Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अन्तर्राष्ट्रियस्तरको प्रोटोनलाई नेपाल भित्र्याउन उत्साहित छ जगदम्बा मोटर्स
अन्तर्राष्ट्रियस्तरको प्रोटोनलाई नेपाल भित्र्याउन उत्साहित छ जगदम्बा मोटर्स
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, पुस ३, २०७७

काठमाडौ । विश्वबिख्यात मलेशियाली अटोमोबाइल कम्पनी प्रोटोनको “प्रोटोन साँगा“ गाडी भित्र्याउँदै नेपाली ४ चक्के सवारी साधन अनुयायीमाझ एउटा नयाँ अन्तर्राष्ट्रिय विकल्पको प्रस्तुति गर्न लागेकोमा जगदम्बा मोटर्स अति उत्साहित देखिएको छ।

मुलुककै अग्रणी अटोमोबाइल कम्पनी मध्येको एक, जगदम्बा मोटर्स प्राइभेट लिमिटेड दुइ चक्के र तिन चक्के सवारी साधनमा मात्र सिमित नभएर अब चार चक्के सवारी साधन पनि नेपाल भित्र्याउने तरखरमा लागेकाे हाे ।

यसअघि नै नेपालमा बिलिन हुन लागेको टिभिएसको स्वामित्व ग्रहण गरेर नेपाली अटोमोबाइल बजारमा यसको अस्तित्व बरकरार राख्दै विस्तार गराएर अग्र स्थानसम्म ल्याई पुर्याउन निर्णायक भूमिका खेलेर उदयमा आएको जगदम्बा मोटर्स प्राइभेट लिमिटेड विस्तारै एक पछि अर्को नयाँ आयामहरू पस्कँदै नेपाली अटोप्रेमीमाझ एक चर्चित नाम बनिसकेको छ।

टिभिएस दुइ चक्के मोटरसाइकल र स्कुटरका साथै टिभिएस् किङ्ग (तिन चक्के अटो) र एडनक लुब्रिकेन्ट्सको पनि जगदम्बा मोटर्सले नै नेपालमा विक्रिवितरण गर्दै आइरहेको छ ।

टिभिएसमार्फत जगदम्बा मोटर्सको सफलता पछाडी यसको गुणस्तरीय सेवा र देशै भरि फैलिएका डिलरमार्फत स्तरिय ग्राहक सेवा र सम्बन्ध पनि प्रमुख कारण रहेका छन् ।

यसै अनुरुप प्रोटोनलाई विशेष प्राथमिकताकासाथ अघि लैजाने योजना गरेको जगदम्बा मोटर्सले प्रोटोनबाट पनि टिभिएस अनुरुपकै सफलता हाँसिल गर्ने विश्वास लिएको छ।

हाललाई काठमाडौंस्थित शोरुममार्फत प्रोटोनको “प्रोटोन साँगा “मोडलको गाडी भित्र्याउन लागेको जगदम्बा मोटर्सले आउँदादिनमा सेवा सुविधालाई थप विस्तार गर्दै देशका अन्य विभिन्न शहरहरु जस्तै पोखरा, बिराटनगर, विरगंज, धनगढी, नेपालगंज, इटहरी आदिमा पनि आफ्नो डिलर र सर्भिस सेन्टर सुचारु गर्ने दिर्घकालिन रणनीति बनाएको छ। 

त्यस्तैगरी प्रोटोनका अन्य चर्चित मोडलहरु पनि ग्राहकका चाहना र माग बमोजिम क्रमवद्ध रुपमा नेपाल भित्र्याउँँदै लैजाने जगदम्बा मोटर्स कम्पनीको भावी योजना रहेको छ ।

विभिन्न क्षेत्रका उधोग तथा व्ययसायमा संलग्न भई आज एक सफलताको उचाइमा पुग्न सफल भएको मुलुककै अग्रणी व्यापारिक घराना मध्येको एक, शंकर ग्रुुपको मातहतमा रहेको जगदम्बा मोटर्सले प्रोटोनमार्फत नेपाली ग्राहकको ४ चक्के गाडिप्रतिको बढ्दो चाहनालाई अवश्य पनि पूर्ति गर्न सफल रहनेमा कम्पनी विश्वस्त रहेको छ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १०:३४
##jagdamba ##shankergroup ##jagdambamotors
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्