Top Navigation
Main Navigation
शनिबार, मंसिर २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ४४औँ प्रधानसेनापतिमा बलाधिकृत रथी शर्मा नियुक्त
४४औँ प्रधानसेनापतिमा बलाधिकृत रथी शर्मा नियुक्त
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, भदौ ११, २०७८

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा  नियुक्त गरेको छ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ। उनी ४४औँ प्रधानसेनापति हुन्। 

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिँदैछ।

कायम मुकायम प्रधानसेनापति शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएको छ।

सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका रथी शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन्। 

आफ्नो ३७ वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी अड्डास्थित सैनिक सचिव, भर्ना छनौट निर्देशक, नीति तथा योजना निर्देशक, सह–बलाध्यक्ष एवं सम्भाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका कायम मुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको हरेक जिम्मेवारीका बारेमा नजिकबाट अनुभव र ज्ञान छ।

संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनअन्तर्गत पूर्वीटिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्ने अवसर प्राप्त गरेका शर्मा भारतमा सम्पन्न भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएको छ।

बङ्गलादेशमा सैनिक सहचारीको कार्यभार उदाहरणीयरूपमा सम्हालिसकेका कारण उनको कार्यकालमा सेनाको सैनिक कूटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको छ।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गरेका शर्माले नेपाल तथा विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत गरेको छ।

सरल स्वभाव, स्पष्ट वक्ता र ठोस निर्णय गर्ने क्षमताका लागि परिचित कायम मुकायम प्रधानसेनापति शर्माको मुख्य प्राथमिकता कोभिड-१९का कारण प्रभावित तालिमलाई पुनः सञ्चालन गरी सेनाको अपरेशनल क्षमतालाई अभिवृद्धि गर्नु रहेको छ।

भर्खरै लागू भएको सेनाको तीन जोड एक अवधारणाअनुसारको पुनःसंरचनालाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउनु पनि उनको प्रमुख कार्यभर रहनेछ। 

सङ्गठनभित्र सकल दर्जामा हौसला अभिवृद्धि र सैनिक परिवारको कल्याण कार्य पनि कायम मुकायम प्रधानसेनापति शर्माका प्राथमिकताका क्षेत्र हुन्।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  २२:०४
##COAS ##PrabhuRamSharma
प्रतिक्रिया दिनुहोस्
थप समाज
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
प्राकृतिक सौन्दर्यताले मनै लोभ्याउने ढुम्बाताल
प्राकृतिक सौन्दर्यताले मनै लोभ्याउने ढुम्बाताल शुक्रबार, कात्तिक २९, २०८२
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथकाे दर्शन
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथकाे दर्शन सोमबार, कात्तिक २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः २ महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण
  • नंः ५ गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्