Top Navigation
  • Contact
Main Navigation
सोमबार, कात्तिक १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, कात्तिक १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • मुुलुकलाई डोर्याउने दायित्व विश्वविद्यालयकाे : शिक्षामन्त्री पौडेल
मुुलुकलाई डोर्याउने दायित्व विश्वविद्यालयकाे : शिक्षामन्त्री पौडेल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख ७, २०७९
MWU 2nd Convocated Ceremony.jpg

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा रहेको बताएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सुर्खेतमा उनले दक्ष जनशक्ति उत्पादन गरी मुुलुकलाई समृद्धिको मार्गचित्रमा डो¥याउने दायित्व विश्वविद्यालयको रहेको बताएको हो ।   

विश्वविद्यालयका सह–कुलपतिसमेत रहनुभएका मन्त्री पौडेलले सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानूनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको बताएका हुन् । 

“माध्यमिक, उच्च शिक्षा र व्यावसायिक तथा प्राविधिक शिक्षालाई व्यवस्थित गर्न ५५ बुँदे सुधारको मार्गचित्र अघि बढाएका छौँ”, उनले भने, “तीनै तहका शिक्षा प्रणालीलाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डको शैक्षिण गुणस्तर अभिवृद्धि गर्न सरकारले शैक्षिक पुनःसंरचनामा जोड दिएको छ ।” 

उनले सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन र प्रतिष्ठानलाई व्यवस्थित गर्न बनेको ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिए । 

शिक्षासम्बन्धी यी ऐन बनेपछि समग्र शैक्षिक प्रणालीमा सुधार आउने उहाँले विश्वास व्यक्त गरे ।  विश्वविद्यालयको पुनःसंरचनाको जरुरी रहेको भन्दै मन्त्री पौडेलले शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नुपर्ने धारणा राखेका थिए। 

यसका लागि सरकारले सातवटै प्रदेशमा मेडिकल शिक्षा पढाइ हुने कलेज स्थापना गर्ने प्रक्रिया थालनी गरेको तथा १४० वटा विद्यालयमा पढ्दै–कमाउँदै कार्यक्रम लागू गरेको उनको भनाइ छ । 

दीक्षान्त समारोहमा सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता एवं बाल श्रमिकविरुद्ध विश्वव्यापी अभियानका अध्यक्ष कैलाश सत्यार्थीले शिक्षा नै विकासको मुख्य आधार भएको बताए । 

उनले आफूले भारतीय कोठीमा बेचिएका युवती, बालबालिकाको उद्धारमा लामो समय खर्चिएको र थुपै्र सङ्घर्ष भोग्नुपरेको अनुभव सुनाएका थिए ।  

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयका छवटा भवन निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको, सात वटा बहुवर्षीय परियोजना सुरु गरेको, स्मार्ट टेक्नोलोजीमा आधारित संरचनाको विकास गर्ने लक्ष्यअनुरुप चालु आवलाई ‘एकेडेमिक एक्सेलेन्सी र भौतिक पूर्वाधार विकास वर्ष’का रूपमा कार्यसम्पादन भइरहेको बताएका थिए ।  

शिक्षामन्त्री पौडेल, नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थी र उपकुलपति सिंहले कुलपति, उपकुलपति पदकका साथै सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्ण पदक प्राप्त विद्यार्थीलाई दीक्षित गरेका थिए ।  

दीक्षित हुने ५१९ विद्यार्थीमध्ये कुलपति पदक नौ, उपकुलपति पदक १८ र सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्णपदक पाँच जनालाई प्रदान गरिएको थियो ।

समारोहमा सम्बन्धित सङ्कायका डिनहरुले स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि प्रमाणपत्र पाउने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको थियो । यसअघि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असार १९ गते भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ०७:१६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
नेपाल मेडिकल कलेजमा खुल्याे रोजगारी
नेपाल मेडिकल कलेजमा खुल्याे रोजगारी शुक्रबार, कात्तिक १३, २०८३
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः २ 'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
  • नंः ३ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
  • नंः ४ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः ५ नामी साप्ताहिक
विचार
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शारदा बजगाईँ
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा NamiNews- नामीन्यूज
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्