Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, माघ २३, २०७८

काठमाडौ । वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएको छ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गरेको हो। 

विद्या, वुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती रहेको सन्देशमा उल्लेख गरेको छ। 

“समयले दिएको यस हाँकलाई स्वीकार्दै दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन आजको दिन हामी सबैले प्रण गर्नैपर्दछ”, राष्ट्रपति भण्डारीले भनेको छ।

वर्तमान सन्दर्भमा प्रारम्भिक बाल विकास तहदेखि, विद्यालय हुँदै विश्वविद्यालयसम्म नै शिक्षाको सामयिक सुधारका सवालहरू साझा राष्ट्रिय चासोका विषय हुन पुगेका बताउँदै उनले शैक्षिक संस्थाहरूको सुधार, प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासमा राष्ट्र, अभिभावक र शैक्षिक संस्थाहरूले गर्नुपर्ने समवेत प्रयासतर्फ हामीले आफूलाई निर्देशित गर्नुपरेको छ उल्लेख गरेको छ।

सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु हो। विद्याले व्यक्तिको सामथ्र्य अभिवृद्धि गर्छ, सच्चरित्र दिन्छ, त्यसैले आजको दिन बालबालिकालाई विद्यारम्भ गराउँदा दिगो शिक्षा प्राप्त हुने जनविश्वास रहेको उनले बताएको छ।

“प्रकृति, संस्कृति र सभ्यताको त्रिवेणीका रूपमा रहेको वसन्त पञ्चमीलाई नेपालमा राजकीय महत्व प्राप्त छ। आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकता होइन, हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिहने पर्व हो। यसको गरिमालाई हामी सबैले आत्मसात गर्नुपर्दछ”, सन्देशमा भनिएको छ। 

वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको छ, ऋग्वेदमा वाग्देवी अर्थात् वाणीकी देवी मानिएकी सरस्वती भएजस्तै बौद्ध सभ्यतामा ज्ञानका बुद्धलाई मन्जुश्रीका रूपमा उपासना गरिने प्रचलन रहेको भन्दै राष्टपतिले ज्ञानका स्रोत मानिने पुस्तकसहित सङ्गीतका वाद्ययन्त्र तथा रङ–कलाका साधनलाई सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा रहेको बताएको छ।

वसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउने तथा मानवजातिलाई असल र खराब छुट्याई असल मात्रलाई ग्रहण गर्ने आन्तरिक प्रकाशको खोजी गर्न निरन्तर उत्प्रेरित गर्दछ भनेको छ।

नेपालका धेरै सांस्कृतिक पर्व र परम्परा जस्तै वसन्त पञ्चमी पनि प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका, जाडोयाम सकिएर वसन्त ऋतुको आगमन हुँदा प्रकृतिले नवीनता पाउँने तथा स्रस्टाहरू वसन्त ऋतुलाई सिर्जनाको प्रतीक मान्दछन् भन्दै राष्टपतिले सन्देशमा किसानका निम्ति वसन्त पञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिने गएिको र पर्यावरणको दिगो संरक्षण गर्दै मानव विकासको अवधारणालाई मूर्तरूप दिन आजका दिनले प्रेरणा प्रदान गर्दछ भन्ने आफूलाई लागेको उल्लेख गरेको छ। 
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०९:३३
##BidyaDeviBhandari
प्रतिक्रिया दिनुहोस्
थप समाज
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा शनिबार, साउन १६, २०८३
नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ शनिबार, साउन १६, २०८३
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ शनिबार, साउन १६, २०८३
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु शुक्रबार, साउन १५, २०८३
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना आइतबार, साउन १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः २ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्