Top Navigation
Main Navigation
बुधबार, जेठ २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, जेठ २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • देशभर रोपाइँ महोत्सव, खेताला पाउनै कठिन
देशभर रोपाइँ महोत्सव, खेताला पाउनै कठिन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार १५, २०७९
Paddy Planting

काठमाडाै । सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा मनाउने घोषणा गरेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)सहित देशभर रोपाइँ महोत्सव गरिँदैछ।

असारलाई मानो रोपेर मुरी उब्जाउने समयका रुपमा समेत कृषकहरुले लिने गरेका छन्। असार लागेसँगै कृषकहरुलाई खेतबारीमा कामको चटारो छ । मकै स्याहार्न तथा धान रोप्ने खेतको तयारीमा कृषकहरु जुटेका छन्।

जिल्लाका अधिकांश स्थानमा बर्खेधानको रोपाइँ सुरु भइसकेको छ। खेत रोप्दै गरेका भने खेतीपानी गर्नका लागि खेताला नपाउने समस्या रहेको बताउँछन् ।

प्रविधिको विकाससँगै खेतबारीमा राँगा र गोरुले जोत्ने चलन हराइसक्यो । इन्धनको मूल्यवृद्धि भएसँगै ट्र्याक्टरको प्रयोग अत्यधिक महँगिएको किसानहरुले अनुभूति गरेका छन् ।

पछिल्लो समय कृषकहरुलाई खेती गर्नका लागि झन् भन्दा झन् गाह्रो हुँदै गएको कावासोती-१७ का कृषक पिताम्बर सुवेदी बताए। “अहिले खेतबारीमा काम गर्ने खेतालाहरु पाउनै मुस्किल छ। खेताला पाइहाले पनि रोपाइँका लागि आवश्यक पर्ने सिँचाइको असुविधा छ,” उनले भने, “महँगीका कारण सबै कुराको भाउ अत्यधिक बढ्यो। अब खेती किसानी गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था बिस्तारै हराउन थालेको छ।”

गाउँघरका युवाहरु विदेसिने क्रम बढेकाले समेत कृषि कर्मका लागि खेतालाहरु पाउनै कठिन भएको मध्यविन्दु-३ का कृषक जुगतराम थनेतको भनाइ छ। “धान खेतीका लागि आधुनिक प्रविधि भित्रिएको भए पनि ती प्रविधिहरु सबै कृषकको पहुँचमा छैनन्,” उनी भन्छन्, “प्रविधिबाट रोपाइँको काम सुरु भए पनि केही कामका लागि भने मानिसको श्रम नै आवश्यक पर्छ तर काम गर्ने युवाहरु तथा जनशक्ति नै छैनन्।” गाउँघरमा बूढाबूढी र केटाकेटी तथा महिला मात्रै भेटिने गरेका भन्दै थनेतले आवश्यक पर्ने बेलामा बाउसे र रोपाहारहरु पाउनै नसकिने बताए।

मुस्किलले पाउने खेतालाको ज्याला र धान रोप्दा लागेको खर्च जोड्ने हो भने आम्दानीभन्दा खर्च बढी लाग्ने गरेको थनेतको भनाइ छ। उन्नत जातको धान रोपेर धेरै उत्पादन गर्ने अभिलाषा पालेका उनले धान बेचेर नै वर्षभरिको खर्च धान्ने गरेको छ।

तर सबै क्षेत्रमा महँगी बढेसँगै खेती गर्न गाह्रो भएको थनेतले गुनासो गरे। “खेताला महँगिएका छन्। ट्र्याक्टर भाडा उस्तै महँगो छ। उत्पादनभन्दा खर्च बढी भएको छ। अब कसरी खेतीपाती गरेर जीविका चलाउने हो रु,” उनले भने, “एकजना खेतालाले प्रतिघण्टा १२० का दरले ज्याला लिन्छन्। अनि ट्र्याक्टरले जोतेको प्रतिमिनेट ४५ लिने गरेको छ।”

धान रोपाइँका लागि खेताला नपाउने समस्या एकतिर हुँदाहुँदै अर्कोतिर धानबालीमा हाल्ने मलको अभावसमेत कृषकहरुले खेप्नु परेको उनको भनाइ छ । धान रोप्ने समयमा कहिल्यै पनि रासायनिक मल नपाउने गरेको जनाउँदै उजले सहकारीमा गएर घण्टौँ लाइन बस्दा पनि रित्तो हात फर्किनुपर्ने अवस्था रहेको बताए।

कावासोती-१७ कि गीता विकले धान रोप्ने समयमा मल, बीउ नपाउने र खेतालाको समस्या हुनाका साथै उत्पादन पछि पनि बिक्री गर्दा उचित मूल्य नपाउने गरेको गुनासो गरे।

स्थानीय सरकारले खेती गर्नका लागि आधुनिक मेसिन सहुलियत रुपमा वितरण गरेका किसानलाई राहत हुने विकले बताए। “अब खेताला पाउन गाह्रो छ पाएको खेतालाको मूल्य पनि धेरै छ,” उनले भने, “यस्तो अवस्थाका स्थानीय सरकारले धान रोप्ने मेसिन अनुदानमा दिने हो भने हामीलाई राहत हुने थियो।”

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले जिल्लामा यस वर्ष २० हजार ५८० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइने बताए। जिल्लाको धान खेती गरिने कूल क्षेत्रफलमध्ये ५५ प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने लामिछानेको भनाइ छ। जिल्लामा कुलो, बोरिङ, ट्युवेल लगायतबाट धान खेतीमा सिँचाइ हुने गरेको लामिछानेले बताए।

मुख्यगरी जिल्लाको दक्षिणी भागमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटका दक्षिणी भागहरुमा धान खेती राम्रो हुने गरेको उनले भने, “पहाडी क्षेत्र बुलिङटारमा पनि धानको उत्पादन राम्रो छ।” जिल्लाको कूल खेतीयोग्य जमिन ४९ हजार ७४७ हेक्टर रहेको छ।

कूल खेतीयोग्य क्षेत्रफलको करिब ३१ प्रतिशत जमिनमा मात्रै धान खेती हुँदै आएको प्रमुख लामिछानेले बताए। जिल्लामा धान खेती विस्तारका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको प्रमुख लामिछानेको भनाइ छ।

ज्ञान केन्द्रले धान खेती गर्ने किसानका लागि अनुदानमा बीउ, मल, सिँचाइलगायत सुविधा प्रदान गर्दै आएको छ।

नवलपुरमा सावित्री, सावा मन्सुलीसहित वर्णशङ्कर जातका धान उत्पादन हुने गरेको छ । जिल्लामा रैथाने धानको खेती भने बिस्तारै हराउँदै गएको छ। 
 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १२:५०
##paddy
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा बुधबार, जेठ १३, २०८३
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु बुधबार, जेठ १३, २०८३
पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व
पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व आइतबार, जेठ १०, २०८३
गाउँमै निःशुल्क विज्ञान पढाउने जनता नमूना मावि
गाउँमै निःशुल्क विज्ञान पढाउने जनता नमूना मावि शुक्रबार, जेठ ८, २०८३
उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर
उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर बिहीबार, जेठ ७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
  • नंः २ कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
  • नंः ३ स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
  • नंः ४ ११ बुँदे विशेष प्रस्ताव पारित गर्दै अडानको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न
  • नंः ५ पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्