Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
शनिबार, कात्तिक २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, कात्तिक २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रिय महाधिवेशन : केन्द्रीय समितिमा श्रीमान् श्रीमती को को ? निर्वाचित
राष्ट्रिय महाधिवेशन : केन्द्रीय समितिमा श्रीमान् श्रीमती को को ? निर्वाचित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस १९, २०७८

काठमाडौ । नेकपा ९माओवादी केन्द्र० को सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। खुल्लातर्फ १११ जना निर्वाचित हुँदा ६ जना मात्रै महिलाले स्थान पाएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गरेको २३६ सदस्यीय केन्द्रीय समितिमा खुल्लातर्फ पम्फा भुसाल, उर्मिला अर्याल जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी र यशोदा गुरुङ सुवेदी निर्वाचित भएको छ। 

माओवादीले केन्द्रीय समितिमा ३५ प्रतिशत महिलालाई स्थान दिने बताइएको थियो। यद्यपि सबै वर्ग, समुदाय र क्षेत्रको जोड्दा भने तोकिएको प्रतिशत पुग्न जाने माओवादीको दाबी छ। 

माओवादीले बन्दसत्रबाट निर्वाचित गरेको केन्द्रीय समितिमा एकै घरका श्रीमान् श्रीमतीको पनि राम्रै उपस्थिति देखिएको छ। 

Nepal Oil Corporation

खुल्लाबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा छन्। शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनको श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएको छ। 

गणेशमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएको छ। खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनको श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको छ। 

पूर्वमन्त्री वर्षमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएको छ। वर्षमान खुल्लातर्फबाट केन्द्रीय समिति सदस्य बन्दा उनको श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बएको छ। 

कुलप्रसाद केसी र ताराकुमारी घर्ती दुवै जना केन्द्रीय समितिमा अटाएको छ। केसी खुल्लाबाट केन्द्रीय सदस्य बने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भए।  

कृष्णध्वज खड्का र रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बनेको छ। खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएको हो। 

पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी केन्द्रीय समितिमा निर्वाचित हुनुभएको छ । बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उहाँको श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिनुभएको छ । 

देवेन्द्र पौडेल र बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय समितिमा निर्वाचित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको छ। 

देव गुरुङको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा निर्वाचित भएको छ। उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएको हो। 

दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएको छ। नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय समितिमा अटाएको छ। 

पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेको हो। देवेन्द्र पराजुली र कल्पना धमला पनि श्रीमान् श्रीमतीका रूपमा केन्द्रीय समितिमा अटाएको छ। पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय समितिमा अटाएको हो। 

माओवादीको निर्वाचित केन्द्रीय समितिमा थारु समुदायबाट ९ जना केन्द्रीय समितिमा निर्वाचित भएको छ। त्यसमा सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी छन्। थारु युवाबाट अमनलाल मोदी थारु र थारु महिलाबाट रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी निर्वाचित भएको छ। 

त्यस्तै खुल्लाबाट नेपबहादुर चौधरी, इन्द्रजित थारु निर्वाचित भएको छ। यस आधारमा हेर्दा थारु समुदायबाट ११ जनाले केन्द्रीय समितिमा उपस्थिति पाएको छ। 

अध्यक्ष प्रचण्डको एकाघरबाट छोरी रेणु दाहाल, भाइ नारायण दाहाल र बुहारी बिना मगर पनि केन्द्रीय समितिमा अटाएको छ। माओवादीले शनिबार पारित गरेको विधानअनुसार सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गरेको दाबी गरेको छ। माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको थियो। 

विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिएको छ। केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ। 

कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टरअनुसार नै केन्द्रीय समिति निर्वाचित भएको छ। 

केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराइएको छ। मनोनित गर्न बाँकी रहेकामा सो व्यवस्थालाई पूर्णरूपमा लागू गरिने माओवादीको दाबी छ। 

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ।

त्यसमा पुरुष १२ जना, ४० वर्षभन्दा कम उमेर समूहका ३ जना, महिला २४ जना र ४० वर्षभन्दा कम उमेर समूहका महिला ६ जना निर्वाचित हुनेछन्। घोषणा गरिएकामाथप गर्नुपर्ने भए केन्द्रीय समितिले थप गर्नेछ। 

यस्तै पहिलोपटक दलित समुदायलाई १५ प्रतिशत बराबरको हिस्सा प्रदान गर्ने जनाएको माओवादीले घोषणा गरेको केन्द्रीय समितिमा भने १६ जना मात्रै निर्वाचित गरेको छ। 

माओवादीले अल्पसङ्ख्यकका रूपमा रहेका मुस्लिम समुदायका लागि सात जनाको सिट सुरक्षित गरेको बताएकामा आज निर्वाचित केन्द्रीय समितिमा हकिकुल्लाह मुसलमान र कौसर साह मात्रै अटाएको छ। बाँकी ५ जना भने मनोनयनका क्रममा थप गरिनेछ। 

महिला, आदिवासी, जनजाति, मुस्लिम, थारू समुदायलाई अधिकार सम्पन्न गराउने गरी विधानमा व्यवस्था गरिएको नेता गुरुङले जानकारी दिएको थियो। 

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०९:०५
##CommunistPartyOfNepal(Maoist Centre)
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा
प्रतिनिधिसभा पुनर्थापना एमालेको प्रमुख एजेण्डा शनिबार, कात्तिक २, २०८२
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे शुक्रबार, कात्तिक १, २०८२
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु बिहीबार, असोज ३०, २०८२
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा मंगलबार, असोज २८, २०८२
राष्ट्रको नाउँमा प्रधानमन्त्रीको सम्बोधन
राष्ट्रको नाउँमा प्रधानमन्त्रीको सम्बोधन बिहीबार, असोज ९, २०८२
विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड
विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड बिहीबार, असोज ९, २०८२
मन्त्रीको पदभार सम्हाल्दै महावीर पुनले दिए निर्देशन
मन्त्रीको पदभार सम्हाल्दै महावीर पुनले दिए निर्देशन सोमबार, असोज ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः २ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः ३ प्रेमिल भाइरल जुँगे र अनिता थापाको अनुपम प्रेमकहानी
  • नंः ४ सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
  • नंः ५ प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्