Top Navigation
Main Navigation
मंगलबार, पुस २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, पुस २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सरकारी जग्गा संरक्षण गर्न खोज्दा मेयर, उपमेयरको सवारीसाधन र इप्रका तोडफोड
सरकारी जग्गा संरक्षण गर्न खोज्दा मेयर, उपमेयरको सवारीसाधन र इप्रका तोडफोड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ ५, २०७८

उदयपुर । उदयपुर जिल्ला कटारी नगरपालिका-४ जहडीस्थित सरकारी जग्गा संरक्षण गर्न खोज्दा नगरपालिकाका मेयरसहित जनप्रतिनिधि, कर्मचारीको घर, सवारीसाधन र इलाका प्रशासन कार्यालय तोडफोड भएको छ।

वडा नम्बर-४ जहडीमा रहेको सरकारी जग्गा अतिक्रमण गरी स्थानीयले बनाएको घर भत्काउनेक्रममा उत्तेजित भीडले मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भीमकुमारी राउत, वडाध्यक्ष कृष्णराज दनुवार, इन्जिनियर ओम मिश्रको घर, इलाका प्रशासन कार्यालय र मदन भण्डारी राजमार्गको साइड अफिसले प्रयोग गरेको घरमा तोडफोड गरेको हो । 

नेपाल सरकारको नाममा रहेको कटारी-४ को कित्ता नम्बर १०८ र ७८ को २ बिघा १४ कठ्ठा जग्गा स्थानीय सन्तबहादुर सुनवार, बालकृष्ण थापा, सुवास दनुवारको नेतृत्वमा रहेको भूमाफियाको समूहले रातारात धमाधम घर बनाउन थालेपछि संरक्षण गर्न खोज्दा घरमा तोडफोड भएको मेयर श्रेष्ठले बताए। 

उक्त सरकारी जग्गामा सुनुवारले एउटा मात्र पक्की घर बनाउँदै गर्दा हामीले पटक-पटक छलफल गरी रोक्न आदेश दियौं, ‘मौखिक र लिखित रुपमा धेरै पटक भन्दा पनि सुनवाइ नभएपछि डोजर लगउन बाध्य भएको मेयरको भनाइ रहेको छ। 

जग्गा संरक्षणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालयबाट समेत पत्राचार भएपछि नगर कार्यपालिकाको बैठकमा छलफल पश्चात संरक्षण गर्ने निर्णय भएको बताउँदै मेयर श्रेष्ठले भने सरकारी जग्गा अतिक्रमण गरेर सुनवारले २ तले एउटा पक्की घर र ५ वटा टहरा बनाएको जानकारी दिए।  

भित्रभित्रै जग्गा विक्री हुने गरेको र धमाधम घर बनाउन थालेको सूचना पाएपछि नगरपालिकाले पटक-पटक पत्राचार गरेको जनप्रतिनिधिको भनाइ छ। 

घर भत्काएसँगै झण्डै एक सय जनाको संख्यामा निस्किएको उत्तेजित भीडले मेयर, उपमेयर, वडाध्यक्ष, नगरपालिका र प्रशासन कार्यालयको घरको झ्यालमा ढुङ्गामुढा गरी तोडफोड गरेका हुन्। 

तोडफोडबाट मेयरले चढ्दै आएको नयाँ टोइटा गाडी, छोराले प्रयोग गर्ने मोटरसाइकल, डोजर, दमकल, इलाका प्रशासन कार्यालयको स्कार्पियो गाडी, उपमेयरका श्रीमानले चढ्दै आएको स्कुटर, मोटरसाइकल, घरका सिसाहरु फुटेको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले जानकारी दिए।

उपमेयर भिमकुमारी राउतले सरकारी जग्गा संरक्षण गर्न खोज्दा आफ्ना निजी सम्पती र सरकारी सम्पत्तिमाथि तोडफोड भएको बताइन्। उनले जग्गा संरक्षणका लागि नगरपालिकाले सबै प्रक्रिया पूरा गरेको बताइकी छन्। 

जनप्रतिनिधिविरुद्ध नारावाजीसहित निस्किएको भीड नियन्त्रणका लागि स्थानीय प्रहरीलाई हम्मेहम्मे परेको थियो। प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रु ग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले अश्रुग्यास छोडेपछि स्थिति नियन्त्रणमा आएको बताए। 

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीबाट मात्र स्थिति नियन्त्रणमा नआएपछि जिल्लाबाट थप सुरक्षाफौज पठाइएको बताए। 

उनले सरकारी जग्गा संरक्षण दायित्व राज्यको भएकाले कुनै सम्झौता नहुने बताए। उनले थप सुरक्षाकर्मी परिचालन गरेर भए पनि स्थिति नियन्त्रणमा लिने बताका छन् ।  उता स्थानीयले भने निषेधाज्ञाको समयमा मेयरको आदेशमा डोजर लगाएर घर भत्काएकाले प्रतिकार गरेको बताएका छन्। 

वि.सं. २०७१ सालदेखि कटारी नगरपालिकाका पहिलो प्रशासकीय अधिकृत डम्वरु दाहालको पालादेखि नै संरक्षण शुरुवात भइआएको सरकारी जग्गा हाल उक्त स्थानमा प्रतिकठ्ठा ६० लाखको दरभाउमा किनवेच हुने गरेको छ ।

नगरपालिकाका जनप्रतिनीधि तथा कर्मचारीहरुलाई लक्षित गरी सार्बजनिक तथा व्यक्तिगत रुपमा धनजनको तथा हतोत्साहित हुनेगरी दुर्व्यवहार गरिएको घटनाले सुरक्षा चिन्ता बढेको ठहर गर्दै कटारी नगरपालिकाले एक प्रेश विज्ञप्ती जारी गरेको छ। 

 


 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १९:४४
##Udayapur
प्रतिक्रिया दिनुहोस्
थप समाज
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ? मंगलबार, पुस २९, २०८२
मुस्ताङमा चिसोका कारण मुविकास निर्माणको काम ठप्प
मुस्ताङमा चिसोका कारण मुविकास निर्माणको काम ठप्प मंगलबार, पुस २९, २०८२
मनाङमा जडीबुटी उत्पादन घट्दै
मनाङमा जडीबुटी उत्पादन घट्दै आइतबार, पुस २७, २०८२
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा आइतबार, पुस २७, २०८२
आजकाे माैसम: कस्तो रहला आज देशभर ?
आजकाे माैसम: कस्तो रहला आज देशभर ? आइतबार, पुस २७, २०८२
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला आइतबार, पुस २७, २०८२
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ?
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ? शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने शुक्रबार, पुस २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः २ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः ५ चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्