Top Navigation
  • ENEnglish
  •   E-paper
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • ENEnglish
  •   E-paper
बुधबार, साउन २५, २०७९
Nami News
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन-ज्यानकै जोखिम
चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन-ज्यानकै जोखिम सम्पादकीय
Nami News
Nami News शनिबार, असार ११, २०७९
Smoking

"म यतिखेर तपाईको कारण जलिरहेको छु। भोलि मेरो कारण तपाई जलिरहेको हुनेछ" भनेर ध्रुम्रपानको विरुद्धको एक सन्देशमूलक विज्ञापन ललितपुर महानगरपालिकाले नगर कार्यपालिका भवनको प्रांगणमा राखिएको छ। जुन सन्देशमूलक विज्ञापनमा चुरोट जलिरहेको चित्र रहेको छ। त्यही चित्रको मुनि माथि उल्लेखित सन्देश रहेको छ। यसले ठूलो सन्देश दिएको छ।

चिकित्सकका अनुसार, ९८ प्रतिशत फोक्सोको क्यान्सर चुरोट सेवनवाट हुने गरेको छ। वाँकी २ प्रतिशत मात्र अन्य अपवादका कारणले हुने गर्दछ। यो भयावह चित्रलाई विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको सेवन गर्नाले प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको अकालमा मृत्यु हुने गरेको आँकडा नै निकालेको छ। यो संख्या आगामी वर्षहरुमा यसको सेवनमा कमी नगरे अझ बढ्ने खतरा हुने चेतावनी समेत दिएको छ।

विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांक अनुसार प्रत्येक दिन नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ७५ जना मानिसको मृत्यु भएको पाइएको थियो। यसले धेरै मानिसको अकालमा मृत्यु हुने गरेको देखिन्छ। सुर्तीजन्य पदार्थको सेवनले धेरै थरिका क्यान्सर (जिब्रो, फोक्सो, मुख, घाँटी आदिको), मुटु रोग, स्ट्रोक, फोक्सोसम्बन्धी रोग तथा अन्य स्वास्थ्य समस्या हुन्छ। यसका लागि समाजमा अग्रणी भूमिका खेल्ने सञ्चारमाध्यम, शिक्षक, अभिभावकलाई प्रयोग गरेर भएपनि युवालाई यसको सेवनबाट टाढा राख्नुपर्ने सन्देश दिन खोजेको छ।

अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्था (टिनएज)बाट चुरोट तथा सुतिजन्य पदार्थको सेवन सुरु गर्छन्। जति सानो उमेरका सुर्तीजन्य पदार्थ सेवन गर्न सुरु गर्याे त्यति नै यसको गहिरो लत बस्ने संभावना रहन्छ। यही कारणले गर्दा युवाहरु चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नु महत्वपूर्ण हुन्छ।

सरकार चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्नेहरुलाई कडा कारवाही गर्न हच्किरहेको पाइन्छ। सार्वजनिकस्थलमा चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई तुरुन्ता तुरुन्त एक सय रुपैया जरिवाना गर्ने नियम एकताका ल्याएको पाएतापनि पूर्णरुपमा लागु गर्न सकेन । चुरोट तथा सुर्तिजन्य पदार्थमा जति कर लगाएतापनि उठ्ने गरेको कारण पनि सरकार यसमा मौन बसेको पाइएको छ । सरकारलाई बढी फाइदा दिने गरेको चुरोट तथा सुर्तिजन्य पदार्थलाई रोक लगाउन नसक्नु स्वभाविकता भएतापनि जनस्वास्थ्यमा यसले अत्यन्त नकारात्मक खेल खेलेको छ।

खुवाउनेलाई भन्दा खानेले मेरो स्वास्थ्यका लागि यो त खराब हो भनेर नखाइदिएको भए, अत्यन्त राम्रो हुनेथियो। उपभोक्ता स्वयम् सजक भएको भए, स्वास्थ्यमा कुनै समस्या हुदैन। सवैले समयमा नै चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन नगर्न र नगराउन सचेतनात्मक सन्देश फैलाउन अत्यन्त आवश्यक छ ।

- नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ०८:३०
##smoking
प्रतिक्रिया दिनुहोस्
थप विचार
वर्षेनीको बाढी-पहिरो समस्या
वर्षेनीको बाढी-पहिरो समस्या आइतबार, साउन २२, २०७९
एसईई परीक्षाकाे नतिजामा गिरावट
एसईई परीक्षाकाे नतिजामा गिरावट शनिबार, साउन २१, २०७९
निरङ्कुस लोकतन्त्र
निरङ्कुस लोकतन्त्र शनिबार, साउन १४, २०७९
श्रीलंका बन्ने खतराबाट बच्ने अचुक उपचारविधि
श्रीलंका बन्ने खतराबाट बच्ने अचुक उपचारविधि शनिबार, साउन ७, २०७९
आत्मनिर्भरताको लागि भूगोल, इतिहास र संस्कृतिको अध्यापन अनिवार्य 
आत्मनिर्भरताको लागि भूगोल, इतिहास र संस्कृतिको अध्यापन अनिवार्य  शुक्रबार, साउन ६, २०७९
शिक्षक र विद्यार्थीवीचको सम्बन्ध
शिक्षक र विद्यार्थीवीचको सम्बन्ध बुधबार, असार २९, २०७९
संवेदनशिलता बिनाको राजनीति
संवेदनशिलता बिनाको राजनीति शनिबार, असार २५, २०७९
लागुऔषध दुर्व्यसनीकाे समस्या र समाधान
लागुऔषध दुर्व्यसनीकाे समस्या र समाधान शनिबार, असार १८, २०७९
कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर 
कहिल्यै नसुल्झिने काठमाडौं महानगरको फोहोर  शनिबार, असार ४, २०७९
लोकप्रिय
  • नंः १ गगन थापाको चुनावी क्षेत्रमा समाजसेवी शिवराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी घोषणा
  • नंः २ सुनिता बुढाक्षेत्री र अमृत खातीको आवाजमा ‘नाइ भन्छ मायाले’ सार्वजनिक
  • नंः ३ नेपाल अडिटर्स एशोसिएशन (अडान)को १७औं स्थापना दिवस भब्यतापूर्वक सम्पन्न
  • नंः ४ तामाकोशीका कुलवहादुर घिसिङले जिते डिशहोम नगद १ लाख
  • नंः ५ सप्तकोसीले धार सोझ्याउँदा उदयपुर र सप्तरी क्षेत्र प्रभावित
विचार
वर्षेनीको बाढी-पहिरो समस्या
वर्षेनीको बाढी-पहिरो समस्या Nami News
एसईई परीक्षाकाे नतिजामा गिरावट
एसईई परीक्षाकाे नतिजामा गिरावट Nami News
निरङ्कुस लोकतन्त्र
निरङ्कुस लोकतन्त्र कपिल अर्याल
सूचना-प्रविधि
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ
डिश मिडिया नेटवर्कद्वारा आइपी टिभी सेवा शुभारम्भ Nami News
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार 
डिशहोम फाईबरनेट सेवा शोरूम विस्तार  Nami News
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम
बुटवल ट्राफिकचोकमा डिशहोम फाईवरनेट शोरुम Nami News
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Like us on Facebook
Nami News
© Nami News - 2022 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्