Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
  • ENEnglish
  •   E-paper
शनिबार, जेठ १४, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • सम्वाद
  • विश्व परिवेश
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • जहाँ विकासमान त्यहाँ विकासका पाइला
जहाँ विकासमान त्यहाँ विकासका पाइला
Nami News
Nami News शुक्रबार, वैशाख ९, २०७९

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ विकास निर्माणको हिसाव–कितावमा वितेको पाँच बर्षमा अब्बल वडाको रुपमा मानिएको छ।

वितेको पाँच बर्षमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका वडा नंवर ५ को वडा अध्यक्ष निर्वाचित भएर आएयता विकासमान श्रेष्ठले गरेको अनवरत् अहोरात्र कार्यको कारण ललितपुर महानगरपािलकाभरिकै अब्बल वडामा गनिन पुगेको हो।

Page No.3-Bikash Man Shrestha 11650638305.jpg
स्वच्छ, सफा, हराभरा, धुवाधुलोरहित सुरक्षित स्वस्थ नमूना वडा बनाउने अभियानलाई मुख्य नारा बनाएर नेतृत्व प्रदान गरेका विकासमानका कारण वडाले विकास–निर्माणका कार्यमा छलाङ नै मार्न सफलता प्राप्त गरेको कसैवाट छिपेको छैन्।

यसकारण पनि वडावासीहरु जहाँ विकासमान त्यहाँ विकासको पाइला भनेर नयाँ नारा बनाउन चुकेका छैनन्।वडावासीको यो नारा अनुरुप काम गरेकै कारण अपोजिसन पार्टी नेपाली कांग्रेसका नेताहरुले पनि उनको दिल खोलेर प्रशंसा गर्ने गरेका छन्।

आसन्न स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नंबर ५ को वडा अध्यक्षमा सूर्य ध्वजावाहक नेकपा एमालेवाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवारको रुपमा जनसमक्ष आएका विकासमान श्रेष्ठ भन्छन्, “मेरो वडामा सबै सडकमा कालोपत्रे भइसकेको छ। सबै क्षेत्रमा ढल व्यवस्थापन भइसकेको छ । वडालाई सुरक्षित बनाउँन चोक–चोकमा २९ वटा सिसिटिभि जडान गरिसकिएको छ । आगलागीबाट बचाउन विभिन्न स्थानमा फायर एक्चेञ्जर, उज्यालो वडा बनाउन हरेक सडकमा सडकबत्ती जडान गरिसकिएको छ।”

Bikash Man Shrestha -51650640333.jpgवडाध्यक्ष श्रेष्ठका अनुसार वडालाई हरियाली बनाउन रुख विरुवा रोपनलाई प्राथमिकता राखिएर काम गरिएको छ भने सरसफाइयुक्त वडा निर्माण गर्न सडक किनार र चोक चोकमा डस्टविन र ट्रयास्टविनको व्यवस्था गरिएको तथा दैनिक सफाइको व्यवस्था मिलाइएको छ ।

संस्कृति र परम्परा संरक्षणमा पनि ललितपुर महानगरमा वडा नंबर ५ अग्रस्थानमा छ । वडाभित्र रहेको ऐतिहासिक महालक्ष्मी मन्दिरमा पुर्ननिर्माणको अन्तिम चरणमा पुगेको छ ।

यसका लागि वडाको पहलमा हालसम्म १ करोड ५० लाख खर्च गरिएको छ । यस बर्ष उक्त परियोजनाका लागि ४० लाखको बजेट विनियोजन गरिएको छ । यसैगरी सरस्वती मन्दिरको पुनर्निमाण सम्पन्न हुने चरणमा छ ।

वडा अध्यक्ष श्रेष्ठ अगाडि भन्छन्, “हामीले ऐतिहासिक नुःपुखु (रानीपोखरी) मास्टर प्लान बनाइसकेका छौं । अर्को कार्यकालको केही बर्षमै रानीपोखरी पुनःनिमाण पुरा हुनेछ । दक्षिणकाली मन्दिरको जिर्णोद्धार सम्पन्न भईसकेको छ। गणेश मन्दिर, कुमारीपाटी मन्दिर, नाग मन्दिर लगायतका सम्पदाको जर्गेनामा हामी सफल भएका छौं।”

पुरातात्विक सम्पदाको जगेर्नामा पनि वडा अध्यक्ष विकासमान श्रेष्ठ सक्रिय छन्। विकासमानकै पहलमा २४ बर्षदेखी रोकिएको खड्ग जात्राको संचालन गर्नेदेखि २५ बर्षदेखि रोकिएको खट जात्रा पनि अघिल्लो बर्षदेखी सुचारु गर्न सफलता मिलेको थियो।

स्थानीय बासिन्दाहरुले कोभिडको योद्धाको रुपमा पनि विकासमान श्रेष्ठलाई लिने गरेका छन् । विशेषगरी कोभिडको पहिलो चरणमा घरघरमा पुगेर राहत बाड्नदेखी कोभिडको खोप आएपछि अशक्त र बृद्धबृद्धलाई घरैमा गएर खोप लगाउन विकासमानले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा स्थानीय वडाबासीहरुले दिल खोलेर गर्ने गरेका छन्।    

वडा अध्यक्ष श्रेष्ठ भन्छन्, “कोभिडको असहज परिस्थितिमा मेरो परिवार मेरा वडा र वडावासी हो भन्ने हेतुले हामीले कार्य गरेका हौं । कोभिडको समयमा राहत र जनचेतनाको कार्य गरेकोले हामीले उहाँहरुको माया पाएका हौं ।”

Bikash Man Shrestha1650639704.jpgभौतिक विकासका अतिरिक्त मानवीय विकास, सीप, रोजगारी लगायतका विषयमा ललितपुर महानगरपालिका तथा देशभरकै स्थानीय तहका वडाहरुमा ललितपुर महानगरपालिका वडा नंबर ५ अब्बल रहेको दाबी वडा अध्यक्ष विकासमान श्रेष्ठको रहेको छ ।

विकासमान नेतृत्वको टीमले ललितपुर महानगरपालिका वडा नंबर ५ मा गरेका अत्यन्त राम्रा कार्यहरुका कारण उक्त टीमको अवको पाँच बर्षको लागि पनि आवश्यक भएको र विकासमान नेतृत्वको टीमले विजय प्राप्त गर्ने वडावासीहरुको भनाई रहेको छ।

(नामी साप्ताहिकवाट साभार)
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
hopefd hopefd
थप सम्वाद
अघिल्लो कार्यकालका बाँकी काम अब पूरा गर्छु : ललितपुर महानगर प्रमुख महर्जन 
अघिल्लो कार्यकालका बाँकी काम अब पूरा गर्छु : ललितपुर महानगर प्रमुख महर्जन  बिहीबार, जेठ १२, २०७९
करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख राई
करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख राई बुधबार, जेठ ११, २०७९
यो धरानमा एक्कासी आएको भलबाढी होइन :  निर्वाचित मेयर हर्कराज राई
यो धरानमा एक्कासी आएको भलबाढी होइन : निर्वाचित मेयर हर्कराज राई आइतबार, जेठ ८, २०७९
सुक्ष्मदर्शी र स्वतन्त्र दृष्टिकोण हुनुपर्छ हास्यव्यङ्ग्य लेखकमा : हाँस्यव्यङ्ग्य लेखक रामकुमार पाँडे
सुक्ष्मदर्शी र स्वतन्त्र दृष्टिकोण हुनुपर्छ हास्यव्यङ्ग्य लेखकमा : हाँस्यव्यङ्ग्य लेखक रामकुमार पाँडे शनिबार, वैशाख ३१, २०७९
समान कामको असमान ज्याला किन ? श्रमिककाे सङ्घर्षका कथा...
समान कामको असमान ज्याला किन ? श्रमिककाे सङ्घर्षका कथा... शनिबार, वैशाख १७, २०७९
आफ्नो काममा सन्तुष्ट भइयो भने प्रगति हुँदैन : उपाध्यक्ष अमृता गुरुङ  
आफ्नो काममा सन्तुष्ट भइयो भने प्रगति हुँदैन : उपाध्यक्ष अमृता गुरुङ   आइतबार, चैत १३, २०७८
मेयर मंगलप्रसाद थारुको मङ्लगमय कार्य
मेयर मंगलप्रसाद थारुको मङ्लगमय कार्य शनिबार, चैत ५, २०७८
समय नै सबैभन्दा ठूलो मल्हम रहेछ : सृजना प्याकुरेल
समय नै सबैभन्दा ठूलो मल्हम रहेछ : सृजना प्याकुरेल शनिबार, फागुन २८, २०७८
लोकप्रिय
  • नंः १ सूर्योदय नगरपालिकामा सूर्यध्वजा ढल्यो, कलम चम्कियो
  • नंः २ भरतपुरमा रेणु दाहालको अग्रतामा अझ तिव्रता
  • नंः ३ ५ हजार ७ सय ३३ मतले रेणु अगाडि 
  • नंः ४ मेयर र उप-मेयर जित्ने शक्तिशाली र साहसिक महिला
  • नंः ५ सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि 
विचार
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड
चार स्वतन्त्र मेयरको जित-दलिय राजनीतिलाई चर्को झाप्पड Nami News
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान
स्थानीय सरकारका लागि - स्वतन्त्र उम्मेद्वारी अभियान Nami News
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं 
वाह्य तथा आन्तरिक पर्यटकहरुलाई ठग्ने क्रम रोकौं  Nami News
सूचना-प्रविधि
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार
बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट शोरुम विस्तार Nami News
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’ Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्