Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे सोमबार, फागुन १९, २०८१

अमेरिकामा भर्खरै आएको चुनावी परिणामले संसारलाई नै अचम्मित पार्ने खालको गतिविधितर्फ डोर्यायो। अकल्पनीय अवस्थाको सिर्जना पनि त्यहाँको चुनावी परिणामले गर्यो। आर्थिक रूपले जस्तोसुकै कलुसित परिस्थितिलाई संसारका कुनै पनि देशहरूले झेल्नु परे पनि आआफ्नो राजनैतिक र आर्थिक अवस्थालाई समाधान गर्ने नीति स्वतन्त्र ढङ्गले बनाउने सार्वभौम अधिकार हरेक देशलाई हुन्छ । अर्थतन्त्र हरेक देशको मेरुदण्डको रूपमा रहने भएतापनि कसैको स्वतन्त्रतामाथि आर्थिक मजबुरीलाई लिएर आर्थिक रुपले बलिया देशहरुले हस्तक्षेप गर्नु आफैमा मानवता विरोधी ठहर्छ ।

अहिलेको विश्वको मानवीय सिद्धान्त संसारलाई नै एउटा परिवारको रूपले हेर्न प्रेरित गर्ने खालको भएतापनि संसारमा रहेका हरेक देशहरू आआफ्नो सीमामा बाँधिएको यथार्थलाई हामीले इन्कार गर्न सक्दैनौँ । यसको तात्पर्य के हो भने आआफ्ना क्षेत्रफल ओगटेर रहेका हरेक देशहरुले आफ्ना लागि के गर्दा हित हुन्छ र आफूले के गर्दा आआफ्नो क्षेत्रफलको सुरक्षा गरी आफ्नो अस्तित्वको निरन्तरतालाई कायम राख्न सकिन्छ भन्ने कुराको निर्णय आ आफूले नै राखीआआफ्नो क्षेत्रमा रहेको माटोको स्वामित्वको बोध स्वयं आ आफूले नै राख्ने भन्ने हो।

यी माथिका  हरेक देशका आधारभूत सिद्धान्तलाई साना र मझौला देशहरुले मनन गर्नु स्वभाविक हो । तर विश्वकै सबैभन्दा शक्तिशाली देशले यी र यस्ता कुराहरुलाई आफ्ना सन्दर्भमा पनि लागू गर्नु आ आफ्नो अस्तित्वको सुरक्षाको दृष्टिकोणले संसारकै हरेक देशहरूका लागि एउटा ठूलै खुसीको कुरा हो।किनभने ठूलो र शक्तिशाली देशले आफ्नो अस्तित्व र राष्ट्रियतामा गम्भीर हुनु भनेको विगतको आफ्नो क्रियाकलापलाई त्यागी संसारभरि अ हस्तक्षेपकारी भूमिकामा आफूलाई उभ्याउने अभ्यासको सुरुवात गर्नु पनि हो।

संसार तेस्रो विश्वयुद्धको संघारबाट गुज्रिरहेको बेला विश्वकै शक्तिशाली देशले लिने नीति युद्ध टार्न फलदायी हुने कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन । रुस र युक्रेनको युद्धको सन्दर्भमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै खेलेको भूमिका आफैमा उच्च देखिनुको मूल कारण विगतमा देखिने गरेको जुदाउने, लडाउने र त्यसबाट आफ्नो स्वार्थ सिद्ध गर्ने अमेरिकन नीतिलाई उनले स्थगित गर्नु नै हो ।

त्यस्तै विगतमा अमेरिकाले आर्थिक रुपले विपन्न देशहरूलाई मजबुरीको फाइदा उठाएर मानवताको नाममा गर्ने गरेको धार्मिक, आर्थिक र राजनैतिक हस्तक्षेपकारी भूमिकाको निरन्तरतालाई स्थगित गर्न डोनाल्ड ट्रम्पले सुरु गरेको प्रारम्भिक आर्थिक नीतिगत अभियान आज संसारका गरिब र कमजोर देशहरूका लागि विशेषगरीआफ्नो परम्परा, संस्कार र संस्कृतिलाई सम्बर्धन र संरक्षण गर्ने अवसरका रूपमा स्वागत योग्य भएर देखापरेको छ ।

नेपालीमा एउटा उखान छ ऋण लिएर घिउ खानु, तर ऋण लिएर नक्कली घिउ अरुलाई खुवाउने काम अमेरिकाले गरिरहेको रहेछ । जसले गर्दा न अरु देशको स्वास्थ्य ठिक भयो न अमेरिका स्वयंको ऋणको भारका कारण र बालुवामा पानी हालेका कारण स्वास्थ्य ठिक भयो ।

ढिलो होस् तर छोरा नै होस् भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतमा अमेरिकाले गरेका कमीकमजोरी र गल्तीहरूलाई महसुस गरी आफ्नो राष्ट्रियतामाथि हुने गरेको खेलबाड र युएसए आइडी नामक नियोगको नाममा भएका र हुने गरेका आर्थिक क्रियाकलापका कारण विश्वभरि नै फैलिएको विकृति, विसंगति र भ्रष्टाचारलाई निर्मूल पार्नका लागि आज ढिलै भएपनि कदम चालेको  छ ।

जसबाट अब हामीले विश्वकै हितमा रहेको डोनाल्ड ट्रम्पको यो कदमलाई चुनौतीको रुपमा ग्रहण गरी हरेक क्षेत्रमा आफ्नो मौलिकताको रक्षार्थआफूलाई स्वावलम्बन बनाई परनिर्भरताको बाटो हिँड्न छोडी आर्थिक रूपले आफूलाई सबल र सक्षम बनाउनतर्फ उन्मुख हुन सक्नुपर्छ ।

नामी साप्ताहिक

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
थप विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शनिबार, असोज २४, २०८३
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्