काठमाडौ । नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ।
गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८ १३:२३