Top Navigation
Main Navigation
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • सात वर्षमा पनि कालोपत्रे भएन सात किमी सडक
सात वर्षमा पनि कालोपत्रे भएन सात किमी सडक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ २, २०७९

काठमाडौँ । जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ ।

काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ ।

धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन् ।

गोकर्णेश्वर नगरपालिका-१ कारखानाका श्याम लामा आफ्नो घरअघि सधैँ पानी हाल्छन् । सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले सुनाए । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको लामाको गुनासो छ ।

Nepal Oil Corporation

आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको ७ किमी सडक ७ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि बिस्तार हुन सकेको थिएन ।

केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो ।

यो सडकको मापदण्ड विसं २०४५ मै काठमाडौँ उपत्यका विकास प्राधिकरणले केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको हुने भनी सूचना प्रकाशन गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ ७/७ मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै बिस्तार गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ ।

यो सहमतिअनुसार पनि ठाउँ-ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् ।

नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ ७/७ मिटर बिस्तार गर्ने सहमति गरेको ३ वर्षसम्म पनि सडक अलपत्र छ । आर्थिक वर्ष २०७६/२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको २ वर्षमा पनि काम सकिएन ।

आर्थिक वर्ष २०७८/२०७९ को अन्त्यसम्ममा काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । रुपैयाँ ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।

सङ्घीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको गोकर्णेश्वर नगरपालिका-८ का पूर्ववडा अध्यक्ष मनोजकुमार ढुङ्गानाको भनाइ छ । पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् ।

कालोपत्र गर्न ग्राभेल थुपारेको ६ महिनासम्म पनि सडकमा बिछ्याइएको छैन । हाल यो सडकको नयाँपाटी पुलबाट सुन्दरीजल खण्डको काम बाँकी छ । अन्य स्थानमा पनि केही काम बाँकी छ ।

हाल ३ महिनादेखि काम रोकिएको स्थानीयवासीको गुनासो छ । वर्षा रोकिए पनि सडकको काम सुरु भएको छैन । वर्षामा गर्न सकिने खम्बा सार्ने, ढल बनाउने काम पनि अलपत्र छ ।

सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ । यो समस्याबाट सडकछेउका धेरै स्थानीयवासी पीडित छन् ।

स्थानीय स्वास्थ्यकर्मी डा रोशन पोखरेल सडकमा दैनिक उड्ने धुलोका कारण घाँटी, आँखालगायत स्वास्थ्य समस्या आउने गरेको बताउँछन् । धुलोले फोक्सो, श्वासप्रश्वासलगायत समस्या लिएरसमेत क्लिनिकमा आउनेको सङ्ख्या बढ्न थालेको उनले सुनाए ।

पछिल्लो समयमा सडक बिस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय नगेन्द्र श्रेष्ठले बताए ।

सात वर्षदेखि बिस्तार पूरा हुन नसकेको समाचार सङ्कलनका लाग सम्पर्क गर्दा निर्माण व्यवसायी एवं सरोकार भएका निकायका अधिकारी सम्पर्कमा आउन छाडेका छन् ।

ढिलोचाँडो सडक बिस्तार हुने भए पनि ७ किमीको दूरीमा पर्ने यो खण्डका ५ वटा ठूला साना खोलामा पुलको अत्तोपत्तो छैन । यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक बिस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ ।

करोडौँ लागतमा सडक बिस्तार भएपनि पैदल मार्ग छैन । पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षक अनन्त अर्याल बताउँछन् ।

सडक बिस्तार भएपछि सवारी तीव्रगतिमा कुदाउने चालकको सङ्ख्या बढ्न थालेको छ । विशेषगरी किशोर उमेरका चालकले तीव्रगतिमा बाइक चलाउँदा दुर्घटना बढ्न थालेको हो । सवारीको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ ।

सात वर्षदेखि सडक कालोपत्र नसकिँदा यस क्षेत्रमा यात्रा गर्ने यात्रीले सास्ती खेप्नुपरेको छ । यात्री धुलो, हिलो एवं बनाउन राखिएका निर्माण सामग्रीका कारण जाम भएर सास्ती खेप्न बाध्य हुन थालेका हुन् ।


 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १२:५७
##road
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
आन्दोलनले लियाे चर्काे रूप
आन्दोलनले लियाे चर्काे रूप बिहीबार, असार २६, २०८२
सुनचाँदी तथा रत्नआभूषण व्यावसायीकाे विराेध र्याली
सुनचाँदी तथा रत्नआभूषण व्यावसायीकाे विराेध र्याली शनिबार, असार २१, २०८२
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु बिहीबार, असार १९, २०८२
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त बुधबार, असार १८, २०८२
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता  
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता   आइतबार, असार ८, २०८२
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई
सडकको कुरा नगरेर के आकास र धर्तीको कुरा गर्ने ? भनेर थर्काए सभामुखलाई शुक्रबार, असार ६, २०८२
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता सोमबार, असार २, २०८२
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ
नाराबाजीलाई वेवास्ता गर्दै अर्थमन्त्री पौडेलको जवाफ सोमबार, असार २, २०८२
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री
आ‍.व. २०८२/०८३ काे राजश्व र व्ययको प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री आइतबार, असार १, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः २ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ३ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्