Top Navigation
  • Contact
Main Navigation
शनिबार, कात्तिक १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, कात्तिक १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपाको महाधिवेशन मंसिरमा, संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन
नेकपाको महाधिवेशन मंसिरमा, संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, वैशाख १४, २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावसँगै संविधान संशोधनका लागि ११ सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ।

सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेको हो। प्रस्तावित तालिका अनुसार जेठ मसान्तसम्म सङ्घ, प्रदेश, पालिका, वडा तथा जनसङ्गठनको सङ्गठनात्मक समायोजन सम्पन्न गरिनेछ भने असार–साउनमा श्रम शिविर सञ्चालन, सदस्यता नवीकरण तथा विस्तारको काम अघि बढाइनेछ।

त्यसैगरी, भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना रहेको एक नेताले जानकारी दिए। महाधिवेशनसँग सम्बन्धित दस्ताबेज र प्रतिनिधि व्यवस्थाबारे निर्णय कार्यसमितिबाट गरिनेछ।

यसैबीच, बैठकले संविधान संशोधनका लागि ११ सदस्यीय मस्यौदा कार्यदल पनि गठन गरेको छ। समसामयिक राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै संविधान संशोधनसम्बन्धी बहसलाई व्यवस्थित, सशक्त र जनमुखी बनाउन कार्यदल गठन गरिएको पार्टीले जनाएको छ।

कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कन्दङ्वा, रेखा शर्मा, ई. गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर थापा, जगदेव चौधरी र रामबहादुर चौधरी सदस्य रहेका छन्।

पार्टीका अनुसार संविधानलाई अझ समावेशी, लोकतान्त्रिक र जनअपेक्षाअनुसार परिमार्जन गर्ने उद्देश्यले कार्यदल गठन गरिएको हो। कार्यदलले संघीयता सुदृढीकरण, जनअधिकार सुनिश्चितता, सामाजिक न्याय तथा समतामूलक विकासका विषयलाई प्राथमिकतामा राख्दै विभिन्न वर्ग, क्षेत्र र समुदायका मुद्दा समेटेर प्रस्ताव तयार गर्नेछ।

नेकपाले संविधान संशोधनलाई जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा लिएको जनाउँदै व्यापक छलफल, अध्ययन र सरोकारवालासँग परामर्शमार्फत परिपक्व र व्यवहारिक प्रस्ताव ल्याइने विश्वास व्यक्त गरेको छ। साथै, पार्टीले सबै पक्षलाई सकारात्मक सुझाव दिन आह्वानसमेत गरेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १९:५६
##विदुर कटुवाल
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती सोमबार, कात्तिक ९, २०८३
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
  • नंः ३ थाइल्यान्डकी मिसेस वर्ल्ड स्यामी नेपालमा 
  • नंः ४ उदयपुरमा ठाउँ नपाएपछि इलाम पुगे गोविन्द केसी, चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रह
  • नंः ५ उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
विचार
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शारदा बजगाईँ
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा NamiNews- नामीन्यूज
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्