Top Navigation
Main Navigation
बुधबार, असोज १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कृषिलाई उद्योगका रुपमा विकास गर्न राष्ट्रपतिको आग्रह
कृषिलाई उद्योगका रुपमा विकास गर्न राष्ट्रपतिको आग्रह
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार १५, २०७९
Bidyadevi Bhandari

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि पेशालाई व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताएको छ।

राष्ट्रपति भण्डारीले उत्पादकत्व वृद्धि गरी कृषिलाई उद्योगका रूपमा विकास गर्ने लक्ष्य पूरा आग्रह गरेको हो।

राष्ट्रिय धान दिवसका सन्दर्भमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘सबल र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनःसम्भावना, अनभुव र सिकाइ’ विषयक अन्तक्र्रियामा राष्ट्रपति भण्डारीले वर्तमान समयमा हाम्रासामु एकातिर खाद्य वस्तुको बढ्दो आयातका कारण कृषि क्षेत्रको र समग्र मुलुकको व्यापार घाटा कम गर्नुपर्ने चुनौती छ भने अर्कोतिर मुलुकको सम्पूर्ण जनसङ्ख्याका लागि खाद्यसुरक्षा, पौष्टिक आहार र स्वस्थ जीवन सुनिश्चित गर्नुपर्ने दायित्व रहेको उल्लेख गरेका हुन्। 

Nepal Oil Corporation

“सम्मानित कृषि व्यवसाय र आत्मविश्वासले भरिएका किसानको मेहनतबाट मात्र हामीले यी चुनौतीको सामना गर्न सक्दछौँ। हामीले मुलुकको समग्र कृषि प्रणाली, खाद्य सुरक्षाको अवस्था, उत्पादकत्व वृद्धि, कृषिमा आधारित पेशा र व्यवसायको मर्यादा वृद्धि एवं किसानका समस्याको समाधान गर्ने विषयमा सार्थक छलफल गर्नु सान्दर्भिक हुन्छ”, राष्ट्रपति भण्डारीले भने, “धान, चामल माथिको हाम्रो निर्भरतालाई कम गर्न बाली विविधीकरण गरी किसानले फलाउने मकै, गहुँ, कोदो, फापर, चिनो, कागुनो र जुनेलो जस्ता रैथाने बालीको प्रवद्र्धन गर्नु पनि धान दिवसको उद्देश्य भित्रै पर्दछ भन्ने मलाई लाग्दछ।”
       
राष्ट्रपति भण्डारीले आधुनिक प्रविधिको प्रयोग, बीउबिजन र मलको समयमै उपलब्धता, उत्पादन हुँदै बजार र उपभोगसम्मको चक्रमा किसानलाई हाम्रा नीति तथा कार्यक्रमका माध्यमबाट सहजीकरण गर्नु आवश्यक भएकामा जोड दिँदै उत्पादनदेखि बजारसम्म पुग्न किसानलाई आवश्यकपर्ने बाटो, सिँचाइ, कृषि उपकरण जस्ता आधारभूत पूर्वाधारको निर्माणमा नेपाल सरकारले अग्रसरता लिनुपर्ने बताएका छन् ।

राष्ट्रपति भण्डारीले बाँझो जमिनलाई आवाद गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले भूमिका खेल्नुपर्ने तथा चिया, अलैँची, अदुवा, कपास, जुट, अम्रिसो, उखु, बाँस, निगालो आदिको खेतीबाट किसानलाई तत्काल आर्थिक लाभ मिल्ने हुनाले यसैमा आधारित कृषि उद्योगको स्थापना एवं दिगो सञ्चालनमा जोड दिनुपर्ने बताए।

कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, कृषिसम्बन्धी निकायका अधिकारी, विज्ञ, मदन भण्डारी फाउण्डेशनका पदाधिकारीलगायत सहभागी कार्यक्रममा उनीहरुले कृषि उत्पादकत्वको अवस्था र वृद्धिका उपायबारे सुझाव दिएका थिए। 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  २१:०६
##BidyaDeviBhandari
प्रतिक्रिया दिनुहोस्
थप समाज
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः २ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
  • नंः ३ नेपालकाे पहिलाे महिला सरकार प्रमुख बनिन् सुशीला कार्की
  • नंः ४ अन्तरिम सरकार नेतृत्वका लागि निर्णायक वार्ता
  • नंः ५ अन्तरिम सरकार गठन विषयउपर छलफल
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्