Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण : थापाक्षेत्री
अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण : थापाक्षेत्री
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असोज १५, २०७८

काठमाडौ । नेपाल प्रहरीको सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण हुने राजधानीमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ। 

छैसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्री र अवकाश प्राप्त प्रहरी महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतबीच सम्पन्न अन्तरसंवादका वक्ताले सो विषय औँल्याएको हो।  

प्रहरी महानिरीक्षक क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षक सङ्गठन प्रमुखको रूपमा रहँदा सङ्गठनको हित एवं श्रीवृद्धिका लागि पुर्याएको योगदानको चर्चा गर्दै सङ्गठन सुदृढीकरणका लागि उनीहरूको योगदान महत्वपूर्ण हुने औँल्याएका हुन्। 

अवकाशप्राप्त प्रहरी महानिरीक्षकको अनुभव, राय, सुझाव एवं निर्देशन सङ्गठनको नीति निर्माण तथा सुदृढीकरणमा उपयोगी हुने प्रहरी महानिरीक्षक क्षेत्रीले विश्वाससमेत व्यक्त गरे। 

प्रहरी महानिरीक्षक क्षेत्रीले सङ्गठनको प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको जानकारी गराए।  

अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले सङ्गठनको हितको लागि यस्ता अन्तरक्रिया जरुरी रहेको औँल्याउँदै प्रहरीले जनसहभागितामूलक कार्यक्रम अभिवृद्धि गर्नुपर्न सुझाव दिएका थिए। 

बोहराले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न उनीहरूको वृत्तिविकास, हकहितका विषयमा सङ्गठन केन्द्रित हुनुपर्ने धारणा राखेका थिए। 

समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, श्यामभक्त थापा, ओमबिक्रम राणा, हेमबहादुर गुरूङ, रमेशचन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको सहभागिता थियो। 
 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  २२:१३
##ShaileshThapaChhetri
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ५ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्