Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
शनिबार, कात्तिक २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, कात्तिक २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • वैदेशिक श्रमिकलाई धितोपत्र कारोबारमा जोड्ने
वैदेशिक श्रमिकलाई धितोपत्र कारोबारमा जोड्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन १२, २०७९

काठमाडौ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि धितोपत्रको कारोबारमा जोड्ने भएको छ ।

विशेषगरी विप्रेषणलाई वैधानिक तबरले भित्र्याउने तथा त्यसबाट थप पूँजीको विस्तार गर्ने लक्ष्यका साथ बोर्डले प्राथमिक शेयर निष्काशनमा १० प्रतिशत बराबरको शेयर आरक्षण गर्ने नीति तय गरेको हो ।

त्यसका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गर्ने भएको छ । बोर्डको चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश हमालले विप्रेषण पठाउने श्रमिकको हितका लागि यस्तो नीतिको प्रबन्ध गरिएको जानकारी दिएका हुन् ।

धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुल्ला गर्न धितोपत्रसम्बन्धी कानुनमा आवश्यक संशोधन तथा परिमार्जन गरिने भएको छ ।

Nepal Oil Corporation

बोर्डलाई थप जवाफदेहितासहितको अधिकार सम्पन्न नियमन निकाय बनाउनका लागि धितोपत्र तथा वस्तु विनिमय बोर्डसम्बन्धी विधेयक तथा धितोपत्र व्यवसायीको नियमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन धितोपत्र विनियमसम्बन्धी विधेयकको मस्यौदा कार्य अगाडि बढाइने अध्यक्ष हमालले जानकारी दिएका छन् ।

साथै धितोपत्र व्यवसायीको लागि संस्थागत सुधारसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने भएको छ । बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवं सदृढ व्यवस्था गर्न विवरण प्रवाह तथा प्राप्ति प्रणाली विकास गरिएकामा त्यसलाई थप प्रभावकारी बनाउने बोर्डको योजना छ ।

धितोपत्र बजारमा राफसाफमा आउन सक्ने समस्या समाधानका लागि आवश्यक अक्सन मार्केटको विकास तथा सञ्चालनसम्बन्धी अध्ययन गर्ने बोर्डको योजना छ ।

बोर्ड कर्मचारीको सेवा सर्त नियमावलीलाई समयानुकूल बनाउनुका साथै बोर्ड पदाधिकारीलाई आचारसंहिताले बाँध्नका लागि थप पुनरावलोकन एवं समसामयिक बनाउने लक्ष्य राखिएको छ । बोर्डले समग्र रुपमा वर्षभरि कार्यक्रमको ढाँचा तथा रुपरेखा सार्वजनिक गरेको छ ।

यसबाट नेपालको समग्र शेयर बजारको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । शेयर बजारमा साना लगानीकर्ताको हितको सम्वद्र्धन गर्ने र ठूला लगानीकर्ताको अनावश्यक चलखेल नियन्त्रणका लागि समेत प्रभावकारी नीति तथा कार्यक्रमको प्रबन्ध गरिएको अध्यक्ष हमालले जानकारी दिए । 

बजारको विस्तारका लागि आवश्यक सबै उपायको अवलम्बन गर्ने लक्ष्य बोर्डले लिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  २१:२६
##securitiesboardofnepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
चालु आर्थिक वर्षकाे हालसम्म पनि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन  बजेट
चालु आर्थिक वर्षकाे हालसम्म पनि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन  बजेट शुक्रबार, कात्तिक १, २०८२
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा
सिन्धुलीका सफल कृषक पूर्णबहादुर मस्राङ्गीको कथा शनिबार, असोज ११, २०८२
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी
दशैं लक्षित १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी आइतबार, असोज ५, २०८२
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु
आजबाट रेडमी नोट १४ सिरिजकाे विशेष ‘बन्डलिङ योजना’ शुरु आइतबार, असोज ५, २०८२
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक
धरान उपमहानगरपालिकाको बजेट सार्बजनिक शनिबार, असोज ४, २०८२
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक ||
तिलक थापा || रेसुङ्गाका जुँगे साहुजी || नेपालका प्रथम राष्ट्रपतिको सवारी चालक || शुक्रबार, असोज ३, २०८२
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि
महालक्ष्मी विकास बैंकको लाभांश वितरण क्षमतामा वृद्धि शुक्रबार, भदौ ६, २०८२
उड्ने कार हेर्नेकाे ओइरो
उड्ने कार हेर्नेकाे ओइरो बुधबार, भदौ ४, २०८२
१७ औं नाडा अटो शो मेला
१७ औं नाडा अटो शो मेला मंगलबार, भदौ ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः २ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः ३ प्रेमिल भाइरल जुँगे र अनिता थापाको अनुपम प्रेमकहानी
  • नंः ४ सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
  • नंः ५ प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्