Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • दुई महिनादेखि थन्किएको ‘ब्रुमर’ तीन दिन भित्रमा सञ्चालनमा ल्याइने
दुई महिनादेखि थन्किएको ‘ब्रुमर’ तीन दिन भित्रमा सञ्चालनमा ल्याइने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ २९, २०७९
Balendra Shah

काठमाडौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएको छ।

प्रमुख साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै प्रमुख साहले बु्मर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएको हो ।

चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताएका हुन्।

नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने प्रमुख साहले बताउँदै विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने उनले बताएका हुन्।

बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख साहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए।

समन्वय कायम गरेरै अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने उनले बताउँदै प्रमुख साहले भने, “साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो। यो सबैसँगै हुनुपर्छ।”

उपप्रमुख सुनिता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको बताए। साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उपप्रमुख डङ्गोलको भनाइ छ।

बैठकले नगरसभाको ११औँ अधिवेशन आगामी असार ५ गते गर्ने निर्णय गरेको छ। बैठकले उपप्रमुख डङ्गोलको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति गठन गरेको छ ।

बैठकमा प्रमुख साहले पेस गरेको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकको नाम अनुमोदन भएको छ। सुशासन समितिमा वडा-२६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा-१५ का अध्यक्ष ईश्वरमान डङ्गोल, सामाजिक समितिमा वडा-१० का अध्यक्ष रामकुमार केसी र पूर्वाधार समितिमा वडा-१६ का अध्यक्ष मुकुन्द रिजाल रहेको छ।

वातावरण समितिमा वडा-१२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा-११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा-८ का अध्यक्ष आशामान सङ्गत र सूचना प्रविधि समितिमा वडा-१७ का अध्यक्ष नवीन मानन्धर छन्।

यस्तै, शिक्षा र स्वास्थ्य समितिमा वडा-२२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा-२३ का अध्यक्ष मचाराजा महर्जन, राजश्व समितिमा वडा-३२ का अध्यक्ष नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा-३ का अध्यक्ष प्रेम थापा संयोजक रहेको छ।

बैठकमा छलफल गर्दै कार्यपालिका सदस्यहरुले समुदाय स्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राखेका थिए।

फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापनका विषयमा वडा सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए।

बैठकमा प्रमुख साहले कार्यपालिका सदस्य मीना सुनारलाई पद तथा गोपनीयताको शपथ दिलाएको थियो।   
 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  २३:४४
##BalendraShah
प्रतिक्रिया दिनुहोस्
थप समाज
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा शनिबार, साउन १६, २०८३
नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ शनिबार, साउन १६, २०८३
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ शनिबार, साउन १६, २०८३
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु
पौडी खेल्ने क्रममा एकै घरका तीन बालकको मृत्यु शुक्रबार, साउन १५, २०८३
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना आइतबार, साउन १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ नामी साप्ताहिक
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्