Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, साउन १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्वतन्त्र नागरिक समाज अब नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित
स्वतन्त्र नागरिक समाज अब नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार १, २०७९
Hem Bikram Silwal

काठमाडौं । आजबाट विधिवत रुपमा हेमविक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित भएको छ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित एक पत्रकार सम्मेलन गर्दै सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित भएको जानकारी दिइएको हो।

उक्त पत्रकार सम्मेलनमा बोल्दै पार्टी केन्द्रीय सदस्य ओम भण्डारीले १४ महिना अघि नेश्नलिष्ट पिपल्स पार्टी दर्ता गरिएको जानकारी दिँदै स्वतन्त्र नागरिक समाजका संयोजक सिलवाललाई पार्टी प्रवेश गरेसँगै पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको बताएका थिए।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफ्नो पार्टी भएको दाबी गर्दै केन्द्रीय सदस्य भण्डारीले भने, ‘हाम्रो पार्टी शेरेमेनियल मोनार्कीको पक्षमा छ, जनताको मत लिएर जनमत संग्रहमा लगेर टुंग्याउने छौं। जातियता र क्षेत्रियता उन्मूलन, धर्म र जातीमा भएका समस्यालाई जनमत लिएर जनतामाझ जानेछौ।’

केन्द्रीय सदस्य भण्डारीले आफ्नो पार्टीले इतिहासलाई सम्मान गर्ने दाबी गर्दै संसदीय व्यवस्थाको विरोधी भएपनि विस्तारै परिवर्तन गरेर अघि बढ्ने बताएका थिए । भ्रष्टाचार निर्मुल गर्ने र अन्य पार्टीको विरोध नगर्ने पनि आफ्नो पार्टीको नीति रहेको प्रष्ट पारेका थिए।

पार्टी भर्खरै स्थापना भए पनि केन्द्र, जिल्ला, गाउँ तथा नगर समिति गठन गरिसकेको वताउँदै उनले केन्द्रीय समितिमा ८५, प्रदेश ४५, जिल्ला ३५ र वडा कमिटी १५ जना रहेको तथ्यांक केन्द्रीय सदस्य भण्डारीले प्रस्तुत गरेका थिए।

आयाेजित सम्मेलनमा पार्टी प्रवक्ता हेमविक्रम सिलवालले नेपालको नागरिक समाजको आन्दोलनबाट आफूले विकृति र विसंगतीको विरुद्ध बोल्न सिकेको बताउँदै आफू संलग्न भएको नागरिक समाजले गत स्थानीय चुनावमा देशभर १६५ जना स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेता पनि विजयी हुने सम्भावना देखिएकोले आफूहरु पछि हटेको वताएका थिए।

मल्टीपार्टी डेमोक्रेसीलाई बलियो बनाएर, विद्यमान भ्रष्टाचारलाई अन्त्य गर्न, महंगो निर्वाचन प्रणालीलाई विस्थापित गर्न र आफूले उठाएको एजेण्डालाई स्थापित गर्न नेश्नलिष्ट पिपल्स पार्टी प्रवेश गरेको पार्टी प्रवक्ता सिलवालले वताएका थिए।

एकदिन अघि मात्र नयाँ पार्टीको सदस्यता लिएको पार्टी प्रवक्ता सिलवालले असार लागि सक्दा पनि जनताले मल नपाएकोमा घोर आपत्ति जनाउँदै मल्टिपार्टी डेमोक्रेसीमा राजनीतिक प्रणालीलाई चिर्न नागरिक समाज नेश्नलिष्ट पिपल्स पार्टी मै समाहित भएको जानकारी दिएका थिए।

अहिलेको निर्वाचन प्रणाली जनतालाई जोगी बनाउने भएको समेत दाबी गर्दै प्रवक्ता सिलवालले भने, ‘संदसदीय व्यवस्थालाई अझै १० वर्ष टिकाइराख्ने हो भने नेताहरु थप गरिब हुँदै जान्छ। निर्वाचन प्रणालीले समाज रुपान्तरण गर्न सकिदैन्। भन्ने हाम्रो विचार हो।’

कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता सिलवालले नेश्नलिष्ट पिपल्स पार्टीको कृषिमा क्रान्ति गर्ने भन्ने धारणा आफूलाई मन परेको वताउँदै मुलुकले १० वर्ष हिंसात्मक आन्दोलन पनि थेग्न परेपनि जनतालाई रत्तिपनि फाइदा नभएको उनले जिकिर गरेका थिए।

नेपाली जनता जहिले पनि प्रयोग मात्र भएको उनले टिप्पणी गर्दै नेश्नलिष्ट पिपल्स पार्टीले किसानलाई उत्पादन गर्न प्रोत्साहित गर्ने र उनीहरुले उत्पादन गरेका तरकारी बजारीकरण गर्ने स्पष्ट पार्दै नेपालमा चाडै नै श्रीलंकामा जस्तो आर्थिक मन्दीको अवस्था नेपालमा आउन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेका थिए।

त्यस्तै, संगठन विभागका प्रमुख कान्तबहादुर पौडेलले गत फागुन १५ गते पार्टी विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको जानकारी दिएका थिए। उनले जनता र नेताको बीचमा खाडल देखिएको भन्दै पुरानो पार्टीको विकल्पमा आफूहरुले पार्टी स्थापना गर्नु परेको वताएका थिए।

संगठन विभागका प्रमुख पौडेलले जनताको जनचाहाना, जनभावना र राष्ट्रको उन्नतीको लागि नेश्नलिष्ट पिपल्स पार्टीको समाजसेवाको लागि स्थापना भएको दाबी गरेका थिए ।

केन्द्रदेखि वडासम्म पार्टीको संरचना रहेको पनि उल्लेख गर्दै उनले १३ लाख ६२ हजार सदस्य आफ्नो पार्टीमा रहेको समेत उनले दाबी गरेका थिए भने विस्तारै ६५ लाखको हारहारीमा पदाधिकारी र कार्यकर्ता बनाउने लक्ष्य पार्टीको रहेको संगठन विभागका प्रमुख पौडेलले बताएका थिए ।

आफ्नो पार्टी अबको चुनावमा चुनावी मैदानमा जाँदा स्पष्ट बहुमतको पार्टी बन्नेमा आफू विश्वस्त रहेको वताउँदै  पौडेलले धेरै पार्टीमा महिलालाई स्थान नदिएको भन्दै आफ्नो पार्टीले महिला सशक्तिकरणका कार्यक्रम अघि बढाएको समेत दाबी गरेका थिए।

संगठन विभागका प्रमुख पौडेलले भने,‘ हाम्रो पार्टीले ५३ प्रतिशत कोटा छुट्ट्याइएको छ।’ महिलाहरु आफ्नो पार्टीमा पुरै स्वतन्त्र र सुरक्षित भएको उनले बताउँदै पार्टीको ७७ जिल्ला संगठन र ६० जिल्लामा गठन गरिसकेको उल्लेख गरेका थिए।

त्यस्तैगरी, पार्टी कोषाध्यक्ष रोहित थापाले पार्टीले तयार गरेको पद्धती र निस्किएका उपजहरु देशवासीहरुमा पु्रयाउने प्रतिवद्धतामा जाहेर गरेका थिए।

गत २० वर्षमा देशमा धेरै परिवर्तनका कुरा आएपनि परिणाम भने जनतामुखी नभएको बताउँदै धेरै दलका कुरा अक्षरमा मात्र सिमित भएको आरोप उनले लगाएका थिए । अब आफ्नो पार्टीले बोकेको जनताका असली मुद्दालाई अक्षरमा मात्र सिमित नभई कार्यान्वयनमा प्राथमिकता रहेको पार्टी कोषाध्यक्ष थापाकाे दाबी थियाे। 

 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  २३:२८
##HemBikramSilwal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि... बुधबार, असार २४, २०८३
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्