Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २३, २०८३

ललितपुर । नेपाली लोकसंस्कृति, मौलिक कथा र कल्पनाको सुन्दर संगम प्रस्तुत गर्दै १३ वर्षीया बालप्रतिभा आशिर्या देशार ले लेखेको पुस्तक “एडभेन्चर विथिन ओन माइन्ड” सार्वजनिक भएको छ ।

सानै उमेरमा साहित्य, चित्रकला, खेलकुद र संगीतका क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल आशिर्याको यो कृति बालसाहित्य क्षेत्रमा एउटा प्रेरणादायी उदाहरण बनेको छ।

ललितपुरको गोदावरी नगरपालिका–११, चापागाउँकी आशिर्या ब्लुबर्ड सेकेन्डरी स्कुल मा कक्षा ९ मा अध्ययनरत छिन्। अध्ययनसँगै सिर्जनात्मक क्षेत्रमा सक्रिय उनले आफ्नो पहिलो पुस्तकमार्फत नेपालका लोककथा, स्थानीय विश्वास र सांस्कृतिक परम्परालाई नयाँ पुस्तामाझ पुर्‍याउने प्रयास गरेकी छन्।

एडभेन्चर विथिन ओन माइन्ड मा नेपालका मौलिक लोककथा र कल्पनाको संयोजन गरिएको छ। पुस्तकको विशेषता भनेको कथाको पृष्ठभूमिमा वास्तविक नेपाली भूगोल र संस्कृतिको प्रयोग हो ।

ललितपुरको लेलेस्थित टीका भैरव, रानीपोखरी, बज्रबाराही जङ्गलजस्ता स्थान र त्यहाँसँग जोडिएका जनविश्वासलाई लेखिकाले रोचक शैलीमा प्रस्तुत गरेकी छन्।

पुस्तकमा रहस्य, रोमाञ्च, भावना र नैतिक शिक्षाको सुन्दर मिश्रण पाइन्छ । रानीपोखरीसँग जोडिएको भूतको बच्चाको रुवाइको कथा, बज्रबाराही जङ्गलबाट सुरक्षा पाउने काडेभ्याकुर चराको कथा तथा शिकारीलाई छल्ने चरा जोडीको कथाले पाठकलाई मनोरञ्जनसँगै सोच्न बाध्य बनाउँछ।

आशिर्याले आफ्नो पुस्तकमार्फत नेवार समुदाय का सांस्कृतिक पक्षलाई समेत उजागर गरेकी छन्। फल्चा जस्ता परम्परागत विश्राम स्थल र “संम्य बजी” जस्ता सांस्कृतिक भोजका विषयमा उनले सरल भाषामा जानकारी दिएकी छन्। यसले पुस्तकलाई केवल कथा संग्रह नभई सांस्कृतिक दस्तावेजको रूप दिएको छ।

यस पुस्तकको अर्को विशेष पक्ष हो–लेखिका आफैं चित्रकार पनि हुनु। पुस्तकभित्र रहेका लाखे मुखौटा, भुतनी महिलालगायतका चित्रहरूले कथालाई अझ जीवन्त बनाएका छन्। लेखन र चित्रकलाको संयोजनले आशिर्याको सिर्जनात्मक क्षमतालाई थप उजागर गरेको छ।

चित्रकलामा पनि आशिर्याले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागिता जनाइसकेकी छन्। इटाली, अल्बानिया लगायतका अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागी भएकी उनका कलाकृति फ्रान्स र संयुक्त अधिराज्य (यूके) सम्म सङ्ग्रहित छन्।

त्यस्तै, मार्सल आट्र्स (उसु/कुङ्फु), चेस तथा अन्य प्रतियोगितामा समेत उनले सफलता हासिल गरेकी छन्। कालभैरव खुल्ला जुनियर वुसु च्याम्पियनसिप, उपत्यकाव्यापी खुल्ला जुनियर उसु प्रतियोगिता लगायत विभिन्न प्रतिस्पर्धामा उनले स्वर्ण तथा पदक जितेकी छन्।

उनले साहित्य, कला र खेलकुदलाई समान प्राथमिकता दिँदै अघि बढेकी आशिर्या देशार आजका बालबालिकाका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनको “एडभेन्चर विथिन ओन माइन्ड” ले आफ्नो संस्कृति र जरा नबिर्सी कल्पनाको नयाँ संसार निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

बालमनको सिर्जनशीलता, संस्कृतिप्रतिको प्रेम र निरन्तर मेहनतको प्रतिफल बनेको यो कृति नेपाली साहित्यमा एउटा आशालाग्दो सुरुवातका रूपमा हेरिएको छ।

नामी ई-पेपर
 

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  ०९:४७
#ashiryadeshar ##AashiryaDeshar
प्रतिक्रिया दिनुहोस्
थप समाज
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि आइतबार, भदौ ७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः ३ शंकर ग्रुपले गरे ४ करोड सहयोग
  • नंः ४ अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
  • नंः ५ नामी साप्ताहिक
विचार
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्