Top Navigation
Main Navigation
बिहीबार, पुस १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, पुस १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बालकुमारी माताको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र
बालकुमारी माताको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ २०, २०७८

ललितपुर । ललितपुर महानगरपालिका-२७  सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकतामा राखी खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो। 

“कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तबरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ। मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महल मात्र नभई प्राचिन स्मारक संरक्षण ऐन, २०१३ अनुसार हदैसम्म कारबाही गर्न हामी स्थानीयवासी जोडदार माग गर्दछौँ”, गृहमन्त्री खाँणलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ।

यही माघ ८ गते राति पुरातात्विक महत्वको बालकुमारी माताको मूर्ति चोरी भएको थियो। मूर्तिलाई लगाईदिएको सुनका गरगहनामेत चोरी भएको थियो। 

मूर्ति चोरी हुँदा सुनाकोठीका बासिन्दा मर्माहत भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, “हामीहरूको आस्था र विश्वासको रुपमा रहेको मूर्ति चोरीका घटनाले धर्म, संस्कृति, परम्परा र रितीरिवाजमा ठूलो क्षति हुन गएको छ।”

स्थानीयवासीले मूर्ति चोरी भएको जानकारी दिनासाथ स्थानीय प्रशासनको साथमा आफूले घटनास्थलको निरीक्षण गरेको जानकारी गराउँदै मन्त्री भुसालले स्थानीय जनताको आस्थाको मूर्ति खोजी कार्यलाई प्रभावकारी तुल्याउन गृहमन्त्री समक्ष आग्रह गरेको हो। 

मन्त्री भुसालले केन्द्रीय अपराध अनुसन्धान महाशाखाबाट घटनाबारे अनुसन्धान गर्न र स्थलगत निरीक्षण गर्न गृहमन्त्रीलाई आग्रह गरेका हुन्। 

मन्त्री भुसालको नेतृत्वमा गएको टोलीमा प्रदेशसभा सदस्यद्वय राजकाजी महर्जन र दिनेश महर्जनसहित गुठी मूल नायोमा नन्दबहादुर महर्जन, कृष्णहरि महर्जन, ललितपुर महानगर-२७ का अध्यक्ष बाबुराजा महर्जन, वडा-२६ का वडाध्यक्ष सुरेश महर्जनलगायत सहभागी थिए।
 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १९:२९
##BalkumariMata
प्रतिक्रिया दिनुहोस्
थप समाज
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्?
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्? मंगलबार, पुस ८, २०८२
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ सोमबार, पुस ७, २०८२
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ गायिका तथा निर्माता सत्यकला राई सम्मानित
  • नंः २ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
  • नंः ५ आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्