Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता
विदुर कटुवाल
विदुर कटुवाल आइतबार, असार ७, २०८३

उदयपुर । कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले कुल ९७ करोड ४६ लाख ५ हजार ८ सय ५६८८ बराबरको बजेट विनियोजन गरेको हो । नगरपालिकाले नागरिकको जीवनस्तर उकास्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र दिगो विकासलाई गति दिने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ ।

नगरपालिकाको आइतबार सम्पन्न १७ औं नगरसभामा प्रस्तुत बजेटका प्रमुख स्रोतमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने शसर्त तथा समानीकरण अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आम्दानी रहेका छन् । नगरपालिकाको आफ्नै स्रोतबाट चालु तथा पुँजीगत खर्चका लागि करिब ४४ करोड ९० लाख विनियोजन गरिएको छ ।

संघीय सरकारबाट शसर्त अनुदान ४५ करोड १२ लाख, वित्तीय समानीकरण अनुदान १२ करोड ८२ लाख, प्रदेश सरकारबाट शसर्त अनुदान ३ करोड २७ लाख तथा राजस्व बाँडफाँटबाट  १८ करोड ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक आम्दानी करिब ७ करोड र अघिल्लो वर्षको मौज्दात १ करोड रहेको छ ।

बजेटका विशेष प्रथामिकता

यस वर्षको बजेटमा कटारीमा युवालाई उद्यमशीलतामा आकर्षित गर्न ‘स्टार्ट–अप अनुदान’ कार्यक्रम समावेश गरिएको छ । नवप्रवर्तनशील व्यवसायलाई प्रोत्साहन गर्न कार्यविधि बनाएर अनुदान उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । त्यसैगरी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधि विस्तार गर्ने योजना लिएको छ । 

स्वास्थ्य क्षेत्रमा कटारीमा सञ्चालन भइरहेको आयुर्वेद सेवालाई स्तरोन्नति गरी आयुर्वेद अस्पतालमा रूपान्तरण गर्ने योजना अघि सारिएको छ । साथै वडा नम्बर ११ गहुँबारीमा पाँच शैय्याको कटारी नगर अस्पताल सञ्चालनका लागि आधार तयार गरिएको छ ।

पूर्वाधार विकासअन्तर्गत महाभारत पहाडी क्षेत्रका वडा नं. ९, १० र १३ मा बाह्रैमास सवारी सञ्चालन हुने सडक निर्माणका लागि संघ, प्रदेश र नगरको समपूरक कोषमार्फत करिब ३ करोड रुपैयाँको योजना अघि बढाइने भएको छ । त्यसैगरी अधुरो कटारी बहुउद्देश्यीय पार्क निर्माण सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गरिएको छ । कटारी बसपार्कलाई आधुनिक टर्मिनलसहित विस्तार तथा स्तरोन्नति गर्ने योजना पनि बजेटमा समेटिएको छ । वडा नं. ८, ११ र १३ का अधुरा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न स्रोत व्यवस्थापन गरिएको छ ।

गत आर्थिक वर्षमा पनि नगरपालिकाले पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । सडक बोर्ड नेपालसँगको साझेदारीमा वडा नं. १, १२ र १४ मा सडक ढलान गरिएको थियो भने यस वर्ष वडा नं. ३, ५ र ७ मा सडक स्तरोन्नति गरिएको छ । साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं. ३ बलिया सिँचाइ आयोजना (७५० मिटर) र वडा नं. ७ राजाबास सिँचाइ आयोजना (४५० मिटर) गरी कुल १ हजार २०० मिटर सिँचाइ कुलो निर्माण गरिएको छ ।

वडा नं. ९, १०, १२ र १४ मा विद्यालय भवन निर्माण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा १० वटा बायोग्यास प्लान्ट निर्माण, १३० भन्दा बढी सुधारिएको चुलो वितरण तथा करिब १ हजार ५०० विद्युतीय चुलो वितरणको काम अघि बढाइएको छ ।
खानेपानी क्षेत्रमा गैर सरकारी संस्थासँग सहकार्य  गरी वडा नं. ५ भोर्ले तथा वडा नं. ४ त्रिवेणी मावि र मरुवा मावि क्षेत्रमा योजना निर्माण गरिएको छ । साथै नदी तथा खोल्सामा १ हजार २३७ घनमिटर ग्याबिन बाँध निर्माण सम्पन्न भएको छ ।

सुशासन तथा संस्थागत विकासतर्फ नगरपालिकाले मानव संसाधन विकासमा कर्मचारीलाई तालिम तथा क्षमता अनुसार जिम्मेवारी प्रदान गरिएको जनाएको छ । अभिलेख व्यवस्थापन र जिम्मेवारी स्पष्टिकरणलाई प्राथमिकता दिइएको छ । राजस्व परिचालनमा पनि उल्लेखनीय वृद्धि भएको छ । नगरपालिकाले इतिहासमै सबैभन्दा बढी रु. ४ करोड ७७ लाख आन्तरिक राजस्व संकलन गरेको छ भने सम्भावना करिब १० करोडसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

वित्तीय जोखिम न्यूनीकरणका लागि पेश्की रकमलाई नियन्त्रणमा राख्दै त्रैमासिक कार्यक्रम विभाजन गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ । आन्तरिक स्रोतबाट हुने खर्चलाई योजनाबद्ध रूपमा भुक्तानी गर्ने प्रणाली लागू गरिएको छ । सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणलाई अनिवार्य अभ्यास बनाइएको छ । नगरस्तरीय सार्वजनिक सुनुवाइ हरेक ६ महिनामा गर्ने योजना रहेको छ । 

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १८:४६
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्