Top Navigation
  • Contact
Main Navigation
बुधबार, कात्तिक ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, कात्तिक ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी केन्द्र : नेतृत्व चयनमा कही कतै पनि हस्तक्षेप नगरेको स्पष्ट
माओवादी केन्द्र : नेतृत्व चयनमा कही कतै पनि हस्तक्षेप नगरेको स्पष्ट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस ३, २०७८

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ। 

पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादीले सकेसम्म सहमति र नभए निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न सक्ने विधि प्रष्ट रहेको जनाएको छ। 

कतिपय प्रदेशमा प्रदेश समिति मात्रै चयन भएको, कुनैमा अध्यक्ष चयन भए पनि अन्य पदाधिकारी चयन हुन नसकेको तथा कतिपयमा विवाद छ। 

यस्तै जनवर्गीय सङ्गठनमा पनि अध्यक्ष मात्रै चयन भएको र अन्य पदाधिकारी चयन हुन नसकेको अवस्था छ। विद्यार्थी, युवा र पत्रकार सङ्गठनमा अध्यक्ष मात्रै चयन गरेर अन्य पदाधिकारी चयन हुन सकेको छैन। 

निर्वाचनमार्फत नेतृत्व चयन गर्ने भनिए पनि व्यवहारिक रूपमा त्यसको अभ्यास हुन सकेको छैन। निर्वाचनमा उम्मेदवार बन्न खोजे पनि पार्टी नेतृत्वले सहमतिका नाममा उम्मेदवार बन्न नदिएको गुनासो पनि आइरहेको छ। 

माओवादीले नेतृत्व चयनका लागि निर्वाचन आयोगलगायत अन्य वैधानिक प्रक्रिया अवलम्बन गरेको बताए पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा आलोचना बढेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले नेतृत्व चयनमा कही कतै पनि हस्तक्षेप नगरेको स्पष्ट पारेको छ। 

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पार्टीको विधि र प्रक्रियाअनुसार आफ्नो समितिको नेतृत्व चयनमा सम्बन्धित समिति आफैमा स्वतन्त्र रहेको बताए। 

माओवादी  सदस्यता नविकरणबाट शुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी राष्ट्रिय सम्मेलनको नजिक पुगेको छ। 

पार्टीले विचार सिद्धान्त र नितिमा होइन नेतृत्वमा मात्र केन्द्रित भएर सम्मेलन वा महाधिवेशन गर्ने बुर्जुवा परिपाटीबाट माथी उठाई उल्लेखित विषयमा छलफल, बहसमार्फत सही विचार र राजनीतिक दिशाअनुसार त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व निर्माण गर्ने पद्धति अनुसरण गर्दै आएको जनाएको छ। “त्यसलाई समयानुकूल परिस्कृत गर्ने चुनौती पनि हामीले सामना गर्दै आएका छौँ”, मल्लले भने।

सम्मेलनमा अबलम्बन गरिरहेको विधिबारे केही टिप्पणी सार्वजनिक भएको भन्दै मल्लले सबै सम्मेलनबाट अधिकतम सहमतिको माध्यमबाट नेतृत्वको टिम निर्माण गर्ने र त्यसरी चयन भएको टिमले आफ्नो पदाधिकारी सकेसम्म सहमतीय निर्वाचन विधिमा र सहमतीय विधिबाट नभए बहुमतीय निर्वाचनको माध्यमबाट नेतृत्व निर्माणको बाटो खुला गरेको उल्लेख गरे।

स्वकीय सचिव मल्लले भने, “हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नबुझेर कतिपय पक्षबाट नेतृत्वले ‘हस्तक्षेप’ गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन्। यो एकदम गलत कुरा हो।”

उनले  पार्टी बाहिर र भित्रका कमरेडसमेत यो कुरामा स्पष्ट हुन जरुरी छ कि कुनै पनि सम्मेलनहरू नेतृत्व निर्माणको क्रममा जनवादी केन्द्रीयताको अभ्यास गर्न स्वतन्त्र रहेको बताए।  

निर्धारित नीति विधिभित्र रही आफ्नो अधिकारको प्रयोग गरी  छिटोभन्दा छिटो प्रदेश सम्मेलनका बाँकी काम पूरा गरी यही ५ गतेभित्र आवश्यक विवरण सहितको प्रतिनिधि सूची केन्द्रीय कार्यालयमा पेश गर्न आग्रह गरिएको छ। उनले पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेको र नगरिने स्पष्ट पारेको छ।
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १७:४९
##CommunistPartyOfNepal(Maoist Centre)
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती सोमबार, कात्तिक ९, २०८३
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्