Top Navigation
  • Contact
Main Navigation
शनिबार, भदौ २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, भदौ २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • गाईघाट बजारको सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि
गाईघाट बजारको सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, भदौ ३, २०७९
cctv camera

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि समस्या भएको छ ।

चोक क्षेत्रमा ६ वर्षअघि जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य चोक बोक्से र गाईघाटमा जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि आपराधिक घटना ह्वात्तै बढेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विश्वकर्मा बताउँछन्। सबैभन्दा बढी मारमा गाईघाट बजार क्षेत्रका व्यापारी छन् ।

सिसी क्यामेरा जडानपछि एक/दुई वर्षसम्म रातिको समयमा गाईघाट बजार क्षेत्र सुरक्षित नै बन्न पुगेको त्रियुगा उद्योण वाणिज्य सङ्घका सदस्य कुमार घिमिरे बताउँछन् ।

सिसी क्यामेराबाट सबै कुरा देखिने हुनाले अपराधी पक्राउ गर्न प्रहरीलाई सहज भएको थियो । अहिले सिसी क्यामेरा बिग्रेकाले काम गर्न छाडेपछि बजार क्षेत्रका पसल चोरी हुने, कुटपिटलगायतका घटना बढेको वाणिज्य सङ्घका संस्थापक अध्यक्ष रत्न श्रेष्ठ बताउँछन् ।

बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा दुई वर्षदेखि बिग्रिएर मर्मत नभएपछि गाइघाट बजारमा पसल फुटाउने, चोरी हुने घटना दैनिकजसो हुने गरेको भए पनि प्रहरीले पनि पत्ता लगाउन नसकेको पसल सञ्चालक चन्दन साहले बताए ।

उनी भन्छन्, “सिसी क्यामेरा जडान गरेको तीन वर्षसम्म साना घटनासमेत पत्ता लगाएर प्रहरीले कारबाही गर्ने गर्दथ्यो, अहिले रातमा आधा दर्जन पसल फुटाएर चोरले समान लैजाँदा पनि पक्राउ गर्न सकेको छैन । सिसी क्यामेरा मर्मत नहुँदा बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गइरहेको छ ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी र त्रियुगा नगरपालिकाको सक्रियतामा गाईघाट बजारको मुख्य चोक र बोक्से क्षेत्रका चोकमा सिसी क्यामेरा जडान गरी जिल्ला प्रहरीको कन्ट्रोल कक्षमा सिसी क्यामेरा कनेक्सन गरेपछि केही समयअघि यता आएर आपराधिक घटनामा कमी आएको हो ।

अहिले बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसी क्यामेरा मर्मत गर्नुपर्ने वा फेर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फूँयाल बताउँछन्।

छ वर्षअघि जडान गरिएका सिसी क्यामेराका कारण केही वर्षसम्म गाईघाट बजार क्षेत्रमा खुला मापसे गरेर हिँड्ने, झगडा गर्ने, पाकेट मार्ने तथा रातिको समयमा बजार क्षेत्रका पसल फुटाएर चोरी हुने जस्ता आपराधिक कार्यमा कमी आएको थियो।

अहिले एक महिनामै पाँच पटक भन्दा बढी पसल फुटाउने र चोरी हुने, मापसे गरेर रातिको समयमा बजारमा हिँडडुल गर्ने र समूहगत झगडासमेत हुँदै आएको पाइएको छ।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत पुराना क्यामेरा फेरेर नयाँ राख्न या मर्मत गरेर प्रयोगमा ल्याउन नगरपालिकाले बजेट व्यवस्थापन गर्ने बताउँछन्।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १२:३८
##Udayapur
प्रतिक्रिया दिनुहोस्
थप समाज
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि आइतबार, भदौ ७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः ४ शंकर ग्रुपले गरे ४ करोड सहयोग
  • नंः ५ अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्