Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • धर्मकीर्ति विहार निर्माणमा महानगरपालिकाद्वारा २ करोड १८ लाख सहयोग
धर्मकीर्ति विहार निर्माणमा महानगरपालिकाद्वारा २ करोड १८ लाख सहयोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, पुस २०, २०७८

काठमाडौ । काठमाडौँ महानगरपालिकाले धर्मकीर्ति विहारको विस्तारित भवन निर्माणका लागि २ करोड १८ लाख अनुदान रकम उपलब्ध गराएको छ। 

भवन निर्माणका लागि कामपा प्रमुख विद्यासुन्दर शाक्यले विहारका गुरु धम्मावतीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। उक्त भवन निर्माणका लागि २०७७ मङ्सिर २० गते भवन प्रमुख शाक्यबाट नै  शिलान्यास भएको थियो। 

सहरभित्रका सम्पदालाई काठमाडौँबाहिरका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापनका काम गर्ने र यसबाट स्थानीयवासीको आयमा वृद्धि गर्ने योजनालाई आफूले प्राथमिकता राखेको बताउँदै शाक्यले बज्रयानी विहारको निर्माण र बौद्ध परियत्ति शिक्षालाई प्रवद्र्धनमा जोड दिएको उल्लेख गरे। 

विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख हो। कामपाले २०७७ साउन महिनामा विहारको सभाकक्षलाई आवश्यक पर्ने ध्वनि र उज्यालो व्यवस्थापन गर्न ६८ थान सामान तथा उपकरण र एक रोल केवलसमेत प्रदान गरिसकेको छ।

यसरी उपलब्ध गराइएका सामानमा साउन्ड मिक्स्चर, माइक, बेबी लाइटलगायत थिए। महानगरले उपलब्ध गराएका यी सामानको प्रयोगले प्रवचनमा आउने स्थानीयवासीलाई प्रवचन कक्षमा बस्न, बोलेको कुरा सुन्न सजिलो भएको छ। 

बौद्ध शिक्षा अध्यापन गराउन महानगरले ल्यापटप लगायत शैक्षिक सामग्री उपलब्ध गराएको छ। कार्यक्रममा बौद्ध परियत्ति शिक्षा उत्तीर्ण ५९ जना विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। 

बौद्ध शिक्षाका लागि नेवार समुदायसँगै तामाङ, शर्मालगायत थरका विद्यार्थीहरु छन्। यस केन्द्रबाट परियत्ति शिक्षा अध्यापनका लागि कामपाले आर्थिक सहयोग उपलब्ध गराएको छ।

त्यसैगरी काठमाडौ महानगरपालिकाले पुनर्निर्माणका लागि माग भएर आएका जनबहाल (सेतो मत्स्येन्द्रनाथ) को दिगिछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किमडोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र र लुम्बिनीको वज्रयान महाविहार निर्माण गर्न सहयोग गरेको छ।
 

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०८:१३
##KathmanduMetropolitanCity
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ४ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्