम्पत्ति पारदर्शिताको नैतिक प्रश्न उठिरहेको छ । 

तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने–यो व्यक्तिगत आरोप होइन, संस्थागत पारदर्शिताको बहस हो । लोकतान्त्रिक व्यवस्थामा कुनै पनि सार्वजनिक पदाधिकारी आलोचनाभन्दा माथि हुँदैन । त्यस्तै वर्तमान तथा पूर्वमन्त्रीहरू, उच्च राजनीतिक नेतृत्व र संवैधानिक पदाधिकारीहरूमाथि पनि समान प्रश्न उठ्नु स्वाभाविक हो । यदि राज्यले छानबिन आयोग गठन गरेको हो भने, त्यसको पहिलो परीक्षा नै शक्तिशाली व्यक्तिहरूलाई छानबिन गर्न सक्ने क्षमता हो ।

तर यथार्थमा नेपालमा शक्ति र पहुँचको प्रभाव अत्यन्त गहिरो छ । त्यसैले आयोगले कसलाई छान्ने, कसलाई छोड्ने भन्ने निर्णय नै यसको विश्वसनीयताको निर्णायक बिन्दु हुनेछ । 

विदेशमा लुकाइएको सम्पत्तिमा कठिन

आयोगको सबैभन्दा कठिन पक्ष भनेको विदेशमा लुकाइएको सम्पत्ति खोजी हो । यो केवल आर्थिक अनुसन्धान होइन, यो अन्तर्राष्ट्रिय कूटनीति, कानुनी सहकार्य र राजनीतिक सम्बन्धको जटिल संयोजन हो ।

धेरै देशहरूमा बैंकिङ गोपनीयता, सम्पत्ति सुरक्षा कानून र कडा वित्तीय प्रणाली छन् । यस्तो अवस्थामा नेपालजस्तो मुलुकका लागि सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया लामो, जटिल र राजनीतिक रूपमा संवेदनशील हुन्छ । जसको कारण यसैले आयोगको सफलता घरेलु अनुसन्धानभन्दा पनि अन्तर्राष्ट्रिय समन्वय क्षमतामा निर्भर हुनेछ ।

प्रणालीगत भ्रष्टाचारः व्यक्ति होइन संरचना

नेपालमा भ्रष्टाचारलाई अक्सर व्यक्तिगत कमजोरीका रूपमा प्रस्तुत गरिन्छ । अनि को भ्रष्ट भयो, को इमानदार भयो भन्ने बहस धेरै हुन्छ । तर वास्तविकता त्योभन्दा गहिरो छ ।

भूमि प्रशासन, कर प्रणाली, सार्वजनिक खरीद, यातायात, सुरक्षा निकाय र वित्तीय प्रणालीमा संरचनागत कमजोरी लामो समयदेखि जरा गाडेर बसेको छ । यदि प्रणाली नै अपारदर्शी छ भने केवल व्यक्ति बदलिँदैमा समस्या समाधान हुँदैन । त्यसैले आयोगको काम केवल दोषी पहिचान होइन, प्रणालीगत सुधारको मार्गचित्र पनि तयार गर्नु हो ।

उजुरीको व्यवस्था कस्तो रहला 

आयोगले जुनसुकै माध्यमबाट उजुरी लिन सक्ने व्यवस्था गरेको छ । सामाजिक सञ्जालदेखि मौखिक र डिजिटल माध्यमसम्मको व्यवस्था छ । यसले जनसहभागिता बढाउने सम्भावना बोकेको छ । 
तर यस्तो खुला प्रणालीसँगै गलत सूचना, राजनीतिक आरोप र व्यक्तिगत प्रतिशोधको जोखिम पनि उच्च हुन्छ । यदि उजुरीहरूको वैज्ञानिक छानबिन गर्न सकिएन भने आयोग आफैं सूचना–अराजकतामा फस्न सक्छ । 

विश्वसनीयतामा प्रश्न

नेपालमा कानुन बनाउने क्षमता कमजोर छैन, तर कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्ति बारम्बार कमजोर देखिएको छ । आयोगको भविष्य पनि यही इच्छाशक्तिमा निर्भर छ । यदि सरकार साँच्चै भ्रष्टाचारविरुद्ध कठोर बन्न चाहन्छ भने यो आयोग ऐतिहासिक मोड बन्न सक्छ । तर यदि यो केवल राजनीतिक सन्तुलन मिलाउने, छवि सुधार गर्ने वा विपक्षीहरूलाई लक्षित गर्ने उपकरण मात्र बन्यो भने यसको विश्वसनीयता प्रारम्भमै समाप्त हुनेछ । त्यस वेला सरकारको नेतृत्व गरेको दलमै प्रश्न खडा हुने छ ।

आशा कि नाटक ?

सम्पत्ति छानबिन आयोग २०८३ केवल एउटा प्रशासनिक संरचना होइन, यो सम्पूर्ण राज्य प्रणालीको नैतिक परीक्षा हो । यसले राज्य कति पारदर्शी हुन चाहन्छ, शक्ति कति जवाफदेही बन्न तयार छ, र कानुन कति समान रूपमा लागू हुन्छ भन्ने प्रश्नहरूको उत्तर खोजिरहेको छ ।

यदि आयोग निष्पक्ष, स्वतन्त्र र साहसी बन्न सक्यो भने यसले नेपालमा भ्रष्टाचारविरुद्धको नयाँ युग सुरु गर्न सक्छ । तर यदि यो पनि विगतका आयोगजस्तै राजनीतिक प्रभाव, चयनात्मक छानबिन र कार्यान्वयनको कमजोरीमा फस्यो भने जनताको निष्कर्ष फेरि उही हुनेछ । यो पनि ‘आशा होइन, अर्को नाटक’ बन्ने छ ।

अन्ततः प्रश्न आयोगको होइन, राज्यको हो । सरकारको लागि हो । के नेपाल अब साँच्चै कानुनको शासनतर्फ अघि बढ्न चाहन्छ, कि फेरि पुरानै शक्ति–सन्तुलनको चक्रमै सीमित रहन्छ ? 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ०९:२२
##विदुर कटुवाल
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ?
किन वालेन र रविको भित्र-भित्रै दूरी बढ्याे ? शुक्रबार, जेठ २९, २०८३
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै
सरकारको अहंकार कालो डायरीमा दर्ज हुँदै बिहीबार, जेठ २८, २०८३
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ? शुक्रबार, जेठ २२, २०८३
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ? बिहीबार, जेठ २१, २०८३
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला?
प्रधानमन्त्री वालेनको सिमासम्बन्धी अभिव्यक्तिको भावि असर के होला? सोमबार, जेठ १८, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता
मानवअधिकार आयोगको प्रतिवेदनले हल्लियाे राज्यसत्ता बुधबार, जेठ १३, २०८३
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ?
किन एमालेमा अध्यक्ष ओली अल्पमतमा परे ? आइतबार, जेठ १०, २०८३
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता आइतबार, जेठ ३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
  • नंः २ नामी बहस
  • नंः ३ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
विचार
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्