Top Navigation
Main Navigation
मंगलबार, जेठ ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, जेठ ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • संसार भ्रमण 
संसार भ्रमण 
उमेश रेग्मी
उमेश रेग्मी सोमबार, फागुन ८, २०७९

भोलेबाबा 'शिव' लाई संसार भ्रमण गर्न मन लागेछ फेरि । पछिल्लो चोटी कहिले गरेको बिर्सि सकेछन् महादेवले । सतिको मृत शरिर लिएर संसार भ्रमण गर्दा उनलाई होश नै थिएन । त्यसपछि गरेका भ्रमणहरु उनलाई याद आइरहेको थिएन । आफ्नो विचार पार्वतीलाई सुनाउँदा उनले भनेकी थिइन्, "संसार भ्रमण गर्दा स्वर्ग र पाताल लोकमा त हजुरलाई त्यति अप्ठ्यारो नहोला तर धरती लोकमा चाहिँ सावधानी राख्नु होला । त्यहाँका बासीहरु धेरै धुर्त र स्वार्थी छन् । धर्म सबै बिर्सिसके । संधै सबै आ-आफ्ना स्वार्थमा मात्र केन्द्रित रहन्छन । त्यहि धरतीमा एउटा सानो देश छ' नेपाल नाम गरेको । हजुरको प्रिय बासस्थान भएको त्यो ठाउँ, सर्बनाश पारिसके त्यहाँका मान्छेहरुले। बाहिरी रुपमा पशुपति नाथ भनेर श्रद्धा गरेको देखाउँछन् तर भित्र सबैकुरा अस्तव्यस्त छ । त्यति मात्र कहाँ हो र जहाँजहाँ यो जाति पुगेको छ त्यहाँ त्यहाँ उस्तै उस्तै भांडभैलो देखिन्छ ।" पार्वतीको कुराले भोलेनाथको संसार भ्रमण गर्ने आका‌‌ङ्क्षा अझ तिव्र भयो। उनलाई आफ्नै आँखाले यि नेपाली जातिको चर्तिकला हेर्न मन लाग्यो।

गणेश र कुमार खेलिरहेका थिए कैलाशको शान्त अनि मनोरम वातावरणमा । नंदी र भ्रिंगीहरु यत्रतत्र छरिएका थिए। महादेव उठ्नु भयो आफ्नो स्थानबाट र नंदीलाई लिएर अन्तर्ध्यान हुनुभयो । उहाँ कता पुग्नु भयो पार्वती लगायत त्यहाँ भएका कसैलाई पत्तो भएन । महादेवलाई दिब्य दृष्टिमा पनि भेट्टाउन गाह्रो हुने यातार्थले गर्दा माता पार्वती हडबडाउन लाग्नु भयो । उहाको चिन्ता स्वाभाविकै थियो । सोच्न थाल्नु भयो एक्लै, "संसार भ्रमण गर्ने कुराको टुंगो लागेकै थिएन । सोध्न बाँकी नै थियो, कहाँजाने अनि कहिले फर्किने भनेर । केहि नभनी किन यसरि फुत्त हिडेको होला । यि भोलेबाबालाई पनि के के शुर चल्छ । मलाई यसरि चिन्ता मा पारेर के रमाइलो गर्न मन लागेको हो कुन्नि।"

उता संसार भ्रमणमा निस्केका भोलेनाथले धरतीमा पाइला टेक्ने बित्तिकै एक हुल मान्छेहरुले उनकै स्तुति गरिरहेको देखे। उहाँलाई अचम्म लाग्यो। पार्वतीले अर्कै कुरा गरेकि थिइन् तर यहाँ त मान्छेहरु मेरा भक्तहरु रहेछन भन्दै सोच्न थाले।  उनले नंदीलाई अह्राए, "नंदी पत्ता लगाएर आउ हामी कुन ठाउँ आइपुग्यौ ?" एकै छिन पछि नंदी फर्किए ठाउँ पत्ता लगाएर । उनीहरु त अमेरिका भन्ने ठाउँमा आइ पुगेका रहेछन अनि त्यो पनि पशुपति नाथ मन्दिर नजिकै। महादेव गर्वित भए आफ्नो मूलस्थान बाट त्यति टाढा पनि मानिसहरुले आफ्नो आराधना गरिरहेको देखेर । हर्ष बिभोर हुँदै भने नंदीलाई, "हेर नंदी यहाँ पनि भक्तहरुको कमि छैन । पार्वती भन्थिन यहाँका मान्छेहरु त देखावटी मात्र गर्छन, धर्म नाश गरिसके भनेर तर मलाइ त त्यो कुरा उचित लागेन।"  नंदीले समर्थनमा टाउको हल्लाए ।

त्यसै बेला आराधना गरिरहेको जमातबाट एक भद्र उठेर भन्न थाले, "उपस्थित भक्तजनहरु र सभापति महोदय, यहाँहरुलाई यस पशुपति नाथ मन्दिरमा स्वागत छ । आज हाम्रो साधारण सभा । नयाँ कार्य समितिको निर्वाचन हुने दिन । बिरोधी समुहले आफ्नो बिरोध विधिवत दर्ता गर्ने समय अब एक घण्टामात्र बाँकी छ ।" ति भद्र के के भन्दै थिए महादेव त्यहाँबाट ओझेल भए । अलि पर गएर भने नंदीलाई, "नंदी, मैले त त्यो मन्दिर भन्ठानेको तर त्यो त धर्मको नाममा आफ्नो स्वार्थ सिद्ध गर्ने एउटा राजनीतिक स्थल पो रहेछ।" संधै झैँ नंदीले शिर हल्लाए समर्थनमा । भोलेनाथलाई आफ्नो नाममा चलेको राजनीति मन परेन र अन्तर्ध्यान भए त्यस स्थानबाट ।

प्रकट भए पुनः महादेव नंदीमाथि चढेर एउटा अर्कै स्थानमा । नितान्त फरक मौसम, सुन्दर सफा मोहक दृश्य अनि चारैतिर हरियाली । उनी अष्ट्रेलिया भन्ने ठाउँमा आइपुगेछन । त्यहाँ पनि उनले त्यस्तै दृश्य देखे । भक्तजनहरुको घुइँचो विच उनको आरति चलिरहेको थियो । दुई चार जना भद्रहरु घुइचो मिलाउने प्रयास गरिरहेका थिए भने केहि चन्दा दिनु पर्यो भनेर पुकारा गर्दै थिए । "के प्रयोजनको लागि चन्दा मागेका होलान," महादेव सोच्न थाले । आफ्नो आराध्यको चिन्तन नंदीले थाहा पाए अनि चन्दा बटुल्नुको कारण पत्ता लगाउन सोधपुछ गर्न थाले । दुरुश्त अमेरिकाको जस्तै रहेछ त्यहाँको अवस्था पनि । उहि समिति, उहि खिचातानी अनि उहि धर्मको नाममा तँ भन्दा म के कम भन्ने दम्भ । खिन्न भए महादेव नंदीको मुखबाट सत्य सुनेर । उनलाई लाग्यो पार्वतीले भनेकी जस्तै यो नेपाली भन्ने जाति बडो गजबको हुँदो रहेछ जता गए पनि आफ्नो चरित्र देखाउने।

भोलेनाथलाई बस्न मन लागेन त्यस ठाउँमा पनि । उनि नंदी सहित अन्तर्ध्यान भए ।

अबको पालो उनि प्रकट भए बेलायत भन्ने देशमा । पछिल्लो पटक प्रकट भएको स्थान भन्दा बेग्लै कालो बादलले ढाकेको अनि चिसो स्थानमा आउँदा भोलेनाथलाइ आफ्नै कैलाशको झझल्को नआएको पनि होइन । संयोग यहाँ पनि उस्तै, पहिले जस्तै । उनि प्रकट भएको स्थानमा नै रहेछ मन्दिर । त्यहाँ पनि उनले नेपालीकै प्रभुत्व देखे । एक मन खुशी भए नेपालीहरुको मन्दिर प्रतिको लगाव देखेर तर अर्कोतिर दुखी भए मन्दिर फगत एक माध्यम मात्र रहेछ आफ्नो स्वार्थ पूर्ति गर्ने स्थान बनेको देखेर । उदाश भोलेनाथाले सोधे नंदीलाई, "हे नंदी, यो नेपाली जातले के खाँदा रहेछनरु किन यिनको रक्तमा यदि धेरै स्वार्थी पन अनि राजनीति मिसिएको छरु मलाई जान्न मन लाग्यो । हिंड हामी यिनिहरुको उद्गम स्थल तिरै जाउँ।" अन्तर्ध्यान भए फेरी दुवै ।

अन्तत: उनीहरु नेपाल आइपुगे । पछिल्ला स्थानहरु भन्दा सम्पूर्ण रुपमा फरक, फोहोरको थुप्रोले पुरिएको आफ्नै एक शिव लिङ्ग निर प्रकट हुन पुगेछन् । न त्यहाँ कोही भक्तजन थिए न कुनै आराधना नै भइरहेको थियो । थियो त केवल दुइचार वटा भुस्याहा कुकुरहरु एक अर्को माथि जाइलागि रहेका एउटा सिनोको लागि । अन्य स्थानमा झैँ उनको मन्दिरको त्यहाँ कुनै कदर थिएन । वरपर छरिएका मानिसहरु आ-आफ्नै धुनमा थिए ।

त्यहि बेला एक हुल मान्छेहरु "मुर्दाबाद र जिन्दाबाद" को नारा लगाउंदै आइपुगे । महादेवलाई नंदी हराउलान भन्ने चिन्ताले सतायो । उनी नंदी भएको ठाउँ तिर लम्के। अचम्म १ अर्को कुनाबाट "कुर्शी छोड, कुर्शी छोड" को आवाज आइरहेको थियो। "जिन्दाबाद, मुर्दाबाद अनि कुर्शी छोड" को चर्को आवाजहरुको फलस्वरूप भोलेनाथको संसार भ्रमण गर्ने इच्छा हरायो । नंदीलाइ लिएर उनि कैलाश फर्किए र ध्यानमा लिन भए ।

त्यसैले होला उनि फर्केर गए देखि मन्दिरहरु रित्तिएका छन् । जहाँ तही भेटिने मन्दिरभित्र महादेव छैनन् । धर्मको त केवल नाटक भइरहेछ सर्बत्र । हामी सबै भगवान बिनाको मन्दिर धाइ रहेका छौ, त्यहि नाटकको अर्को एउटा पात्र बन्दै ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ०८:१२
##umeshregmi #shivratri
प्रतिक्रिया दिनुहोस्
थप समाज
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता 
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता  आइतबार, जेठ ३, २०८३
वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण शुक्रबार, जेठ १, २०८३
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..? शनिबार, वैशाख २६, २०८३
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन शनिबार, वैशाख २६, २०८३
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
  • नंः २ ‘एक पटक बोलिदेउन बालेन सरकार’
  • नंः ३ बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
  • नंः ४ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ५ आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन : हर्कराज साम्पाङ राई
विचार
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्