Top Navigation
Main Navigation
मंगलबार, वैशाख १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सरकारी जग्गा संरक्षण गर्न खोज्दा मेयर, उपमेयरको सवारीसाधन र इप्रका तोडफोड
सरकारी जग्गा संरक्षण गर्न खोज्दा मेयर, उपमेयरको सवारीसाधन र इप्रका तोडफोड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ ५, २०७८

उदयपुर । उदयपुर जिल्ला कटारी नगरपालिका-४ जहडीस्थित सरकारी जग्गा संरक्षण गर्न खोज्दा नगरपालिकाका मेयरसहित जनप्रतिनिधि, कर्मचारीको घर, सवारीसाधन र इलाका प्रशासन कार्यालय तोडफोड भएको छ।

वडा नम्बर-४ जहडीमा रहेको सरकारी जग्गा अतिक्रमण गरी स्थानीयले बनाएको घर भत्काउनेक्रममा उत्तेजित भीडले मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भीमकुमारी राउत, वडाध्यक्ष कृष्णराज दनुवार, इन्जिनियर ओम मिश्रको घर, इलाका प्रशासन कार्यालय र मदन भण्डारी राजमार्गको साइड अफिसले प्रयोग गरेको घरमा तोडफोड गरेको हो । 

नेपाल सरकारको नाममा रहेको कटारी-४ को कित्ता नम्बर १०८ र ७८ को २ बिघा १४ कठ्ठा जग्गा स्थानीय सन्तबहादुर सुनवार, बालकृष्ण थापा, सुवास दनुवारको नेतृत्वमा रहेको भूमाफियाको समूहले रातारात धमाधम घर बनाउन थालेपछि संरक्षण गर्न खोज्दा घरमा तोडफोड भएको मेयर श्रेष्ठले बताए। 

उक्त सरकारी जग्गामा सुनुवारले एउटा मात्र पक्की घर बनाउँदै गर्दा हामीले पटक-पटक छलफल गरी रोक्न आदेश दियौं, ‘मौखिक र लिखित रुपमा धेरै पटक भन्दा पनि सुनवाइ नभएपछि डोजर लगउन बाध्य भएको मेयरको भनाइ रहेको छ। 

जग्गा संरक्षणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालयबाट समेत पत्राचार भएपछि नगर कार्यपालिकाको बैठकमा छलफल पश्चात संरक्षण गर्ने निर्णय भएको बताउँदै मेयर श्रेष्ठले भने सरकारी जग्गा अतिक्रमण गरेर सुनवारले २ तले एउटा पक्की घर र ५ वटा टहरा बनाएको जानकारी दिए।  

भित्रभित्रै जग्गा विक्री हुने गरेको र धमाधम घर बनाउन थालेको सूचना पाएपछि नगरपालिकाले पटक-पटक पत्राचार गरेको जनप्रतिनिधिको भनाइ छ। 

घर भत्काएसँगै झण्डै एक सय जनाको संख्यामा निस्किएको उत्तेजित भीडले मेयर, उपमेयर, वडाध्यक्ष, नगरपालिका र प्रशासन कार्यालयको घरको झ्यालमा ढुङ्गामुढा गरी तोडफोड गरेका हुन्। 

तोडफोडबाट मेयरले चढ्दै आएको नयाँ टोइटा गाडी, छोराले प्रयोग गर्ने मोटरसाइकल, डोजर, दमकल, इलाका प्रशासन कार्यालयको स्कार्पियो गाडी, उपमेयरका श्रीमानले चढ्दै आएको स्कुटर, मोटरसाइकल, घरका सिसाहरु फुटेको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले जानकारी दिए।

उपमेयर भिमकुमारी राउतले सरकारी जग्गा संरक्षण गर्न खोज्दा आफ्ना निजी सम्पती र सरकारी सम्पत्तिमाथि तोडफोड भएको बताइन्। उनले जग्गा संरक्षणका लागि नगरपालिकाले सबै प्रक्रिया पूरा गरेको बताइकी छन्। 

जनप्रतिनिधिविरुद्ध नारावाजीसहित निस्किएको भीड नियन्त्रणका लागि स्थानीय प्रहरीलाई हम्मेहम्मे परेको थियो। प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रु ग्यास प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले अश्रुग्यास छोडेपछि स्थिति नियन्त्रणमा आएको बताए। 

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीबाट मात्र स्थिति नियन्त्रणमा नआएपछि जिल्लाबाट थप सुरक्षाफौज पठाइएको बताए। 

उनले सरकारी जग्गा संरक्षण दायित्व राज्यको भएकाले कुनै सम्झौता नहुने बताए। उनले थप सुरक्षाकर्मी परिचालन गरेर भए पनि स्थिति नियन्त्रणमा लिने बताका छन् ।  उता स्थानीयले भने निषेधाज्ञाको समयमा मेयरको आदेशमा डोजर लगाएर घर भत्काएकाले प्रतिकार गरेको बताएका छन्। 

वि.सं. २०७१ सालदेखि कटारी नगरपालिकाका पहिलो प्रशासकीय अधिकृत डम्वरु दाहालको पालादेखि नै संरक्षण शुरुवात भइआएको सरकारी जग्गा हाल उक्त स्थानमा प्रतिकठ्ठा ६० लाखको दरभाउमा किनवेच हुने गरेको छ ।

नगरपालिकाका जनप्रतिनीधि तथा कर्मचारीहरुलाई लक्षित गरी सार्बजनिक तथा व्यक्तिगत रुपमा धनजनको तथा हतोत्साहित हुनेगरी दुर्व्यवहार गरिएको घटनाले सुरक्षा चिन्ता बढेको ठहर गर्दै कटारी नगरपालिकाले एक प्रेश विज्ञप्ती जारी गरेको छ। 

 


 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १९:४४
##Udayapur
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्