Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • पचास शय्याको अस्पताल एक चिकित्सकको भरमा 
पचास शय्याको अस्पताल एक चिकित्सकको भरमा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, वैशाख ६, २०७९
Rampur Hospital Palpa.jpg
Api Himal

पाल्पा ।  रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका छन् । पचास शय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ । 

यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ । यहाँ कार्यरत ६ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा विजय परियारको भरमा उपचार सेवा जारी छ । 

“जनशक्ति अभावमा म एक्लै २४ सैँ घण्टा बिरामीको सेवामा खटिनु परेको छ, बिरामीको चाप बढ्दो छ, गर्मी समय भएकाले ज्वरो, झाडापखाला, श्वासप्रशास, दुर्घटना, गर्भवति महिला, फिजियोथेरापीलगायतका बिरामी बढी आउने गरेका छन्, दिनरात नभनिकन सेवामा तल्लिन छु” उनले भने । 

यहाँ एक हप्ताका अवधीमा मात्रै १५ झाडापखाला कै बिरामीलाई भर्ना गरेर राख्नु परेको छ । अस्पतालमा कार्यरत स्थायी दरबन्दीका मेडिकल अधिकृत डा कपिल ज्ञवाली, डा कुशल खनाल, डा विकास शर्माले अध्ययन बिदा देखाउँदै यही वैशाख १ गतेदेखि लागू हुने गरी पत्र बुझाएको अस्पतालले जनाएको छ । 

Nepal Oil Corporation

मेडिकल सुपरिण्टेडेण्ट डा परियार भने, “अस्पतालमा गत चैत २९ गते तीन स्थायी दरबन्दीका चिकित्सकले अध्ययन बिदा पत्र र ३ जना करार सेवाका डाक्टरको राजीनामापत्र आएको छ, तर प्रशासनले भने स्थायी सेवाका डाक्टरलाई स्वीकृत गरेको छैन, सो पत्र माथिल्लो निकायमा पठाइएको छ, अहिलेसम्म सम्बन्धित निकायको राजीनामा स्वीकृती पत्र हामीलाई पनि प्राप्त भएको छैन, एकै पटक स्थायी दरबन्दीमा कार्यरत डाक्टरको राजीनामाले अस्पतालको सेवा प्रवाहमा समस्या पारेको छ” । 

करारमा कार्यरत ३ जना मेडिकल अधिकृत डा साकार ढकाल, मोहम्मद सर्फराज आलम र डा आयुष पौडेल राजिनमापत्र बुझाएर वैशाख १ गतेदेखि अनुपस्थित छन् ।

हाल अस्पतालमा ३०० बढी बिरामी उपचारमा आउने गरेका छन् भने आकस्मिक सेवामा ५० भन्दाबढी नै छन् । एक डाक्टरले बिरामीको उपचारमा खटिनु पर्दा प्रशासनिक काममा समय दिन नपाएको मेडिकल सुपरिण्टेडेण्ट डा परियारको गुनासो छ ।  

रामपुर अस्पताल चार जिल्लाका नागरिकले स्वास्थ्योपचार सेवा लिने थलो हो । कालीगण्डकी वेशीका पाल्पा, स्याङ्गजा, तनहुँ र सुस्ता पूर्वनवलपरासी (नवलपुर)का नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएका छन् । तर जनशक्ति अभावमा एक चिकित्सकले मात्रै २४ सैँ घण्टा सेवा दिनुपर्ने बाध्यता छ । 

जनशक्ति अभाव रहेपनि यहाँ रहेका स्वास्थ्यकर्मी २४ सैँ घण्टा बिरामीको सेवामा तल्लिन छन् । अस्पतालमा भर्ना भएर बस्दा राम्रो स्वाथ्योपचार सेवा पाएको रामपुर नगरपालिका बाङ्गेपसल बस्ने ७४ वर्षीय कृष्णमाया श्रेष्ठ भन्छन्। 

“अस्पतालमा काम गर्ने डाक्टरले छोडेर गए भन्ने सुनेको छु, तर पनि यहाँ खट्नुभएका डाक्टरले रातदिन सेवा दिइरहनुभएको छ, श्वासप्रश्वाससम्बन्धी समस्या भएर भर्ना भएर बसेको छु, जनशक्ति नहुँदा पनि हामीले अहिलेसम्म सेवा राम्रै पाइएको छ”, उनले भने । 

तत्कालका लागि चार जना मेडिकल अधिकृत तहका चिकित्सकको व्यवस्थापन भएमा यहाँबाट दिने सेवा दुःखले भएपनि यथावत दिन सकिनेछ । निर्वाचन  आचारसंहिता लागू भइसकेको हुदा पनि मुख्यमन्त्री कार्यालयबाट सहमती नभइकन कर्मचारी व्यवस्थापन गर्न समस्या छ । 

कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकार, मन्त्रालय, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय पाल्पामा पत्राचार गरिसकिएको र अहिलेसम्म वैकल्पिक व्यवस्थापनको विषयमा कुनै जानकारी नआएको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउँछन् ।

उनी भन्छन्, “करारमा कर्मचारी नियुक्ति गरेर भएपनि जनतालाई सेवा दिनुपर्छ भनेर हामी लागि परिरहेका छौँ, निर्वाचन आचारसंहित लागू भइसकेकाले बाधा पुर्याउँछ कि भन्ने छ, स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा सम्बन्धित निकायले वैकल्पिक व्यवस्थापनको लागि बिशेष ध्यान दिनुपर्नेछ” ।

सरकारले चिकित्सकलाई अध्ययन बिदा दिँदै गर्दा उसले कार्यरत संस्थामा वैकल्पिक व्यवस्था नगरिकन बिदामा बस्ने परिपाटीले नागरिकले सास्ती खेप्नु परिरहेको छ । यस्ता उदाहरण दुर्गमका धेरै स्वास्थ्य संस्थामा भेटिन्छन् ।

स्थायी दरबन्दीमा कार्यरत कर्मचारीले आफूले पाउने अध्ययन बिदा आवश्यक परेपनि सम्बन्धित निकायले स्वीकृत बिना संस्थालाई बाधा पर्ने गरी बिदामा बस्न पाइँदैन । 

स्थायी जागिरे भएको दुई वर्षको समयावधि पश्चात् दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अध्ययन बिदा पाउने व्यवस्था छ । त्यसकारण पनि यहाँको अस्पतालमा दुई वर्ष कार्यरत पश्चात् माथिल्लो तहको अध्ययनका लागि भन्दै चिकित्सक अध्ययन बिदामा जाने गरेका छन् । 

यस अस्पतालमा हाल नौ जना स्थायीसहित जम्मा ७० जना कर्मचारी कार्यरत छन् । स्थानीय अन्तर्गत प्रशासनिक क्षेत्रमा प्रमुख एक, सहायक एक, चार मेडिकल अधिकृत, एक नर्सिङ कर्मचारी, लेखापाल एक, मेडिकल अधिकृत रेकर्डस् एक जना कर्मचारी छन् । बाँकी कर्मचारी करार प्रकृतिका छन् । 

मेडिकल सुपरिण्टेडेण्ट डाक्टर बिनेश झा विगत दुई वर्षदेखि यहीँ अस्पताल मातहत तलव सुविधा लिने गरी अध्ययन बिदामा छन् । यहाँको अस्पतालमा आउने चिकित्सक अध्ययन बिदा देखाउँदै जाने गरेका छन् । यो समस्या नागरिकले वर्षौदेखि खेप्दै आइरहेका छन् ।

जनशक्ति अभावकै कारण शल्यक्रिया मार्फत प्रसूति सेवा पनि ठप्प छ । शल्यक्रियाका लागि सम्पूर्ण उपकरण भएपनि प्रयोगमा ल्याउन सकिएको छैन । यहाँ पाउने सेवा उपलब्ध नहुँदा सदरमुकाम तानसेन, पोखरा, बुटवललगायतका विभिन्न बजारका अस्पतालमा बिरामी जानुपर्ने समस्या छ ।

अस्पतालमा नौ विशेषज्ञ डाक्टरको दरबन्दी छ । प्रसूति, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिष्ट (एक्सरे), जनरल फिजिसियन, एनसथेसियालोजिष्ट (अप्रेसन गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन्ट सर्जन, कन्सल्टटेन्ट साइक्याट्रिक्स (दिमागसम्बन्धी)जस्ता विशेषज्ञ सेवा तोकिएको छ । तर दरबन्दी अनुसारका डाक्टरको अभावमा विशेषज्ञ सेवा दिन सकिएको छैन । 

अस्पतालमा एघारौँ तह (एक जना प्रमुख मेडिकल सुपरीटेण्डेन) डाक्टरको दरबन्दी छ । पचास शय्याको सरकारी अस्पताल नामाकरण भएपनि पन्ध्र शय्याकै भवनबाट सेवा प्रवाह भइरहेको छ । गाउँमै दरबन्दी भएर पनि सेवा सुबिधा नपाउँदा पटकपटक अन्यत्र धेरै धनराशी खर्चिएर उपचार गर्न जानुपर्ने समस्या बिद्यमान नै छ । 

पचास शय्याकै भवनबाट अस्पताल सञ्चालन भएपछि नागरिकलाई एक त सेवा लिन सजिलो पर्नेछ भने अर्कोतर्फ आर्थिक भार पनि पर्ने थिएन । रामपुर नगरपालिका क्षेत्रमा सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि नागरिकले औषधि उपचारमा राम्रो सुबिधा उपभोग गर्न पाउनेछन् । 

औषधि उपचारका निम्ति विभिन्न शहरमा धाउने नागरिकले अस्पताल बनेपछि गाउँमै धेरै सेवा सुबिधा पाउने अपेक्षा पनि लिएका छन् । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । 

सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा पन्ध्र शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल ०७२ मा पचास शय्याका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ ।

सरकारको २२ करोड २२ लाख पाँच हजार ३८३ को अनुमानित लागतमा टेन्डर आह्वान भएकोमा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिव साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । 

आर्थिक वर्ष ०७२/०७३ को पुसबाट निर्माणकार्य सुरु गरिएको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७५/०७/१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहेपनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरी निर्माण कार्य अघि बढाइएको छ । भवन अभाव पनि स्वास्थ्य सेवाको बाधक बनेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप स्वास्थ्य-शिक्षा
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस्
याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस् बिहीबार, जेठ २३, २०८२
७४ वर्षिया आमाले दिइन् परीक्षा
७४ वर्षिया आमाले दिइन् परीक्षा आइतबार, वैशाख २१, २०८२
चिकित्सकहरुले सबै सेवा थप्प पार्ने चेतावनी
चिकित्सकहरुले सबै सेवा थप्प पार्ने चेतावनी बिहीबार, वैशाख ११, २०८२
शिक्षकले तीन काम गरेर देखाउनुपर्यो सरकारलाई : सञ्चारमन्त्री गुरुङ
शिक्षकले तीन काम गरेर देखाउनुपर्यो सरकारलाई : सञ्चारमन्त्री गुरुङ बिहीबार, वैशाख ११, २०८२
विरामी जाँच्न छाेडेर चिकित्सकहरू आन्दोलनमा
विरामी जाँच्न छाेडेर चिकित्सकहरू आन्दोलनमा मंगलबार, वैशाख ९, २०८२
शिक्षकहरु आन्दोलनमा, सामुदायिक स्कूलमा ताला
शिक्षकहरु आन्दोलनमा, सामुदायिक स्कूलमा ताला आइतबार, वैशाख ७, २०८२
वायु प्रदुषण अत्यन्त्यै हानिकारक छ
वायु प्रदुषण अत्यन्त्यै हानिकारक छ बुधबार, चैत २७, २०८१
अब रोबोर्टको निर्देशनमा सर्जरी ?
अब रोबोर्टको निर्देशनमा सर्जरी ? सोमबार, चैत २५, २०८१
शिक्षक आन्दोलन : विगतका सम्झाैता कार्यान्वयन गर
शिक्षक आन्दोलन : विगतका सम्झाैता कार्यान्वयन गर शुक्रबार, चैत २२, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्