Top Navigation
Main Navigation
शुक्रबार, जेठ १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, जेठ १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रवीन्द्र मिश्र नेतृत्वको समूह राप्रपामा एकताबद्ध
रवीन्द्र मिश्र नेतृत्वको समूह राप्रपामा एकताबद्ध
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असोज १२, २०७९

काठमाडौ । पत्रकारिता हुँदै लेखनबाट राजनीतिमा प्रवेश गरेका रवीन्द्र मिश्रले नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकताबद्ध भएको छ ।

राप्रपाले आयोजना गरेको कार्यक्रममा मिश्र नेतृत्वको समूह वरिष्ठ उपाध्यक्ष लिएर एकताबद्ध भएको जानकारी गराएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने गरी तयारी गरिएको जानकारी गराए ।

“देशमा भ्रष्टाचारका घटना बढेको छ, सबै राजनीतिक दलका नेताको सम्पत्ति छानबिन गरौँ, हाम्रा पार्टीका नेताबाट छानबिनको सुरुआत गरौँ, निर्वाचन पद्धति पनि भ्रष्टाचारको कारण बनेकाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक पद्धतिबाट सांसद निर्वाचित हुने व्यवस्था गरौँ, संवैधानिक राजा राखौँ”, उनले भने ।

राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने उल्लेख गर्दै नेता लिङ्देनले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निःशुल्क एवं गुणस्तरीय बनाउन पार्टी लागिपर्ने बताए । राजनीतिक दलका सदस्यरहित न्याय परिषद्को अवधारणलाई पनि राप्रपाले अघि बढाएको उनले सुनाए।

वरिष्ठ उपाध्यक्ष मिश्रले देशका लागि काम नगर्नेले राजनीति छोड्नुपर्ने बताउदै शान्ति, स्थिरता र स्वाधीनताका लागि आफूले राप्रपा रोजेको बताए ।

उनले भने, “वीपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीति राप्रपाले बोकेको छ, वीपीको मेलमिलाप नीति आजको नेपालमा पनि उत्तिकै सान्दर्भिक छ, यी विचारलाई लिएर राप्रपालाई अझै सूचना प्रविधियुक्त दलका रुपमा हामी स्थापित गर्नेछौँ।”

सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निःशुल्क एवं गुणस्तरीय बनाउने, सामाजिक सुरक्षा कायम गर्ने तथा ६० प्रतिशत नेपालीले अपनाएको कृषि पेसालाई आधुनिकीकरण गर्ने मुद्दालाई दलले घोषणा पत्रमार्फत लिएर चुनावमा जान लागेको नेता मिश्रले सुनाए। धर्मनिरपेक्षता धर्मान्तरणको माध्यम बनेकाले हिन्दू बौद्ध राष्ट्रको पक्षमा राप्रपा रहेको पनि उनले बताए।
 
राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले आफू मन्त्री भएका बेला गरिएको महाकाली सन्धिको कागजात दराजमा थन्क्याएकाले विकासका काममा अवरोध भएको बताउदै कार्यान्वयनमा लाग्ने गरी अब मत पाउनुपर्ने बताए।पञ्चेश्वर र पश्चिम सेती आयोजना सम्पन्न गरी आयआर्जनमा उपयोग गरिने प्रतिबद्धता उनले जनाए ।

कार्यक्रममा बागमती प्रदेससभाका पूर्वसदस्य शोभा शाक्य, राप्रपा नेता बुद्धिमान तामाङलगायतले देशमा देखिएका विकृति, विसङ्गतिबाट मुक्तिका लागि आगामी निर्वाचनमा दल एकमात्र विकल्प बन्ने बताएका थिए ।

 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  २२:१९
##rabindramishra
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? सोमबार, वैशाख २८, २०८३
यस्तो छ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
यस्तो छ मन्त्रीपरिषद् बैठकको निर्णयहरु शुक्रबार, वैशाख २५, २०८३
भदौ २४ को घटनामा सरकारको मौनता किन ?
भदौ २४ को घटनामा सरकारको मौनता किन ? सोमबार, वैशाख २१, २०८३
बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ? आइतबार, वैशाख २०, २०८३
सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा   
सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा    मंगलबार, वैशाख १५, २०८३
नेकपाको महाधिवेशन मंसिरमा, संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन
नेकपाको महाधिवेशन मंसिरमा, संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन सोमबार, वैशाख १४, २०८३
लोकतन्त्रको यात्रा र यथार्थ
लोकतन्त्रको यात्रा र यथार्थ शुक्रबार, वैशाख ११, २०८३
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
  • नंः २ एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
  • नंः ५ दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
विचार
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्