Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कोरोनाभाइरसबाट बच्न जीवनशैलीमै परिवर्तन ल्याउन आवश्यक
कोरोनाभाइरसबाट बच्न जीवनशैलीमै परिवर्तन ल्याउन आवश्यक
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ ४, २०७८

काठमाडौ । कोरोनाभाइरस कोभिड–१९ को सङ्क्रमणबाट बच्न पूर्वीय दर्शनमा आधारित जीवनशैलीलाई अपनाउनु पर्नेमा जोड दिइएको छ। 

वाग्मती सफाइ महाअभियानको हामी साथ छौँ कार्यक्रमले जुम प्रविधिबाट आयोजना गरेको ‘के गर्ने रु के नगर्ने रु’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुर्वेदका वरिष्ठ चिकित्सक डा ऋषिराम कोइरालाले पूर्वीय दर्शनमा आधारित भान्सा पद्धतिलाई पुनःस्थापित गरिनुपर्नेमा जोड दिएको हो । 

प्राचीनकालदेखि नै भान्सामा जडीबुटी एवं औषधिजन्य चीजबीजको व्यवस्था हुने भएकाले आधुनिकताका नाममा त्यसलाई नबिर्सन उनले सुझाव दिएका हुन् । 

भान्सामा जाँदा हातगोडा धोएर शुद्ध पहिरन लगाएर जाने, भान्सालाई एक जनाले नछोड्ने पद्धति पनि कति वैज्ञानिक रहेछ भन्ने बुझ्न कोरोना महामारीले अवसर दिएको चिकित्सक कोइरालाले सुनाए । 

जैविक प्रविधिबाट उत्पादित अनाज उपभोग गरी सकारात्मक सोच राख्ने, दुःखमा पनि हाँस्ने, तनावमा नरहने गर्नाले कोरोना जस्ता महामारीबाट बच्न सकिने उनको सुझाव थियो ।

कार्यक्रममा मनोपरामर्शदाता कञ्चन रावतले अध्ययनले पाँचमध्ये चार जनालाई मनोसामाजिक समस्याले सताउने गरेको तथ्य पुष्टि भएको बताए। 

चिन्ता, निराशा, लागुपदार्थको दुव्र्यशन, घरेलु हिंसा, यौन हिंसा बढेको, मानसिक स्वास्थ्य सेवाको पहुँच कम रहेकाले पनि सचेत हुनुपर्ने कार्यक्रममा उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।

कोरोनाले बालबालिका, वृद्धवृद्धामा बढी समस्या देखिएकाले जोखिम वर्गका व्यक्तिलाई जोगाउन सरोकार भएका निकायको ध्यान जानुपर्ने उनको भनाइ थियो । जोखिममा रहेको समूहलाई लक्ष्य गरेर विशेष कार्यक्रम अघि बढाउन पनि रावतले माग गरेका छन्।

निषेधाज्ञाका कारण घरबाट काम गर्दा धेरै मानिसमा समस्या आएकोे, विशेषगरी महिला दोहोरो भूमिकाका कारण समस्यामा परेको, घरमा बच्चालाई व्यवस्थापन गर्नु पनि चुनौतीपूर्ण बन्न थालेकाले मानिस मानसिक रुपमा विचलित हुन सक्ने भएकाले तनाव व्यवस्थापनका लागि योग, प्राणायाम, ध्यान, व्यायाम, हिँड्डुल, हाँसखेल, मनोरञ्जनका कार्यक्रम पनि दैनिक रुपमा गरिनुपर्ने उनको सुझाव रहेको छ ।

महामारीका विषयमा चिन्ताको सट्टा चिन्तन गर्ने, अरूलाई सहयोग गर्ने गर्नाले शरीरमा आत्मबलका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि हुने मनोविमर्शकर्ता रावतको सुझाव थियो ।

त्यस्तै प्रेक्षा ध्यान शिक्षक किशोरसिंह शाहीले योग, प्राणायाम र ध्यानले महामारीका बेला शान्त रहन सहयोग गर्नाका साथै शरीरमा अक्सिजन आपूर्ति व्यवस्थापन प्रणालीलाई सक्रिय राख्न पनि सहयोग गर्ने बताउँदै जुमबाटै अभ्याससमेत गराएका थिए। 

पूर्व मुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेलले दैनिक रुपमा प्राणायाम र योगको कार्यक्रमलाई जुमबाटै निरन्तरता दिइने प्रतिबद्धता जनाउँदै धेरैलाई सामाजिक सञ्जालबाट जानकारी गराएर परोपकारी काम गरिने पनि उनले जानकारी दिएका थिए । 

वाग्मती सफाइ अभियानकर्मी नारायण श्रेष्ठले साप्ताहिक रुपमा ‘के गर्ने रु के नगर्ने रु’ भन्ने विषयमा विज्ञबाट अन्तरक्रिया गरिने बताएका थिए। 

वाग्मती सफाइ महाअभियान ८ वर्ष पूरा भई नवौँ वर्ष प्रवेशका अवसरमा बुधबार जुम प्रविधिबाटै विशेष कार्यक्रम गरिने जानकारी पनि सो अवसरमा गराइएको थियो ।

वि.सं. २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । प्रत्येक हप्ता शनिबार बिहान ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर वाग्मती सफाइ महाअभियान जारी छ । महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्पको प्रकोप, नाकाबन्दी, कोरोना महामारी जस्ता समयमा निरन्तर जारी छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी सफाइ अभियान समेत शुरु भएको छ। 

उपत्यकाबाहिर पनि मुख्य शहर, नदी एवं सांस्कृतिक स्थलमा सफाइ अभियान जारी छ। वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशभर १०७ स्थानमा सफाइ अभियान चलिरहेको जनाइएको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १५:३५
##coronavirus ##Lifestyle ##COVID-19
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्