Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, साउन १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अध्यक्ष प्रचण्डलाई २५ समूहले दिनेछ सुझाव
अध्यक्ष प्रचण्डलाई २५ समूहले दिनेछ सुझाव
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस १२, २०७८

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेको हो।  

बन्दसत्रको शुरुमा कृष्णबहादुर महराको अध्यक्षतामा ७ सदस्यीय अध्यक्षमण्डल चयन गरिएको थियो। अध्यक्षमण्डलमा गिरीराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको छ। 

बन्दसत्रमा अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको अध्यक्षमण्डलका अध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका हुन्।  

अध्यक्षमण्डलका अध्यक्ष महराका अनुसार ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ। सो समूहलाई प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफलको स्थान तोकिएको छ। सो समूहको समन्वयको जिम्मेवारी एनके प्रसाईँले पाएको छ। 

समूह २ र ३ मा पार्टीका सल्लाहकारहरू रहेका छन्। सो समूहलाई छलफलका लागि प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया तोकिएको छ। सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ। 

समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधि सहभागी छन्। सो समूहलाई प्रज्ञा भवन भानुभक्त हलमा छलफलको स्थान तोकिएको छ। समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाएको छ। 

समूह ६ र ७ मा  प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन्। सो प्रज्ञा भवनको पारिजात हलमा छलफल गर्ने छन्। सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाएको छ। 

समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल गर्नेछन्। सो समूहलाई संयोजन गर्ने जिम्मेवारी नेता चक्रपाणि खनालले पाएको छ। 

समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन्। सो समूहको छलफल गर्ने स्थान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको छ। सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गर्नेछ। 

समूह १२ प्रवास प्रदेशका प्रतिनिधि अटाएका छन्। सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श गर्नेछन्। सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त छन्।  

समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन्। सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्नेछ। संयोजनको जिम्मेवारी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पाएको छ। 

समूह १५ र १६मा सुदुरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन्। सो समूहले पनि एवान पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता गुरुङको विधान मस्यौदामाथि आफ्नो सुझाव दिनेछन्। समन्वय गर्ने जिम्मेवारी भने खगराज भट्टले पाएको छ। 

समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन्। सो समूहले क्वालिटी बैङ्क्वेट, बुद्धनगरमा छलफल गर्नेछ। समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ।

समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन्। उक्त समूहले क्वालिटी बैङ्क्वेट, बुद्धनगरमा पार्टीको भूमिका र प्रतिवेदनमाथि छलफल गर्नेछ । समन्वय गर्ने जिम्मेवारीमा नेता जगत सिंखडा छन्।  

समूह २० र २१  मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन्। छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ। समन्वय गर्ने जिम्मेवारी नेता कृष्ण अधिकारीलाई दिइएको छ।

समूह २२ र २३  मा बागमति प्रदेशका प्रतिनिधि छन्। छलफलको स्थान भने काठमाडौँ बैङ्क्वेट, थापागाउँ रहेको छ। समन्वय गर्ने जिम्मेवारी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाएको छ।

समूह २४ मा आयोगका सदस्यहरू छन्। सो समूहले पनि काठमाडौँ बैङक्वेट, थापागाउँमा बसेर छलफल गर्नेछ। समन्वय गर्ने जिम्मेवारी निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले पाएको छ।

समूह २५मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू सहभागी छन्। सो समूहले काठमाडौँ बैङ्क्वेट, थापागाउँमा छलफल गर्नेछ। सो समूहको समन्वय गर्ने जिम्मेवारी नेत्री अमृता थापामगरले पाएको छ। 

माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ। पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव, उपमहासचिव २ जना, सचिव ३ जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ। 

केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ। 

केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ। पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ।

केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने छन्। सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने व्यवस्था गरिएको छ। 

मङ्गलबार दिनभर समूहगत छलफल हुनेछ। बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। 

बुधबार बिहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने गरी निर्धारण गरिएको छ।  

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १९:०२
##CommunistPartyOfNepal(Maoist Centre)
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि... बुधबार, असार २४, २०८३
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
विचार
माइतीघरको सामीप्यता: माया  स्नेह र भरोसा
माइतीघरको सामीप्यता: माया  स्नेह र भरोसा शारदा बजगाईँ
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्