Top Navigation
  • Contact
Main Navigation
मंगलबार, कात्तिक १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, कात्तिक १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसले शुरु गर्यो ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान
कांग्रेसले शुरु गर्यो ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, फागुन २५, २०७८

काठमाडौ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्ने भएको छ।  

आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न ८ उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। 

अभियानअन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। 

स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ।

यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उनले बताए। 

कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावनाविपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान छ।

प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपिल गरिने प्रवक्ता डा महतले जानकारी दिए। 

राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसद्बाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागतरूपमा चिर्दै वास्तविकरूपमा राख्ने अभियानको उद्देश्य छ।

सबै जिल्लामा केन्द्रीय प्रतिनिधि

कांग्रेसले अभियान सुरु हुनु २ दिनअघि सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि पुग्ने जनाएको छ। केन्द्रीय प्रतिनिधिलाई अभियान सुरु हुनुअघि तथा सुरु भएपश्चात् वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्ने जिम्मेवारी तोकिएको छ।

सङ्घीय संरचना निर्माणपश्चात्को यो प्रथम अभियान प्रभावकारीरूपले सफल बनाउन पार्टीको ७ प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। 

सो क्रममा केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गर्ने, सम्पूर्ण कार्यक्रमको कार्यान्वयन गर्न आवश्यक जिम्मेवारी बाँडफाँट गर्ने, अभियानका कार्यक्रम व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय गर्ने, केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो प्रदेशभित्र अभियानमा आवश्यकतानुसार थप कार्यक्रम तर्जुमा गर्ने र आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने गरी प्रदेश समितिलाई जिम्मेवारी तोकिएको प्रवक्ता डा महतले जानकारी दिए। 

अभियानमा जिल्ला कार्यसमितिको भूमिका

अभियान सुरु हुनुभन्दा कम्तीमा दुई दिनअघि जिल्ला समितिको बैठक सम्पन्न गरेर अभियानका सबै कार्यक्रम केन्द्रित कार्ययोजना तय गर्ने जिल्ला कार्यसमितिलाई निर्देशन गरिएको छ। 

जिल्लाभरका सबै वडामा खटिने प्रतिनिधि या प्रतिनिधि टोली तय गर्ने, अभियानको जिल्लास्तरीय केन्द्रीकृत उद्घाटन समारोह आयोजना गर्ने, अभियानलाई सफल बनाउन आफूअन्तर्गतका तह एवं भ्रातृ एवं शुभेच्छुक संस्था परिचालन गर्ने, केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो जिल्लाभित्र अभियानमा आवश्यकतानुसार थप कार्यक्रम तर्जुमा गर्नेसमेत जिम्मेवारी तोकिएको छ।

अभियानमा प्रतिनिधिसभा क्षेत्रीय समिति र प्रदेशसभा क्षेत्रीय समितिको भूमिका प्रभावकारी बनाउन केन्द्रबाट निर्धारित अभियानलाई व्यापकरूपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने गरी निर्देशन गरिएको छ। आफ्नो समितिअन्तर्गतका पदाधिकारी र सदस्यलाई सम्बन्धित वडामा अथवा आवश्यकताअनुरूप फरक–फरक वडामा परिचालन गर्न गरी जिम्मेवारी तोकिएको छ।

अभियानमा पालिका समितिहरुको भूमिका

केन्द्रबाट निर्धारित अभियानलाई व्यापकरूपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने, स्थानीय घोषणापत्र निर्माण समिति गठन गरेर अविलम्ब कार्य प्रारम्भ गर्ने, समितिमा पार्टी निकट शिक्षक, प्राध्यापक, वकिल, पत्रकारलगायतको बौद्धिक क्षेत्रको पनि सहभागिता गराउने, समितिमार्फत घोषणापत्र निर्माण संवाद कार्यक्रम आयोजना गरेर स्थानीयवासीको भावना समाहित गर्ने गरी पार्टीका पालिकालाई जिम्मेवारी दिइएको छ।  

यसैगरी वडा तह हुँदै टोलसम्म अभियान प्रभावकारी बनाउँदै, स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिअनुरूप व्यापक कार्य विभाजन गर्ने र अभियानका हरेक गतिविधिको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममार्फत व्यापक प्रचार गर्ने तथा त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने गरी जिम्मेवारी तोकिएको छ।

अभियानको उद्घाटन केन्द्रीकृत, कार्यक्रम विकेन्द्रीत

सबै जिल्लामा एकै दिन एकै समयमा दिउँसो १ बजे एकसाथ जिल्लास्तरीय रूपमा उद्घाटन समारोह हुने सम्मेलनमा प्रवक्ता डा महतले जानकारी दिए। 

उद्घाटन समारोहमार्फत अभियानको उद्देश्य, समयावधि र कार्यक्रमको स्वरूपबारे जानकारी गराइने छ। समारोहमा वडा तहमा खटिएका प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ र स्थानीय स्थिति र आवश्यकताअनुरूपको सङ्ख्यामा प्रतिनिधि टोली जिल्ला समितिको निर्णयअनुरूप वडामा खटिने बताइएको छ।

जिल्लास्तरीय उद्घाटन समारोहपश्चात् सम्पूर्ण कार्यक्रम स्थानीय तह, त्यसमा पनि मूलतः वडा र टोल केन्द्रित हुनेछन्। त्यस्तै अधिवेशनबाट गठन भएको वडा समितिले अभियानको समयावधिभित्र (कार्यसम्पादन, विभागलगायत) आफ्नो समितिको पूर्ण संरचना निर्माण गर्ने सम्मेलनमा जानकारी दिइयो। गठन गर्न बाँकी टोल समिति अभियान प्रारम्भ भएको दोस्रो साताभित्र अनिवार्य गठन गरिनेछन्।

एमसिसीसम्बन्धी भ्रम निवारण गर्न प्रशिक्षण कार्यक्रम

कांग्रेसले समाजका पुराना अग्रज, सहिद परिवार, द्वन्द्वकालका घाइते, अवकाशप्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्यमी, साहित्यकार, पूर्व राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान गर्ने गरी विभिन्न कार्यक्रम गर्ने जनाएको छ।

यसैगरी एमसिसीसम्बन्धी भ्रम निवारण र वास्तविकता प्रसारणका लागि प्रशिक्षणात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ। मतदाता विश्लेषण गर्दै फरक टोलको फरक अभिलेख निर्माण गर्ने, निर्वाचन प्रचार अभियानलाई तोकिएको आचारसंहिता बाहिर जान नदिने गरी, पार्टी पङ्क्ति र जनतासमक्ष पनि आचारसंहिताबारे विस्तारितरूपमा सुसूचित गर्नेलगायतका कार्य अभियानअन्तर्गत रहेका छन्।

निर्वाचनमा पार्टीका उम्मेदवारको प्रचार अभियान एवं मतदानका दिनको बुथ व्यवस्थापन समेत दृष्टिगत गरेर अभियानको अवधिमै चुनाव केन्द्रित ‘वन बुथ हन्ड्रेड युथ’ को अवधारणाबमोजिम स्वयंसेवक संरचना निर्माण गर्ने पार्टी कार्यालयले जनाएको छ। त्यस्तो संरचना निर्माणको नेतृत्व वडा समितिले गर्नेछ भने संरचनामा सबै टोलको अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था गरिनेछ।  

कांग्रेस नागरिक पङ्क्तिबाट सुझाव चाहन्छ : महामन्त्री शर्मा

पत्रकार सम्मेलनमा उपस्थित कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सञ्चारकर्मीका जिज्ञासा सम्बोधन गर्दै नागरिक पङ्क्ति कांग्रेसलाई के सुनाउन चाहन्छ र के अपेक्षा राख्दछ भन्ने सम्बन्धमा पनि बृहत्तर रुपमा सुझाव लिइने बताए। 

अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाको भूमिकाका बारेमा स्पष्ट पार्दै उनले भने, “केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँट गरेर आफ्नो देशभरको संरचना परिचालन गर्नेछन्। केही भ्रातृ सङ्घको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा गठन हुनुपूर्व ती सङ्घअन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुनेछन्।”

भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो सङ्गठनको प्रकृतिअनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने महामन्त्री शर्माले जानकारी दिए। 

चुनावी तालमेल गर्ने निर्णय केन्द्रीय समितिबाट हुन्छ : उपसभापति खड्का

पत्रकार सम्मेलनमै उपस्थित कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनमा रहेका सत्ता साझेदार दलसँग स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा हालसम्म कुनै ठोस निर्णय नभएको स्पष्ट पारे। उनले भने, “अहिले हामी निर्वाचन लक्षित चुनावी प्रचार अभियानमा छौँ, यस अभियानमा यसबारेमा कुनै छलफल हुँदैन, त्यसपछि पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समिति बसेर चुनावी तालमेलका सम्बन्धमा आवश्यक निष्कर्षमा पुग्छौँ। अहिले नै यसबारेमा बोल्दा परिपक्व हुँदैन।”

उपसभापति खड्काले पार्टीको विधानअनुसार गठन हुनुपर्ने समिति गठन गर्न प्रदेश, जिल्ला, स्थानीय र वडा तहलाई निर्देशन दिइसकेको पनि बताए। 
 
 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  २०:२५
##NepaliCongress
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती सोमबार, कात्तिक ९, २०८३
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्