Top Navigation
Main Navigation
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • निरङ्कुस लोकतन्त्र
निरङ्कुस लोकतन्त्र
कपिल अर्याल
कपिल अर्याल शनिबार, साउन १४, २०७९

मै खाउँ मै लाउँ सुख सयल मोज म गरुँ, मै वाचुँ मै नाचुँ अरु सब मरुन दुर्वलहरु लेखनाथ पौडयालको यो कविताले आजको लोकतान्त्रिक भनिएको व्यबस्थाप्रति यथार्थपरक रुपमा ब्यङ्ग्य गरेको छ ।

लेखनाथ पौड्यालको यो कविताले लोकतन्त्रमाथि रजाइँ गरिरहेकाहरुप्रति धारिलो छुरा प्रहार गरिरहेको छ । तर दुर्वलहरुको घैँटोमा घाम चाहिँ लागेको छैन । लागोस् पनि कसरी यहाँ म वाद हावी छ । नेतृत्वले सुन्दैन, न त देख्छ, न त बोल्छ । यो परोपकारी भाव र दृष्टिरहित पद्धति नै निरङ्कुस लोकतन्त्र कहलिएको छ ।

लोक भनेको जनतातन्त्र भनेको विधि वा प्रक्रिया अर्थात विधि पद्धतीद्वारा लोकले शासन गरिने पद्धति नै लोकतन्त्र हो। सामान्य अर्थमा लोकतन्त्रमा जनता सार्वभौम हुन्छन् र जनता मालिक हुन्छन्, शासक क्रियाको प्रतिफलमुखी कर्ता मात्र हुन्छ । तर यहाँ विलकुलै उल्टो छ । लोकतन्त्र ठेक्कामा चल्छ । सिमित राजनीतिक नेताको ठेकेदारी प्रथाद्वारा सञ्चालित छ लोकतन्त्र ।

प्रेस स्वतन्त्रता वा वाक स्वतन्त्रता, वालिक मताधिकार, निर्वाचन प्रणाली, अन्तर्राष्ट्रिय मानव अधिकार, राजनीतिक स्वतन्त्रता जस्ता मानवमाथि लोकतन्त्रले सधै निरङ्कुसता मात्र लादिरहयो ।

Nepal Oil Corporation

प्रजातन्त्रका हिमायतीहरुलाई यी शब्दावलीले दिलमा च्वास्स पोल्नु स्वभाविक नै हो । वास्तवमा सिद्धान्ततः प्रजातन्त्र, लोकतन्त्रको मूल मर्मलाई बुझ्ने कोशिस नै गरिएन । न त खास प्रकारका प्रजातान्त्रिक पाठशाला निर्माण भए, न त प्रजातन्त्रको औचित्यलाई प्रकाश पार्ने काम भयो । यो त राजनीतिक स्वार्थसिद्धिको विचार मार्ग मात्र बन्न सफल बन्यो ।

मताअधिकारको जनताद्वारा प्रयोग त भयो तर मतहरु खरिद बिक्रिका साधन बने । वाक स्वतन्त्रता जनताले प्राप्त त गरे तर उच्छृङखलता, उदण्डता, अराजकता र अश्लिलतामा वाक स्वतन्त्रताको प्रयोग भयो । मानव अधिकार दलतन्त्र कै रजगज भित्र अल्मलिरह्यो तर आवाज विहिनहरुको अधिकारको आवाज कहिल्यै बन्न सकेन ।

राजनीतिक स्वतन्त्रता अमुक दलका अमुक पात्रका लागि कमाई खाने धन्दा बन्यो तर जनताको चुल्होमा कहिल्यै रापताप महसुस भएन । सरकारी अड्डा, सरकारी सेवा र संघ संस्थामा काम भन्दा ज्यादा राजनीति सुरु भयो । ट्रेड युनियन राजनीति संरक्षणका मतियार बन्न पुगे श्रमजीवीमाथि दमन सुरु गरियो ।

दुखको कुरा त ट्रेड युनियन र श्रमजीवी भित्र पनि राजनीतिक पद सदस्यता प्राप्तीका आधारमा छनौट हुने प्रक्रिया अघि बढ्यो । सदस्य हुनेले मात्र काम, दाम र माम प्राप्त गरे अरु त सबै चिल्लाराम ।

संबैधानिक अंग, अदालत, प्रहरी, नेपाली सेना, विश्वविधालय सबै क्षेत्र भित्र दलियताको हर्ष पर्व चलिरह्यो । वास्तविक पीडितले कहिले न्याय पाएनन, हुने खानेहरु कै हालीमुहाली चलिरह्यो । कागजी पानामा लोकतन्त्र सर्वोपरी समावेसीमूलक, समन्वयात्मक परक भनिएता पनि व्यवहार मानव सामन्त र नव अवसरबादीका पञ्जामा लोकतन्त्र कैद भयो ।

२००७, २०४६ र २०६२/६३ सालमा प्रजातान्त्रिक, लोकतान्त्रिक क्रान्तिमा रगत, पसिना बगाउने जनताहरुका आला घाउमा लोकतन्त्रले मल्हम लगाउन सकेन । उत्पिडन, निम्नवर्ग, असहाय, अशक्त, अपाङ्ग, दिर्घ रोगी लगायत लक्षितवर्गको जिवनस्तर बृद्धिमा कुनै योगदान लोकतन्त्रले गर्न सकेन ।

लोकतन्त्रले हिंसा र कुसंस्कार आविस्कार गरिरह्यो तर कलमको महत्व कहिले बुझाउन सकेन । जातिबाद, क्षेत्रीयताबाद, नस्लबाद, एकाअधिकारबाद, उपभोगिताबाद, परनिर्भताबाद, दासत्व वाद र सर्वसत्ताबाद भन्दा नौलो विचार हामीले यो सात दशकमा के नै अनुभुति गरयौ र ? महात्मा गान्धीको अंहिसाको मार्ग, नेल्शन मण्डेलाको शान्तिको मार्ग, अब्राहम लिंकनको जनता (ले, लाई, द्वारा) त बस कथनका मिथ्या कुरा न थिए । त्यो आर्दशताको व्याख्यान त चेतना विहीन समाजमा, अभाव र गरिवीले छट्पटिएको समाजमा भोट कब्जाको रणनीतिका लागि अगाडि बढाईएको औजार मात्र न थियो ।

विश्वभर नै लोकतन्त्र कमजोर हुदै गयो । लोकतन्त्रलाई कमाई खाने धन्दा बनाएका शासकहरुले लोकतन्त्रको घाँटी रेट्ने काम गरे । विधिको शासन, कानुनी सर्वोच्ता, शक्ति पृथकीकरणको सिद्धान्त र न्यायिक पुनराअवलोकन जस्ता लोकतन्त्रका सारभुत महिमा शत्तासिन वर्गको अनुकुलिय प्रयोगशालामा सिमित रहयो । द्वन्द र आतंकबाद सिकाउने लोकतन्त्रले शान्ति कहिले सिकाएन । हुँदा खानेको गाँस खोस्यो तर हुने खानेमाथि पालनपोषण गरिरहयो ।

निर्धा र अर्धचेतमाथि बर्बर शासन गरिरहयो । गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्द जस्ता प्रजातान्त्रिक शहिदले के का लागि मृत्युवरण गरे ? टंकप्रसाद आचार्यको प्रजाप्ररिषदको गठन के का लागि थियो ? उत्तर खोज्ने कुनै लोकतान्त्रिक पाठशाला निर्माण भएन । विपी, किसुनजी, गणेशमान जस्ता सरल शौरभी पुरुषको खोजि किन हुन सकेन ? पक्कै पनि त्यो गोरेटो अनुशरण गर्दा ठेट नेपाली भाषामा पाखे भईन्छ कि भन्ने डर नेतृत्वलाई लाग्दो हो ।

राजनीतिलाई सेवाको भावबाट हेर्न सकेको भए, जनताका आधारभुत र मौलिक हकलाई संवद्र्धन गर्न सकेको भए लोकतन्त्र बलियो हुने थियो । शासन गर्नेको निहित र व्यक्तिगत स्वार्थका कारणले लोकतन्त्र निरङ्कुस साबित भयो।

सांसदहरुको झै झगडा, बन्द हड्ताल, बलात्कार, आपराधिक घटनामा बृद्धि, राष्ट्रप्रेमको अभाव यी यावत विषयमा सन्देह हुनै सकेन । बरु सुरा सुन्दरी काण्ड, यौन काण्ड, भ्रष्टाचारकाण्ड नेतृत्वमा मौलाईरहयो ।

हाम्रो नेतृत्वको संसदीय गतिबिधिले विश्वमञ्चमा हाम्रो स्वाभिमानको कुनै मूल्य राखेन । बरु हामीलाई निकम्मा र हुतिहारा सावित गर्यो । प्रत्येक मिनेट, घण्टामा सरकार परिवर्तत हुन्छ, मन्त्री फेरिन्छन् । जति जागाराम रातभर बसे पनि बिहान सुर्योदय हुन्छ भने जस्तै सरकार ढल्ने, मन्त्री फेरिने क्रम निरन्तर चलिरहन्छ यहाँ ।

अस्थिर राजनीति भएको बेला अप्राकृतिक ढंगले सबैका आय आर्जनका दुकान पनि फस्टिने रैछन् । लागुऔषध ओसारपसार, तस्करी, कालाबजारी ,महङ्गी, भ्रष्टाचार, बैदेशिक हस्तक्षेप, आपराधिक घटना आदि इत्यादि । हाम्रो कुभलो हुने शन्धी सम्झौता पनि यस्तै अस्थिर राजनीतिक समयको बेला पास हुँदा रहेछन् ।

चेपुवामा देश पर्दोरहेछ, मर्कामा जनता पर्दा रैछन् । जनताका ओसिला आँखा पुछ्ने कोही हुँदो रहेन छ । अस्पतालको सैयामा होस् वा प्रदेशबाट फर्केका मृत बाकस हुन्, सिटामोल नपाएर होस्वा किड्नी, क्यान्सरले थलिएर होस् । २०४६ पछि त अस्पताल र शिक्षाका व्यबसाय निकै फस्टिए ।

सेवामा आधारित भन्दापनि रुपियाँमा आधारित सेवा बन्न पुग्यो । जनताका गाँस, बास, सुख सयल त्यही बाटै अन्त्य भए । ऋणको भारी बोकेर प्रदेशको यात्रा नेपाली युवाले त्यही दिनदेखि शुरु गरे । शैक्षिक प्रमाण–पत्र खोष्टा ठहरिए ।

अन्त्यमा यो दरिद्रता अर्कोतर्फ द्रव्य भुतता राजनीति कै उपमा थियो । लोकतन्त्र कै उपमा बन्न पुग्यो । अब यी तमाम विकृति लोकतन्त्रले चिर्नु पर्दछ । जनता सर्वोपरी मान्ने लोकतन्त्र स्थापित हुनुपर्दछ । सबैलाई एउटै मालामा उन्ने सियो बन्नु पर्दछ । जनताका आधारभुत आवश्यकता प्रत्याभुत गर्ने संयमी लोकतन्त्र बन्नु पर्दछ ।

विचार र विवेकले लोकतन्त्रको पाठशाला मजबुत हुन सक्छ भन्ने भाव स्थापित गर्नुपर्दछ । समानता र सामुहिकताको बगैँचा निर्माण गर्नुपर्दछ । त्यो बगैँचाभित्र अनुशासन, मर्यादा र चरित्रको नव विरुवा रोप्नु पर्दछ । लोकतन्त्र विचार मात्र होइन यो त जीवन पद्धति हो । मानवजीवन र लोकतन्त्र विच गहिरो सम्बन्ध छ । यसलाई पुरस्कृत तुल्याउनु पर्दछ । 

  • नामी साप्ताहिक ई-पेपर

 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  ०७:०८
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः २ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ३ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्