Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन-ज्यानकै जोखिम
चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन-ज्यानकै जोखिम सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असार ११, २०७९
Smoking

"म यतिखेर तपाईको कारण जलिरहेको छु। भोलि मेरो कारण तपाई जलिरहेको हुनेछ" भनेर ध्रुम्रपानको विरुद्धको एक सन्देशमूलक विज्ञापन ललितपुर महानगरपालिकाले नगर कार्यपालिका भवनको प्रांगणमा राखिएको छ। जुन सन्देशमूलक विज्ञापनमा चुरोट जलिरहेको चित्र रहेको छ। त्यही चित्रको मुनि माथि उल्लेखित सन्देश रहेको छ। यसले ठूलो सन्देश दिएको छ।

चिकित्सकका अनुसार, ९८ प्रतिशत फोक्सोको क्यान्सर चुरोट सेवनवाट हुने गरेको छ। वाँकी २ प्रतिशत मात्र अन्य अपवादका कारणले हुने गर्दछ। यो भयावह चित्रलाई विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको सेवन गर्नाले प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको अकालमा मृत्यु हुने गरेको आँकडा नै निकालेको छ। यो संख्या आगामी वर्षहरुमा यसको सेवनमा कमी नगरे अझ बढ्ने खतरा हुने चेतावनी समेत दिएको छ।

विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांक अनुसार प्रत्येक दिन नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ७५ जना मानिसको मृत्यु भएको पाइएको थियो। यसले धेरै मानिसको अकालमा मृत्यु हुने गरेको देखिन्छ। सुर्तीजन्य पदार्थको सेवनले धेरै थरिका क्यान्सर (जिब्रो, फोक्सो, मुख, घाँटी आदिको), मुटु रोग, स्ट्रोक, फोक्सोसम्बन्धी रोग तथा अन्य स्वास्थ्य समस्या हुन्छ। यसका लागि समाजमा अग्रणी भूमिका खेल्ने सञ्चारमाध्यम, शिक्षक, अभिभावकलाई प्रयोग गरेर भएपनि युवालाई यसको सेवनबाट टाढा राख्नुपर्ने सन्देश दिन खोजेको छ।

अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्था (टिनएज)बाट चुरोट तथा सुतिजन्य पदार्थको सेवन सुरु गर्छन्। जति सानो उमेरका सुर्तीजन्य पदार्थ सेवन गर्न सुरु गर्याे त्यति नै यसको गहिरो लत बस्ने संभावना रहन्छ। यही कारणले गर्दा युवाहरु चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नु महत्वपूर्ण हुन्छ।

सरकार चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्नेहरुलाई कडा कारवाही गर्न हच्किरहेको पाइन्छ। सार्वजनिकस्थलमा चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई तुरुन्ता तुरुन्त एक सय रुपैया जरिवाना गर्ने नियम एकताका ल्याएको पाएतापनि पूर्णरुपमा लागु गर्न सकेन । चुरोट तथा सुर्तिजन्य पदार्थमा जति कर लगाएतापनि उठ्ने गरेको कारण पनि सरकार यसमा मौन बसेको पाइएको छ । सरकारलाई बढी फाइदा दिने गरेको चुरोट तथा सुर्तिजन्य पदार्थलाई रोक लगाउन नसक्नु स्वभाविकता भएतापनि जनस्वास्थ्यमा यसले अत्यन्त नकारात्मक खेल खेलेको छ।

खुवाउनेलाई भन्दा खानेले मेरो स्वास्थ्यका लागि यो त खराब हो भनेर नखाइदिएको भए, अत्यन्त राम्रो हुनेथियो। उपभोक्ता स्वयम् सजक भएको भए, स्वास्थ्यमा कुनै समस्या हुदैन। सवैले समयमा नै चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन नगर्न र नगराउन सचेतनात्मक सन्देश फैलाउन अत्यन्त आवश्यक छ ।

- नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ०८:३०
##smoking
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्