काठमाडौ । आगामी सङ्घीय चुनावमा काठमाडौ जिल्ला क्षेत्र नं ४ बाट युवा समाजसेवी शिवराज पोखरेलले स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी घोषणा गरेको छ ।
उम्मेदवार पोखरेलको जन्मघर प्युठान भए तापनि हाल काठमाडौलाई नै कर्मथलो बनाउदै आएका छन् । आफनाे जन्मथलो प्युठानदेखि काठमाडौसम्मको लामो र संघर्षमय यात्राका क्रममा समाजसेवा गर्दै आएका समाजसेवी पोखरेल काठमाडौ क्षेत्र न ४ को लोकप्रिय युवा नेताको रुपमा चर्चित मानिन्छन् ।
युवा पुस्ताको रोजाई र जनताको आग्रह बमोजिम र नेताहरूको राष्ट्र र राष्ट्रियताप्रतिको गद्दारि, महङ्गी, लुटपाट र बलात्कारका विरुद्ध आफू चुनावी मैदानमा होमिनु परेको वताउँछन् उम्मेदवार पोखरेल।
यस क्षेत्रमा नेपाली काग्रेसका युवा नेता तथा महामन्त्री गगन थापाले लगातार २ पटकसम्म जितेको क्षेत्र हो । एमसिसि र एसपिपि मा गगनले खेलेको राष्ट्र घाती भूमिकाले जनता निकै नै निरास बनेका छन् ।
"आफूलाई देवत्व करण गर्दै जाने र हामी यो व्यवस्थाका हिमायती हौ जे गरेपनि हुन्छ" भनेर गलत मानसिकता बाेकेका नेताहरुका लागि आगामी चुनाव फलामको चिउरा बन्ने आँकलन सर्वसाधारणले गरेका छन्।
क्षेत्र नं ४ अन्तर्गत काठमाडौ महानगरपालिकाका केही वडा र बुढानीकण्ठ नगरपालिकाका केही वडाहरु यस क्षेत्रमा पर्दछन् ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९ १३:०७