Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • वैदेशिक श्रमिकलाई धितोपत्र कारोबारमा जोड्ने
वैदेशिक श्रमिकलाई धितोपत्र कारोबारमा जोड्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन १२, २०७९

काठमाडौ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि धितोपत्रको कारोबारमा जोड्ने भएको छ ।

विशेषगरी विप्रेषणलाई वैधानिक तबरले भित्र्याउने तथा त्यसबाट थप पूँजीको विस्तार गर्ने लक्ष्यका साथ बोर्डले प्राथमिक शेयर निष्काशनमा १० प्रतिशत बराबरको शेयर आरक्षण गर्ने नीति तय गरेको हो ।

त्यसका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गर्ने भएको छ । बोर्डको चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश हमालले विप्रेषण पठाउने श्रमिकको हितका लागि यस्तो नीतिको प्रबन्ध गरिएको जानकारी दिएका हुन् ।

धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुल्ला गर्न धितोपत्रसम्बन्धी कानुनमा आवश्यक संशोधन तथा परिमार्जन गरिने भएको छ ।

बोर्डलाई थप जवाफदेहितासहितको अधिकार सम्पन्न नियमन निकाय बनाउनका लागि धितोपत्र तथा वस्तु विनिमय बोर्डसम्बन्धी विधेयक तथा धितोपत्र व्यवसायीको नियमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन धितोपत्र विनियमसम्बन्धी विधेयकको मस्यौदा कार्य अगाडि बढाइने अध्यक्ष हमालले जानकारी दिएका छन् ।

साथै धितोपत्र व्यवसायीको लागि संस्थागत सुधारसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने भएको छ । बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवं सदृढ व्यवस्था गर्न विवरण प्रवाह तथा प्राप्ति प्रणाली विकास गरिएकामा त्यसलाई थप प्रभावकारी बनाउने बोर्डको योजना छ ।

धितोपत्र बजारमा राफसाफमा आउन सक्ने समस्या समाधानका लागि आवश्यक अक्सन मार्केटको विकास तथा सञ्चालनसम्बन्धी अध्ययन गर्ने बोर्डको योजना छ ।

बोर्ड कर्मचारीको सेवा सर्त नियमावलीलाई समयानुकूल बनाउनुका साथै बोर्ड पदाधिकारीलाई आचारसंहिताले बाँध्नका लागि थप पुनरावलोकन एवं समसामयिक बनाउने लक्ष्य राखिएको छ । बोर्डले समग्र रुपमा वर्षभरि कार्यक्रमको ढाँचा तथा रुपरेखा सार्वजनिक गरेको छ ।

यसबाट नेपालको समग्र शेयर बजारको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । शेयर बजारमा साना लगानीकर्ताको हितको सम्वद्र्धन गर्ने र ठूला लगानीकर्ताको अनावश्यक चलखेल नियन्त्रणका लागि समेत प्रभावकारी नीति तथा कार्यक्रमको प्रबन्ध गरिएको अध्यक्ष हमालले जानकारी दिए । 

बजारको विस्तारका लागि आवश्यक सबै उपायको अवलम्बन गर्ने लक्ष्य बोर्डले लिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  २१:२६
##securitiesboardofnepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड मंगलबार, भदौ ९, २०८३
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो बुधबार, साउन २७, २०८३
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब बुधबार, साउन २७, २०८३
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्