Top Navigation
Main Navigation
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे सोमबार, फागुन १९, २०८१
Api Himal

अमेरिकामा भर्खरै आएको चुनावी परिणामले संसारलाई नै अचम्मित पार्ने खालको गतिविधितर्फ डोर्यायो। अकल्पनीय अवस्थाको सिर्जना पनि त्यहाँको चुनावी परिणामले गर्यो। आर्थिक रूपले जस्तोसुकै कलुसित परिस्थितिलाई संसारका कुनै पनि देशहरूले झेल्नु परे पनि आआफ्नो राजनैतिक र आर्थिक अवस्थालाई समाधान गर्ने नीति स्वतन्त्र ढङ्गले बनाउने सार्वभौम अधिकार हरेक देशलाई हुन्छ । अर्थतन्त्र हरेक देशको मेरुदण्डको रूपमा रहने भएतापनि कसैको स्वतन्त्रतामाथि आर्थिक मजबुरीलाई लिएर आर्थिक रुपले बलिया देशहरुले हस्तक्षेप गर्नु आफैमा मानवता विरोधी ठहर्छ ।

अहिलेको विश्वको मानवीय सिद्धान्त संसारलाई नै एउटा परिवारको रूपले हेर्न प्रेरित गर्ने खालको भएतापनि संसारमा रहेका हरेक देशहरू आआफ्नो सीमामा बाँधिएको यथार्थलाई हामीले इन्कार गर्न सक्दैनौँ । यसको तात्पर्य के हो भने आआफ्ना क्षेत्रफल ओगटेर रहेका हरेक देशहरुले आफ्ना लागि के गर्दा हित हुन्छ र आफूले के गर्दा आआफ्नो क्षेत्रफलको सुरक्षा गरी आफ्नो अस्तित्वको निरन्तरतालाई कायम राख्न सकिन्छ भन्ने कुराको निर्णय आ आफूले नै राखीआआफ्नो क्षेत्रमा रहेको माटोको स्वामित्वको बोध स्वयं आ आफूले नै राख्ने भन्ने हो।

यी माथिका  हरेक देशका आधारभूत सिद्धान्तलाई साना र मझौला देशहरुले मनन गर्नु स्वभाविक हो । तर विश्वकै सबैभन्दा शक्तिशाली देशले यी र यस्ता कुराहरुलाई आफ्ना सन्दर्भमा पनि लागू गर्नु आ आफ्नो अस्तित्वको सुरक्षाको दृष्टिकोणले संसारकै हरेक देशहरूका लागि एउटा ठूलै खुसीको कुरा हो।किनभने ठूलो र शक्तिशाली देशले आफ्नो अस्तित्व र राष्ट्रियतामा गम्भीर हुनु भनेको विगतको आफ्नो क्रियाकलापलाई त्यागी संसारभरि अ हस्तक्षेपकारी भूमिकामा आफूलाई उभ्याउने अभ्यासको सुरुवात गर्नु पनि हो।

संसार तेस्रो विश्वयुद्धको संघारबाट गुज्रिरहेको बेला विश्वकै शक्तिशाली देशले लिने नीति युद्ध टार्न फलदायी हुने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन । रुस र युक्रेनको युद्धको सन्दर्भमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै खेलेको भूमिका आफैमा उच्च देखिनुको मूल कारण विगतमा देखिने गरेको जुदाउने, लडाउने र त्यसबाट आफ्नो स्वार्थ सिद्ध गर्ने अमेरिकन नीतिलाई उनले स्थगित गर्नु नै हो ।

Nepal Oil Corporation

त्यस्तै विगतमा अमेरिकाले आर्थिक रुपले विपन्न देशहरूलाई मजबुरीको फाइदा उठाएर मानवताको नाममा गर्ने गरेको धार्मिक, आर्थिक र राजनैतिक हस्तक्षेपकारी भूमिकाको निरन्तरतालाई स्थगित गर्न डोनाल्ड ट्रम्पले सुरु गरेको प्रारम्भिक आर्थिक नीतिगत अभियान आज संसारका गरिब र कमजोर देशहरूका लागि विशेषगरीआफ्नो परम्परा, संस्कार र संस्कृतिलाई सम्बर्धन र संरक्षण गर्ने अवसरका रूपमा स्वागत योग्य भएर देखापरेको छ ।

नेपालीमा एउटा उखान छ ऋण लिएर घिउ खानु, तर ऋण लिएर नक्कली घिउ अरुलाई खुवाउने काम अमेरिकाले गरिरहेको रहेछ । जसले गर्दा न अरु देशको स्वास्थ्य ठिक भयो न अमेरिका स्वयंको ऋणको भारका कारण र बालुवामा पानी हालेका कारण स्वास्थ्य ठिक भयो ।

ढिलो होस् तर छोरा नै होस् भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतमा अमेरिकाले गरेका कमीकमजोरी र गल्तीहरूलाई महसुस गरी आफ्नो राष्ट्रियतामाथि हुने गरेको खेलबाड र युएसए आइडी नामक नियोगको नाममा भएका र हुने गरेका आर्थिक क्रियाकलापका कारण विश्वभरि नै फैलिएको विकृति, विसंगति र भ्रष्टाचारलाई निर्मूल पार्नका लागि आज ढिलै भएपनि कदम चालेको  छ ।

जसबाट अब हामीले विश्वकै हितमा रहेको डोनाल्ड ट्रम्पको यो कदमलाई चुनौतीको रुपमा ग्रहण गरी हरेक क्षेत्रमा आफ्नो मौलिकताको रक्षार्थआफूलाई स्वावलम्बन बनाई परनिर्भरताको बाटो हिँड्न छोडी आर्थिक रूपले आफूलाई सबल र सक्षम बनाउनतर्फ उन्मुख हुन सक्नुपर्छ ।

नामी साप्ताहिक

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
  • नंः ५ जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्