Top Navigation
Main Navigation
बुधबार, फागुन २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, फागुन २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कोरोनाभाइरस हुँदा बिरामीका आँखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमणबाट कसरी बच्ने
कोरोनाभाइरस हुँदा बिरामीका आँखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमणबाट कसरी बच्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, जेठ ६, २०७८

काठमाडौ । कोरोनाभाइरस (कोभिड-१९) भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, 'नेपालमा पनि फाट्टफुट्ट देखिएको छ। अहिलेसम्म हामीकहाँ ३ ४ वटा रिपोर्ट आएको छ।' डा. गौतमका अनुसार काठमाडौ र सीमावर्ती सहर वीरगन्जका बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ।

भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो।

 

म्यूकर्माइकोसिस कसरी हुन्छ ?

कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ।

रेटिना विशेषज्ञ डा. नीतिन तुल्स्यानका भन्छन्, 'म्यूकोर माटो, धूलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ। यो एउटा स्पोरको रूपमा हुन्छ।' नाङ्गो आँखाले देख्न नसकिने ससाना बाटुलो आकारको स्पोरले निश्चित शारीरिक अवस्थामा आक्रमण गरेपछि म्यूकर्माइकोसिस हुने उनी बताउँछन्।

फ्यामिली फिजिशन तथा आकस्मिक रोग विशेषज्ञ डा. उदयनारायण सिंहका अनुसार मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता एकदम कमजोर भएको बेला यो सङ्क्रमण हुन्छ। 'म्यूकोर्माइकोसिसले विशेषगरी हाम्रा आँखा, नाक, फोक्सो र साइनसमा असर गर्छ। कहिलेकाहीँ यसले हाम्रो दिमागमा पनि जटिलता निम्त्याउँछ,' उनले थपे।

रेटिना विशेषज्ञ डा. तुल्स्यानका अनुसार म्यूकोर्माइकोसिसका कारण आँखा नै गुमाउनु पर्ने अवस्था निम्तिन सक्छ। 'यदि समयमै यसको उपचार गराइएन भने दृष्टि गुम्ने मात्रै होइन आँखा नै झिकेर फाल्नुपर्ने अवस्था आउन सक्छ,' उनी सजग गराउँछन्। 'यो कालो ढुसीले हाम्रो आँखा भएको खोपिल्टोलाई सङ्क्रमित गर्छ। आँखाभित्र त्यसले मासुको जस्तो काम गर्छ जसका कारण हाम्रो आँखा नै बाहिर आइदिन्छन् र काटेर फाल्नु पर्ने हुन्छ।'

 

यसका लक्षण कस्ता हुन्छन् ?

मान्छेको मस्तिष्कमा सङ्क्रमण पुगेको खण्डमा टाउको दुख्ने, बान्ता हुने, शरीरमा कमजोरी हुने जस्ता लक्षण देखिने डा. तुल्स्यान बताउँछन्। 'यदि फोक्सोमा सङ्क्रमण पुगेको छ भने नाकबाट सिँगान बग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र छिटो थकाइ लाग्ने लक्षण देखिन सक्छ,' उनले भने। 

त्यसका साथै सङ्क्रमित व्यक्तिका आँखा सुन्निने तथा दुख्ने, नाक बन्द हुने र नाकबाट कालो पदार्थ पनि आउने लक्षण देखिन सक्ने डा. सिंह बताउँछन्। 'विशेषगरी एकपट्टिको आँखा वा नाक अथवा एकापट्टिको साइनसमा यसको प्रभाव देखिन्छ,' उनले थपे।

 

धेरै जोखिम कसलाई हुन्छ ?

अहिले कोभिड-१९ का बिरामीको उपचारका क्रममा स्टेरोइडको अत्यधिक प्रयोगले पनि म्यूकोर्माइकोसिसको समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम औँल्याउँछन्। 'यो एन्टी-फङ्गल औषधि हो। यो खानेहरूमा म्यूकोर्माइकोसिसको समस्या देखिन्छ। हामीकहाँ बिरामीको शरीरमा अक्सिजनको मात्रा अलिकति घट्दा समेत स्टेरोइडको प्रयोग गरेको देखियो जुन त्यति आवश्यक थिएन,' उनले भने।

मधुमेहका रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा यो समस्या बढी देखिने गरेको रेटिना विशेषज्ञ डा. तुल्स्यान बताउँछन्। 'अहिले आएर कोभिड-१९ थपिएको छ। कतिपय कोभिड बिरामीले १० दिन र कतिपयले १२ दिनसम्म पनि स्टेरोइड प्रयोग गरिरहेको पाइएको छ।'  'त्यसमा पनि यदि कोभिड बिरामी मधुमेहको बिरामी छ भने घातक अवस्था हुन जान्छ। मधुमेह, कोभिड र स्टेरोइड यी तीनवटाको घातक संयोग हुने भयो,' उनले थपे।

चिकित्सकको परामर्श बिनै स्टेरोइडको अत्यधिक प्रयोगले पनि कोभिड बिरामीमा म्यूकोर्माइकोसिस भएको हुन सक्नेमा रेटिना विशेषज्ञ डा. तुल्स्यान पनि सहमत देखिन्छन्।

त्यसबाहेक श्वासप्रश्वासमा समस्या देखिने कोभिड बिरामीलाई 'ह्यूमिफाइड' अर्थात् ओसयुक्त अक्सिजन दिने गरिएकाले निस्सङ्क्रमित नगरिएको उपकरणबाट पनि सङ्क्रमण सर्न सक्ने सम्भावना उनी औँल्याउँछन्।

 

कसरी जोगिने र उपचार के छ ?

रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने स्टेरोइडको प्रयोगमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ। 'कोभिड भयो कि घरमै बसिरहेका बिरामीले आफूखुसी स्टेरोइडको प्रयोग गर्ने गरेको पाइएको छ। चिकित्सकको परामर्शबिना त्यसो गर्नुभएन,' डा. तुल्स्यान भन्छन्।

त्यस्तै मधुमेहका रोगी, दमका बिरामी, मिर्गौला रोगी आदिले चनाखो हुनुपर्ने डा. सिंह बताउँछन्। 'उहाँहरूले आफ्नो नियमित परीक्षण गराइराख्नुपर्छ। स्टेरोइडको प्रयोगको सीमिततालाई बुझ्नुपर्ने हुन्छ।'

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा 'एम्फोटेरिसिन बी' औषधिको प्रयोग गरिन्छ। 'हामीले कालाजारमा त्यसको प्रयोग गर्दै आएका छौँ। केही त हामीसँग छ तर फेरि यता प्रयोग गर्नुपर्ने भएपछि कालाजारका लागि जोहो गर्नुपर्ने हुन्छ,' उनले भने।

भारतमा कालो ढुसीबाट सङ्क्रमित हुने कोभिड बिरामी बढ्न थालेसँगै कतिपय ठाउँमा उक्त औषधिको अभाव देखिएका विवरण सार्वजनिक भएका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १६:२२
##COVID-19
प्रतिक्रिया दिनुहोस्
थप समाज
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर बुधबार, फागुन २७, २०८२
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि मंगलबार, फागुन २६, २०८२
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र बुधबार, फागुन २०, २०८२
विसं २०८३ सालकाे सार्वजनिक बिदा
विसं २०८३ सालकाे सार्वजनिक बिदा मंगलबार, फागुन १९, २०८२
आज तराईका जिल्लामा होली मनाइँदै
आज तराईका जिल्लामा होली मनाइँदै मंगलबार, फागुन १९, २०८२
बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु
बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मंगलबार, फागुन १९, २०८२
गोप्य सम्बन्धमा हुने गल्ती
गोप्य सम्बन्धमा हुने गल्ती मंगलबार, फागुन १९, २०८२
घरजाने यात्रुको थामीनसक्नु घुईँचो
घरजाने यात्रुको थामीनसक्नु घुईँचो सोमबार, फागुन १८, २०८२
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा शनिबार, फागुन १६, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
  • नंः २ रुकुमपूर्वबाट प्रचण्डको ऐतिहासिक जित, पाँचौँ पटक प्रतिनिधिसभामा
  • नंः ३ कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
  • नंः ४ नेकपाकाे सात स्थानमा अग्रता
  • नंः ५ बालेन्द्र शाह र रवि लामिछानेले कहाँ कहाँबाट मतदान गर्दैछ ?
विचार
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा NamiNews- नामीन्यूज
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्