Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आज राति १२ बजेदेखि लागू हुने उपत्यकाका तीनवटै जिल्ला प्रशासनको १८ बुँदे आदेश 
आज राति १२ बजेदेखि लागू हुने उपत्यकाका तीनवटै जिल्ला प्रशासनको १८ बुँदे आदेश 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, पुस २७, २०७८

काठमाडौ । कोभिड-१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन्। 

तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो। 

आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ। कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश दिइएको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। उक्त आदेश आज राति १२ बजेदेखि लागू हुनेछ। 

आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न उपत्यकावासीमा आह्वान गरिएको छ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ। अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति आवश्यक पर्ने गरी आदेश जारी भएको छ।  

आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने उल्लेख छ। माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ।

स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरिएको छ।

शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ। 

सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ।  जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ। 

अक्सिजन सिलिण्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिण्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ। 

सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ। 

कोरोना सम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने जनाइएको छ। अनुगमनमा अवज्ञा गरेको पाइएमा सङ्क्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ। 

यस्तै औषधिलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने तथा कालोबजारी गर्ने तथा आपूर्तिमा अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ।


 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १८:५४
##DistrictAdministrationOffice
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्