Top Navigation
  • Contact
Main Navigation
शनिबार, भदौ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • युपीएफ शान्ति अभियान ‘थिंक ट्यांक २०२२’ भर्चुअल सम्मेलन 
युपीएफ शान्ति अभियान ‘थिंक ट्यांक २०२२’ भर्चुअल सम्मेलन 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ २२, २०७८

काठमाडौं । कोरियाली प्रायद्विपको पुनःएकीकरणमा दबाब सृजना गर्न युपीएफको शान्ति अभियान ‘थिंक ट्यांक २०२२’ भर्चुअल सम्मेलन सम्पन्न भएको छ। 

युनिभर्सल पिस फेडेरेशनद्वारा आयोजित विश्व शान्ति र कोरियाली प्रायद्विपको पुनः एकीकरण विषायक तीन दिने भर्चुअल सम्मेलन सम्पन्न भएको हाे।  

सेमिनारमा ‘थिंक ट्यांक २०२२’ को निरन्तरताको रुपमा भएको थियो भने जसको उद्देश्य सात दशकदेखि विभाजित कोरियाली प्रायद्विपका दुई राष्ट्र उत्तर र दक्षिण कोरियाको एकीकरण र विश्व शान्ति स्थापना गर्नु रहेको छ।  

भर्चुअल सेमिनारमा भाग लिन एशिया प्रशान्त र विश्वभरबाट  लगभग ४ हजार ५ सय जनाले दर्ता गरेका थिए र सहभागीहरू २ लाख २० हजारभन्दा बढीले लाइभ–स्ट्रिम र सामाजिक संजालबाट भाग लिएको आयोजकले जनाएको छ। 

युपीएफले कोरियाली प्रायद्वीपमा र विश्वमा शान्ति निर्माणका लागि अद्वितीय अभिन्न  रुपमा छ। युपीएफका संस्थापक, स्वर्गीय  डा. सन म्योङ्ग मुन र उनकी धर्मपत्नी  श्रीमती डा.हाक जा हान मुन, दुबै उत्तर कोरियामा जन्मिएर दक्षिण कोरिया आए र एउटा बहुपक्षीय, वैश्विक शान्ति संजाल स्थापना गरे जसले १६० राष्ट्रहरूमा कार्यक्रमहरू आयोजना गर्दछ। 

यूपीएफको अन्तर्राष्ट्रिय मुख्यालय दक्षिण कोरियामा रहेको छ । राष्ट्रप्रमुख, सांसद, महिला नेतृ, सबै धर्मका धार्मिक नेतृत्वहरू, मिडिया व्यक्तित्वहरू, व्यवसायिक उद्यमीहरू, एकेडेमीशियन  कलाकारहरू र युवाहरू सबै क्षेत्रमा काम गर्दै आएको छ।

मुनले हालसालै यूपीएफको उत्कृष्ट छवि र यसको शान्ति राजदूतहरूको अन्तर्राष्ट्रिय संजालको प्रयोग गरेर कोरियाली प्रायद्वीपलाई पुनर्मिलन गर्न नयाँ प्रयास शुरु गरेको छ। 

युपीएफका एशिया प्रशान्त अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले विश्व शान्ति संपूर्ण मानवको सपना हो जातजाति, भाषा, राष्ट्रियता, धर्म र दर्शनको माध्यमबाट विश्व टुक्राटुक्रा भएको हुनाले अबको पुस्ताले यी बिभाजनभन्दा माथि उठ्न सकेको खण्डमा कोरियाली प्रायद्विपको एकीकरण र विश्व शान्ति हाम्रै जिवनकालमा संम्भव रहेको बताए। 

विश्व शान्ति परिवार संघ एशिया प्रशान्त १ का अध्यक्ष डेमियन डङ्क्लीले मुनको सपना विश्वमा शान्ति स्थापना गर्नु भएकोले सम्पूर्ण मानवजातिले उनको सपना साकार पार्न आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु अपरिहार्य भएको बताए। 

सम्मेलनमा नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा.थोमस जि. वाल्स, भारतीय आम आदमि पार्टिका नेता अजय दत्त लगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए। 

तीन दिने उक्त सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी थिए । जसमा  सांसद, महिला नेत्रीहरू, व्यावसायी, विश्वासमा आधारित संगठनहरू, नागरिकसमाज, शिक्षाविद, मिडिया  संस्कृति र खेलकुदका साथै युवाहरुको सहभागिता रहेको थियो।

सम्मेलनमा पूर्व राष्ट्रप्रमुख, प्रथम महिला, संसदका सदस्य र सरकारी मन्त्रीहरू सम्मिलित थिए। सम्मेलनमा ३८ राष्ट्रहरूको प्रतिनिधिहरु सहभागी रहेको सम्मेलनलाई ८ भाषाहरूमा एकसाथ अनुवाद गरिएको थियो। 

युपिएफले दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना गर्न लागेको ’विश्व शिखर सम्मेलन’को पूर्वसन्ध्यामा आयोजना भएको यस समारोहलाई महत्वको साथ हेरिएको छ। 

कम्बोडियाका प्रधानमन्त्री सामदेक हुनसेन र युएनका पुर्व महासचिव बान कि मुनको समेत सहभागितामा यहि ११–१४ फेबु्रअरी २०२२ मा दक्षिण कोरियाको राजधानी सियोलमा विश्व शिखर सम्मेलन हुँदै। 

आयोजकले उक्त विश्व शिखर सम्मेलनमा २ लाख मानिसले प्रत्यक्ष सहभागिता जनाउने र दस लाखभन्दा बढिले अनलाइनमार्फत सहभागिता जनाउने आयोजकले बताएका छन्। 
 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  ११:०४
##ThinkTank2022
प्रतिक्रिया दिनुहोस्
थप समाज
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
विचार
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्