Top Navigation
Main Navigation
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
सम्वाद
  • Home
  • सम्वाद
  • आरएनवी सडकबाट जन्मिएको गीत हो : गायक लिम्बू
आरएनवी सडकबाट जन्मिएको गीत हो : गायक लिम्बू
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, माघ २८, २०७९
Saugat Limbu
Api Himal

लण्डन (युके) मा कुकिङ्मा स्नातक गरेर संगीतप्रतिको आफ्नो लगावका कारण आफूलाई गीतसंगीतमा सपर्पित गरेका सौगात लिम्बू सानै उमेरदेखि गीतसंगीतमा रुचि राख्थे ।

मेटानोया रेकर्ड्स नामक कम्पनीमार्फत आफ्नो सांगीतिक खुराक पस्कने सौगातको (आरएनवी) विश्वमै एकदमै नयाँ ढंगको सांगीतिक प्रस्तुतिले उनको सांगीतिक ग्रुप जेएवमार्फत युट्युव क्रियटर अवार्डस् पनि प्राप्त गरिसकेको छ भने उनको साथी जे अथर र उनको “टाइम छैन” बोलको गीतले नेपालमा समेत ठूलै लोकप्रियता हासिल गरिसकेको छ।

हाल लण्डनमा प्रशासनिक कार्य गर्दै बाँकी समय संगीतमा खर्चँदै आएका सानै उमेरदेखि अत्यन्त इमान्दार, स्पष्टवक्ता र आफ्नो कामप्रति उत्तरदायि अनि जवाफदेही हुने बानीका कारण सथीभाइ लगाएत सबैका असाध्यै प्रिय व्यक्तिका रुपमा चिनिने सौगात लिम्बूसँग उहाँ नेपाल आएको अवसर पारेर लिइएको अन्तर्वार्ताको सार संक्षेप यहाँ प्रस्तुत छ ।

सांगीतिक क्षेत्रमा तपाईँ लाग्नुको मुख्य उद्देश्य के हो ?

Nepal Oil Corporation

शुरुमा साथीभाइहरुसँग रमाइलोको लागि संगीत क्षेत्रमा लागेँ पछि यो क्षेत्रमा लाग्दै जाँदा र यो क्षेत्रलाई बुझ्दै जाँदा मेरो यस क्षेत्रमा रस बस्यो । 

कस्को प्रेरणाले यो क्षेत्रमा लाग्नु भयो ?

मलाई सानै उमेरदेखि संगीतमा लगाव थियो । त्यसमाथि संगीतप्रति चाख राख्ने साथीभाइहरुको संगतका कारण संगीतकै बारेमा धेरै कुराकानी हुन्थ्यो । यिनै कारणहरुले मलाई संगीतले तान्यो । अनि फेरी म सांगीतिक क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न पनि लालायित भएकोले मलाई यो क्षेत्रमा लाग्न झन प्रेरणा मिल्यो । 

तपाईँलाई नेपालमा सबैभन्दा मनपर्ने सांगीतिक गु्रप कुन हो ? र गायक को हो ?

आस्था ब्याण्ड र नेप्साइडेज् गु्रपबाट मलाई प्रभाव पर्यो । अहिलेको पुस्तामा मलाई मन पर्ने गायक चाहिँ एड्रेन प्रधान हो भने पुरानो गायकमा मलाई मनपर्ने गायक चाहिँ नवीन के भट्टराई हो । 

तपाईँलाई कस्ता गीत बढी मन पर्छ ?

म विदेशमा हुर्किएको र बढेकोले मलाई पप गीत, आरएनवी र र्याप गीतहरु नै धेरै मनपर्छ। 

नेपालमा आरएनवी टाइपको गीतसंगीतहरु लोकप्रिय नहुनुको कारण के देख्नुहुन्छ ?

नेपालमा आरएनवी टाइपको गीत गाउने गायकहरु धेरै छैनन् त्यसैले यहाँ यस्तो गीतहरु लोकप्रिय नभएको हो । पछि नेपाली गायकहरुले आरएनवी टाइपको गीतहरु गाए भने नेपालमा पनि यस्तो गीतहरु लोकप्रिय हुन्छन् । 

आरएनवी टाइपको गीत र पप गीतमा के फरक छ ?

आरएनवी लण्डन, अमेरिका लगायत विकसित देशहरुमा सडकबाट जन्मिएको गीत हो । पप गीत व्यवसायिक हुन्छ। पप गीतले प्रेमको कुरा धेरै गर्छ। आरएनवी सडकको गीतसंगीत हो । यसले चाहिँ युवतीसँग जिस्किने र पार्टी गर्ने टाइपको शब्दहरुलाई महत्व दिएको हुन्छ। 

तपाइँलाई नेपालमा आएर गीतसंगीतमा लाग्ने इच्छा छैन ?

मलाई नेपालमा आएर गीतसंगीतको सिर्जना गर्ने मन छ । यहाँ आरएनवी टाइपको गीतसंगीतलाई राम्रोसँग प्रचार गर्न सक्यो भने स्थापित र सफल पनि भइन्छ । विदेशमा पाइने सांगीतिक ज्ञान र अनुभव अझ राम्रोसँग बटुलेर पछि नेपाल आउने विचार छ मेरो।

- नामी साप्ताहिक 
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १६:०६
##saugatlimbu
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप सम्वाद
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल
बैठकमा जाने हाजिर गर्ने मात्रै होइन, कामले देखाउने हो : राष्ट्रिय सभा अध्यक्ष दाहाल सोमबार, जेठ १३, २०८२
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान
नेपालमा सुटिङ गर्न उत्साहित छु : बलिउड निर्देशक खान सोमबार, मंसिर १०, २०८१
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे मंगलबार, असोज १, २०८१
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे आइतबार, असार १६, २०८१
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली शुक्रबार, असार १४, २०८१
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई शुक्रबार, असार ७, २०८१
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी शनिबार, जेठ १२, २०८१
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव
डमी संसदीय प्रणाली हाबी भइरहेको छ : नागिना यादव शनिबार, चैत २४, २०८०
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह
शक्ति र पहुँचका आधारमा बजेट नछुट्याइयाेस् : सांसद शाह शनिबार, चैत ३, २०८०
लाेकप्रिय समाचार
  • नंः १ पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
  • नंः २ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
  • नंः ५ जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्