Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
बिहीबार, असोज ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, असोज ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जना मात्रै
प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जना मात्रै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर २५, २०७९

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको १ सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न ३ जनाको नाम मात्र छनोट गरेको छ ।

प्रत्यक्षतर्फ कुल १ सय ६५ सिटमध्ये कांग्रेसका १ महिलामात्र निर्वाचित भएको र सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्यानुपर्ने संवैधानिक प्रावधानका कारण समानुपातिकमा पुरुष सङ्ख्या कम छनोट गरेको हो ।

कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद हुनेहरूको नाम शनिबार टुङ्गो लगाई निर्वाचन आयोगमा बुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन् ।

कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलित क्लष्टरबाट जीवन परियार, खसआर्यबाट डा प्रकाशरण महत र मधेसीबाट विमलेन्द्र निधिको नाम टुङ्गो लगाएको छ ।

Nepal Oil Corporation

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट १ जना महिलामात्र निर्वाचित भएको र राष्ट्रियसभा हाल कांग्रेसका दुई महिला सदस्य मात्र रहेकाले समानुपातिकतर्फ २९ जना महिलाको नाम पठाएको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फबाट कांग्रेसले खसआर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की र डा प्रकाशशरण महतलाई चयन गरेको छ ।

यसैगरी आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लीलादेवी बोखिम ९लिम्बू०, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचनको नाम आयोगमा पठाएको छ भने मधेसी क्लष्टरबाट नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, नीनुकमारी कर्ण र विमलेन्द्र निधिको नाम पठाइएको छ ।

दलिततर्फबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, जीवन परियार चयन भएको छ भने थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत तथा मुस्लिमबाट जावेदा खातुन जागाको नाम पठाइएको पार्टी कार्यालयले जनाएको छ ।

अबको प्रक्रिया के ?

निर्वाचन आयोगले समानुपातिक मतगणना सम्पन्न गरेपछि समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न दलहरूलाई बिहीबार तीन दिनको समय प्रदान गरेको थियो ।

शनिबारसम्म सबै दलले समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न नामावली बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले आज उक्त नामावली उपर जाँच गर्ने, सबै क्लष्टर तथा महिलाको सङ्ख्या पुगेरनपुगेको सम्बन्धमा हेर्ने पौडेलले बताए । दलहरूको समानुपातिक सूची केन्द्र र प्रदेश गरी आठ ठाउँमा छ । 

आयोगले आवश्यक जाँच र दलहरूको तयारीअनुसार सबै कार्य सम्पन्न गरी सम्भवतः सोमबार समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने जनाएको छ ।

यी सबै प्रक्रिया सम्पन्न गरी यही मङ्सिर अन्तिमसम्ममा प्रतिनिधिसभाको राष्ट्रपतिलाई र प्रदेशमा सम्बन्धित प्रदेश प्रमुखलाई निर्वाचनको विवरण बुझाउने आयोगको लक्ष्य रहेको प्रवक्ता पौडेलले बताए ।

त्यसपछि मात्र नयाँ सरकार गठन र नयाँ संसद् बैठकको तयारी प्रारम्भ हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १२:५४
##congress #nepalicongress
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु बिहीबार, असोज ३०, २०८२
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा मंगलबार, असोज २८, २०८२
राष्ट्रको नाउँमा प्रधानमन्त्रीको सम्बोधन
राष्ट्रको नाउँमा प्रधानमन्त्रीको सम्बोधन बिहीबार, असोज ९, २०८२
विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड
विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड बिहीबार, असोज ९, २०८२
मन्त्रीको पदभार सम्हाल्दै महावीर पुनले दिए निर्देशन
मन्त्रीको पदभार सम्हाल्दै महावीर पुनले दिए निर्देशन सोमबार, असोज ६, २०८२
हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने मन्त्रीपरिषद्को निर्णय
हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने मन्त्रीपरिषद्को निर्णय आइतबार, असोज ५, २०८२
अब पानी मुनि गएपनि उर्जा मन्त्री कुलमान घिसिङले नछोड्ने
अब पानी मुनि गएपनि उर्जा मन्त्री कुलमान घिसिङले नछोड्ने सोमबार, भदौ ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ३ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्