Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • व्यवस्था विरोधी शक्तिलाई खेल्ने अवसर दिनुहुन्न : पूर्वमन्त्री डा. शाक्य
व्यवस्था विरोधी शक्तिलाई खेल्ने अवसर दिनुहुन्न : पूर्वमन्त्री डा. शाक्य
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, कात्तिक ३०, २०७९
Api Himal

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजय क्रान्ति शाक्य नेकपा एमालेलाई मुख्य गरेर दुई कारणले आगामी मंसिर ४ को निर्वाचनबाट बहुमतसहित विजयी बनाउनुपर्ने बताउछन्।

पहिलो भनेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियान पूरा गर्न नेकपा एमालेलाई एकल बहुमतसहित विजयी गराउन आवश्यक रहेको डा. शाक्यको भनाई छ।

दोस्रो भनेको नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय चिन्तन भएको नेता भएको र पाँच वर्षसम्म स्थायी रुपमा मुलुकको नेतृत्व गर्न र आम नेपालीमा राष्ट्रवादी चिन्तनको विकास गर्न नेकपा एमालेलाई विजयी बनाउनु आवश्यक रहेको डा. शाक्यको जिकिर छ।

मुलुकको स्वतन्त्रता र सार्वभौमसत्तालाई जोगाई राख्न र राष्ट्रियताको रक्षाका निम्ति नेकपा एमालेलाई बहुमतसहित विजयी बनाउनुपर्छ भन्ने डा. शाक्यको धारणा छ। आसन्न निर्वाचनको सेरोफेरोमा रहेर पूर्वमन्त्री डा.शाक्यसंगको कुराकानीको सारसंक्षेप–

Nepal Oil Corporation

नेकपा एमालेलाई नै भोट किन ?

नेकपा (एमाले)लाई मुख्य गरेर दुई ओटा कारणले आगामी मंसिर ४ को निर्वाचनबाट बहुमतसहित विजयी बनाउनुपर्छ । पहिलो भनेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियान पूरा गर्न एमालेलाई एकल बहुमतसहित विजयी गराउन आवश्यक छ । दोस्रो भनेको नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय चिन्तन भएको नेता हुनुहुन्छ । पाँच वर्षसम्म स्थायी रुपमा मुलुकको नेतृत्व गर्न र आम नेपालीमा राष्ट्रवादी चिन्तनको विकास गर्न एमालेलाई विजयी बनाउन आवश्यक छ । मुलुकको स्वतन्त्रता र सार्वभौमसत्तालाई जोगाइराख्न र राष्ट्रियताको रक्षाका निम्ति एमालेलाई बहुमतसहित विजयी बनाउनुपर्छ भन्ने मेरो धारणा छ ।

अहिले स्वतन्त्र उम्मेदवारहरुको चर्चा छ । पूराना नेता र दलबाट भएन अब नयाँ र स्वतन्त्रलाई विजयी बनाउनुपर्छ भन्ने माहोल छ। यो सन्दर्भमा के भन्नुहुन्छ ?

हो, अहिले राजनीतिक दल र नेताहरुलाई केन्द्रित गरेर आलोचना गर्ने र त्यसैको फाइदा उठाउँदै नयाँ र स्वतन्त्रलाई विजयी बनाउनुपर्छ भन्ने भ्रम फैलाउने काम भैरहेको छ । यो झट्ट सुन्दा आकर्षक अभियान जस्तो लाग्नसक्छ । तर, गहिरीएर अध्ययन गर्ने हो भने यसले दीर्घकालिन रुपमा धेरै असर गर्ने देखिन्छ । यो अभियान त्यसै फुत्त आएको अभियान होइन । सुन्दा राजनीतिक दलबाट दिक्क भएका मतदाताको आक्रोस जस्तो देखिए पनि यो योजनाबद्ध अभियान हो । मुख्य गरेर नेपालको राजनीतिक अस्थिरतामा खेल्न खोज्ने विदेशी र स्वदेशी तत्वसहित केही राजावादीहरुको भित्री योजना अनुरुप यस्ता गतिविधिलाई प्रोस्ताहन गर्ने प्रयास भइहेको छ । भर्खरै बामे सर्दै गरेको लोकतन्त्रलाई अहिले ती शक्ति धुलिसात बनाउन चाहन्छन् र आफू अनुकुलको राजनीतिक व्यवस्था चाहन्छन्। त्यसले पनि धेरै भूमिका खेलेको छ । प्रष्ट रुपमा भन्ने हो भने व्यवस्था विरोधी शक्तिहरु अहिले सलवलाई रहेका छन् । उनीहरुले करोडौँ खर्च गरेर सामाजिक सञ्जालको दुरुपयोग गर्दै मुलुकमा स्वतन्त्रको नाममा जनताको बिचमा भ्रम सिर्जना गर्ने र अस्थिरता फैलाउने प्रयास गरिरहेका छन् । त्यसैले यस्तो भ्रममा नपर्न म सबैलाई अपिल गर्न चाहन्छु ।

स्वतन्त्रहरुले संसदमै प्रतिनिधित्व गर्ने अवस्था आयो भने नि ?

स्वतन्त्र सांसदहरुको प्रतिनिधि र प्रदेशसभा जस्तो ठाउँमा प्रतिनिधित्व हुनु भनेको संसदलाई खिचडी बनाउनु हो । स्वततन्त्रका नाममा प्रतिनिधित्व गरेर संसदलाई किनबेचको थलो बनाउने गलत संस्कारलाई थप मलजल गर्ने कुरा हो । स्वतन्त्र भनेको मुलुकमा अराजकता सिर्जना गर्ने र व्यवस्था विरोधी शक्तिको अभियान मात्रै हो। यदि मुलुकको विकास गर्ने हो भने स्थिर सरकार अहिलेको आवश्यकता हो । त्यसका लागि व्यवस्था विरोधी शक्तिलाई खेल्ने अवसर दिनुहुन्न ।

यस्को मतलव संसदमा पनि थोरै दलको मात्रै प्रतिनिधित्व होस् भन्ने हो ?

हो, मुलुकमा साँच्चिकै स्थिरता चाहने हो भने संसदलाई खिचडी बनाउनु हुँदैन । हामीले अमेरिका जस्तो मुलुकलाई नै हेर्ने हो भने पनि त्यहाँ दुई ओटा मात्रै पार्टी शक्तिमा छन् । त्यसैले नेपालको सन्दर्भमा कुरा गर्ने हो भने एक शक्तिको नेतृत्व एमाले र एक शक्तिको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ । अहिले कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको छ भने अर्कोतर्फ नेकपा (एमाले) । त्यसैले यी दुई मध्ये कुन शक्तिले राष्ट्र र राष्ट्रियताका पक्षमा काम गरेको छ । त्यहि शक्तिलाई जनताले चुन्नुपर्छ । वर्तमान सन्दर्भमा कुरा गर्ने हो भने यी दुई शक्ति मध्ये नेकपा एमाले बढी राष्ट्रवादी शक्तिका रुपमा दरिलो बनेको छ । त्यसैले जनताको रोजाई पनि एमाले नै बन्नुपर्छ । यो पटक नेकपा एमालेको नेतृत्वमा बहुमत सरकार बन्यो भने जनताले पाँच वर्ष यो पार्टीलाई हेर्ने छन् । यसले जनता र राष्ट्रको हितमा काम गर्न सकेन भने रोज्ने अधिकार जनतामा निहीत हुन्छ । जनताले पाँच वर्षपछि अर्को शक्तिलाई रोज्न सक्छन्। अहिलेको मुलुक हेर्ने हो भने पनि यी दुई ध्रुवमा नै विभाजित भएको छ । मुलुक बनाउने सपनासहित अहिले एमाले जनताको विचमा छ । मुलुक कस्तो बनाउने भन्ने स्पष्ट भिजन र मार्गचित्रसहित जनताको विचमा आएको एमालेलाई अहिले पाँच वर्षका लागि विजयी बनाउपर्छ र यसको नेतृत्वलाई हेर्नुपर्छ ।

तपाई बागमती प्रदेशको पूर्वमन्त्री र नेकपा (एमाले)को केन्द्रीय सदस्य पनि हुनुहुन्छ । समग्र काठमाडौँको चुनावी माहोललाई चाँहि कसरी लिनु भएको छ ?

काठमाडौँमा नेकपा एमालेले पहिलाको भन्दा बढी क्षेत्रमा विजयी हाँसिल गर्ने देखिन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीसहितका दलले जित्ने निकै कम संभावना छ । केही क्षेत्रमा भने नेपाली कांग्रेससँग नेकपा एमालेको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि बढाएको छ । गठबन्धनमा अझै पनि को प्रधानमन्त्री बन्ने भन्ने अन्योल छ । यस्तो अवस्थामा एमालेलाई थप सहज छ भन्ने हो ?

निश्चय पनि, गठबन्धनले अहिले पनि बहुमत प्राप्त गर्ने विश्वास गुमाएको छ। त्यसको एउटा प्रमुख कारण भनेको प्रधानमन्त्री को ? भन्ने सम्म निर्णय गठबन्धनले गर्न सकेको छैन । त्यति मात्रै होइन गठबन्धनले आ–आफ्नै घोषणपत्रसहित चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेको छ। ती दलको घोषणापत्र पनि खिचडी जस्तो छ । यदि सरकार बनाउने अवस्था आइहाल्यो भने पनि मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने अन्योल गठबन्धनमा छ । एमालेको घोषणपत्रमा आगामी पाँच वर्षमा मुलुक कस्तो बनाउने भन्ने प्रष्ट योजना छ । प्रधानमन्त्री कोरु भन्ने प्रष्ट छ । त्यसकारण पनि प्रष्ट योजना र लक्ष्यसहितको एमालेलाई विजयी गराउनु नै अहिलेको आवश्यकता हो । विचारमा अन्योल, नेतृत्वमा अन्योल भएको गठबन्धनलाई मत दिएर थप अन्योलता सिर्जना गर्नु भन्दा प्रष्ट योजनासहितको एमालेलाई विजयी बनाउन अपिल गर्दछु।

प्रकाशन मिति–२०७९ साल कात्तिक ३० गते बुधवार ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  २०:२१
##ajayakrantishakya
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव शनिबार, चैत २४, २०८०
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह शनिबार, चैत ३, २०८०
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्